नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


बेञ्जू शर्मा

परम्परा

कैयौँ वर्षअघिदेखि
मेरो कोठामा
झुन्ड्याइएको थोत्रो तस्बिर
कीरा–मुसाले खाइसकेको
झम्पाट तस्बिर
बानी परेको आँखाले मात्र
ठम्याउन सक्ने
एउटा थोत्रो आकार
ठिङ्ग उभिइरहेको तस्बिर
मेरी बज्यैले पूजा गर्दै आएको
यो तस्बिर
मेरी आमाले सगौरव झुन्ड्याएको
यो तस्बिर
आज,
मेरा आँखामा खड्किरहेछ
आस्थाको पनि
एउटा परिधि हुँदो रहेछ
विश्वासको पनि
एउटा सीमा हुँदो रहेछ
अब,
आगोको रङ्गले
पोतिदिन्छु यो तस्बिरलाई
चारै कोणहरू ढपक्क ढाकिदिएर
एउटा बल्दो सलाई
राखिदिन्छु बीचमा
बस, बीचमा ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु