विश्वसाहित्य:

भिचेस्लाभ कुप्रियानोभ
(रुस)
शरीर रचना सम्बन्धी पाठ (कविता)
मलाई माफ गर
प्रिय विद्यार्थीहरु
तर मेरो अस्थिपन्जर
एउटा असल दृष्य सहयोगी
हुनसक्ने छैन
जिवित छँदै
मलाई जीवन र स्वतन्त्रता यति मनपर्थ्यो कि
मैले मेरो छाती खोलिदिएँ
मुटुलाई मुक्त गर्नका निम्ति
र हरेक करङ्गहरुबाट
मैले एउटा स्त्री बनाउन खोजेँ
जिवित छँदा मैले
मेरो मस्तिष्कलाई च्यातेर अलग पार्थेँ
जीवनवादी प्रश्नहरु गर्दै
अब मैले के पो भन्नु पर्ला
खोपडीका बारेमा
अनुवादः केशव सिग्देल



















