नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


अतओल बेरामोग्लु (टर्की)

शहर छोड्ने बेला

शहर छोड्ने बेला सम्झिने भनेको
प्रायः ससाना कुराहरु हुन्
खाद्यान्न सामाग्री पसलको बिल तिरिन्छ
अन्तिम क्षणमा, टाढाको चिनजान भएकोमा पनि पुगिन्छ

शहर के हो र शहरले एउटा व्यक्तिलाई
छाड्ने कुरा के हो
धुलाम्य सडकहरु परैसम्म फैलिन्छन्
र थेप्चिएका हिमालमा गएर टुङ्गिन्छन्

शहर छाड्ने बेला, यो थाहा भएकै कुरा हो
एउटा स्वास्नीमानिसलाई पनि पछाडि छोडिन्छ
तिमी जङ्गलको बीचमा हिँड्न सक्छौ
उनको अनुहार आफूसँगै बोकेर

र खोलाहरुको बहाबले सधै
विगतको कुरा सम्झाउने गथ्र्यो
त्यस्तो यसकारणले हुन्थ्यो कि त्यो धमिलो थियो
अथवा अन्तिममा ग्रिष्म ऋतु पनि थाहै नपाई बुढो भएर हो

ग्रिष्महरु, शहरहरु र स्वास्नीमानिसहरु
आफ्नो प्रेमलाई पछाडि छोडेर जानुको अवसाद
यि कुरा भएर गुज्रिरहेछन् सबै केटाकेटीहरु
र सबै कविहरु

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु