विश्वसाहित्य:

ग्युलियो टेड्सि
(इटाली)
तीन छोटा कविता (कविता)
(१)
गियानी मिलानोलाई
भिलेन्युभको
पुरानो चिहानमा
कस्ट्युम पार्टीका लागि तयार छन्
फ्रान्सेली मूर्दाहरु र
विनम्र खप्परहरु
(२)
कार्लालाई
निर्वाना समुन्द्रीतटको
अगाडी बसेर
नयाँ छालहरु कल्पिँदै
छुट्टी मनाइरहेका युवकहरु
आफ्नो रङ्गिन नौकाविहारको
तयारी गरिरहेछन्
(३)
निली चेरकोभस्कीलाई
म पानीमा लेख्छु
वतासमा पनि
समुन्द्रसँगको
एउटा घमाइलो दिन
अनुवादः केशव सिग्देल



















