कविता:

राम्जी तिमल्सिना
टेलिस्कोप—२
फूलको थुङ्गाभित्र हुर्केको
टेलिस्कोप
देख्छ—
आकाशभरि फूल
ब्रह्माण्डभरि सुगन्ध
प्रत्येक बालक माली,
र,
उनीहरूकी आमा
साक्षात् प्रकृति ।

फूलको थुङ्गाभित्र हुर्केको
टेलिस्कोप
देख्छ—
आकाशभरि फूल
ब्रह्माण्डभरि सुगन्ध
प्रत्येक बालक माली,
र,
उनीहरूकी आमा
साक्षात् प्रकृति ।