कविता:

भीष्म उप्रेती
गाउँ
आँगनमा
करेसाबारीमा
खेतमा
फूलका बोटहरूमा
शीत खसेको छ भने सम्झनू
कतिपय कुराहरू ठिकठाक भइरहेका छैनन्
महिलाहरू रातभरि रोएका छन्
गाउँमा ।
आँगनमा
बारीका डिलमा
बाटोका छेउछाउमा
गमलाहरूमा समेत
रङ्गीचङ्गी फूलहरू फुलेका छन् भने सम्झनू
त्यस्तो नराम्रो केही भएको छैन
महिलाहरू दिलैदेखि मुस्कुराएका छन्
गाउँमा ।


















