विश्वसाहित्य:

जर्मेन डुगेनब्रुट
(स्पेन)
याक्टिओन* (कविता)
उनलाई देखेर
आँखा होइन
शरिर भयभित भयो
डायना- उनका स्तनहरु
वियोशियाका हिमालभन्दा पनि सुन्दर
जो परावर्तन गर्छन्
साँयकालिन चमक
आऊ, मेरो प्रिय
बोल्छिन् स्त्री- आऊ
र सर्वाङ्ग देखाऊ ।
र ऊ कलाविहिन हुन्छ
मृग जस्तै ओजविहीन ।
उसले शिकारी कुकुरहरुलाई विश्वास गर्यो
देवीलाई विश्वास गर्यो ।
*वोयशियाको एक शिकारी । शिकारकी देवी स्नान गरिरहेको बेला हेरे वापत सजाय स्वरुप उसलाई मृग बनाइयो जसलाई आफ्नै शिकारी कुकुरहरुले खाइदिए ।
अनुवादः केशव सिग्देल



















