कविता:

राम्जी तिमल्सिना
टेलिस्कोप—१
बङ्करभित्र बनेको
टेलिस्कोप
देख्छ—
आकाशभरि हतियार
ब्रह्माण्डभरि युद्ध
प्रत्येक बालक सिकारी
र,
उनीहरूकी आमा
एक सपाट मरूभूमि ।

बङ्करभित्र बनेको
टेलिस्कोप
देख्छ—
आकाशभरि हतियार
ब्रह्माण्डभरि युद्ध
प्रत्येक बालक सिकारी
र,
उनीहरूकी आमा
एक सपाट मरूभूमि ।