नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


एलेक्स पौसिडेस (क्युवा)

टापुमा कवि

उनिहरुले मेरो अनुहारबाट हाँसो खोसेका छैनन्
तिमीले प्रेमलाई निश्चित मापकले हेर्नु हुँदैन
मलाई कसैले मेरो घरबाट गलहत्याएको छैन
म राती शान्तिपूर्वक र कानूनी हैसियतसँग सुत्छु
यो कल्पना नगरिकनै कि सुङ्गुरहरु मेरो ढोकामै छन्
र जब म ब्युझन्छु
कसैले पनि पर्दाबाट चियाइरहेको हुन्न।

उनिहरुले मलाई हिजो दुलोमा बोलाएनन्
उनिहरु विरुद्धको कविताको बारेमा सोध्न।
उनिहरुले मेरो स्पष्ट बोल्ने बानीलाई मेटाउन सक्दैनन्
उनिहरुले हत्या गरेनन् काखमा रहेको मेरो बच्चाको
मेरो ओंठमा रहेकी मेरी प्रेमीकाको
मेरो गीतमा रहेको मेरो मातृभुमीको।

उनिहरुले मलाई झुण्ड्याएका छैनन्
मेरो त्वचा करेन्टले बनाएको नक्सा होइन
मलाई हो भन्न लगाएर
उनिहरुले मरो नङ्ग उखेलेका छैनन्
मरो अण्डकोषलाई जरैदेखि थुतिदिएका छैनन्
र पड्किनका लागि मलाई काँचले भरिदिएका छैनन्
मलाई श्राप देऊ
मलाई निर्वासनमा पठाऊ
उनिहरुले मेरो शित वा फूललाई मार्ने छैनन्
मेरा ढुकुरहरुलाई आतंकित गर्ने छैनन्
जब म सपना देख्छु, सडकमा सपना देख्छु
मलाई कसैले त्यसबाट अलग गर्ने छैनन्
कसैले एक धक्काले गितारहरुलाई चुप लगाएन
कसैले मलाई आफ्नै हृदयभित्र धकेलेन
कसैले मलाई कहिल्यै मेरो कविताको बीचमा हिर्काएन
उनिहरुले मलाई हुकिर्न छोडिदिए।

म वर्षने फूल जस्तै आफ्नो टापु बोकेर हिँडिरहन्छु
म ठूलो वाचा जस्तै आफ्नै गालामा समय बोकेर हिँडिरहन्छु. . .

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु