विश्वसाहित्य:

हिलाल करहन
(टर्की)
हामीलाई जोडिरहेको रात (कविता)
रातले आफ्नो रङ्ग झिक्छ
र मनपरी फैलाउँछ
चाँदी पोखिएको घाँसमाथि
सुसेली आवाज चर्किदैँ जान्छ
खर्याङ्खुरुङ् आवाज ओसिँदै जान्छ
र धर्ती विस्तारित हुन्छ
यायावार वतास भएर
–– प्राचीन गृष्म ऋतुको अंश जस्तो ––
धुपीका बोटहरुलाई गर्ल्याम्म ढाक्छ
आफ्नो सुगन्धित वासनाले
आरोपित गर्नु हुँदैन रातलाई
बाक्ला तर नरम छन्
उसका बाहुहरु
रातले
मांसपिण्डको हाम्रो एटलसलाई
शास्वत बनाइदिन्छ ।
अनुवादः केशव सिग्देल



















