विश्वसाहित्य:

इस्तभान दाबी
(हङ्गेरी)
घाँसाको एउटा मुलायम मुना (कविता)
घाँसाको एउटा मुलायम मुना
माटोबाट
आनन्दपूर्वक आफ्नो शिर उठाउँछ
खुशीले घामलाई हेर्छ आकाशमा
र दुःखपूर्वक जम्मा गर्छ शक्ति
ढुङ्गाको चेपबाट बचाएर आफ्नो पिठ्युँ सोझो राख्ने
त्यतिनै खेर समूहको एउटा हाँस
अप्रत्यासित त्यसलाई उखेलिदिन्छ आफ्नो धारिलो चुच्चोले ।
अनुवादः केशव सिग्देल



















