विश्वसाहित्य:

बेङ्ग्ट बर्ग
(स्विडेन)
निर्वासन (कविता)
नबुझिने भाषा भएको एक निर्जन शहरमा
तिमी अपरिचित सडकहरुसँगै हिँडिरहेछौ
पुलको वृत्तखण्ड मुन्तिरबाट बग्ने
त्यो खोला
जसको नाम सम्म पनि थाहा छैन तिमीलाई
र त्यहाँ तिमी छौ, उभिएका
पूर्णरुपमा एक्लो, आफ्नै छायाँमा
जुन बिस्तारै बिलाउँदै जान्छ अलकत्राको कालोमा
धून विग्रिएको वाद्ययन्त्रबाट निस्किएर
टाढाबाट आइरहेको सङ्गित जस्तो ।
तर अचानक
एउटा सानो चराले तिमिलाई देख्छ
र मिर्मिरेमा हराउनु अघि
तिम्रो नजरलाई
आफ्ना मरिच रङ्गको आँखाले हेर्छ ।
अनुवादः केशव सिग्देल



















