विश्वसाहित्य:

तियान युआन
(चीन/जापान)
स्मृति (कविता)
कुनै भूमिगत खोलाजस्तै
मानिसको स्मृति पनि सुसाउँदै जान्छ
थकानको अनुभव विनै
र मृत्यु पछि पनि बगिरहन्छ
इतिहासको स्मृति
कहिल्यै विलोप नहुने महासागरजस्तो हुन्छ
पृथ्वी आफैं नष्ट हुन सक्ला
तर स्मृति अरु ग्रहहरुतर्फ बहँदै जान्छन् ।
ईश्वरको स्मृति
सधैं शान्त आकाश जस्तो हुन्छ
मूक भएर बसिरहने
सत्यमाथि आक्रमण हुँदा समेत ।
युद्धको स्मृति
चिहान छोपिरहेको बालुवा जस्तो झर्दैजान्छ
बमका अवशेषहरुमा खिया लाग्दै गएपनि
पीडा रहिरहन्छ त्यस ठाउँमा ।
बोटहरु सम्झन सक्दैनन् हरियो रङ्ग
यद्यपी त्यो लुकेको हुन्छ उनिहरुभित्रै
त्यसको खुलासा गर्नेछ स्टिलको आरीले, दयाहीन भएर ।
अनुवादः केशव सिग्देल



















