विश्वसाहित्य:

टामी मेलोडी गोमेज
(अमेरिका)
हामी जिस्किन्छौं (कविता)
हामी छुरी र पत्तीजस्ता धारिला वस्तुसँग जिस्किन्छौं
सरसफाई गर्न र काट्न,
र सहज बनाउन हाम्रा मार्गहरु
हाम्रो नशामा बग्ने सबैभन्दा बाक्लो रक्त बहाउँछौं हामी
थोपा बन्नलाई होस् वा धारा भएर प्रवाहित हुन
र रक्तमुछेल तुल्याउन हाम्रा तौलियाहरु
हामी पौडिन्छौं सबैभन्दा गहिरो समुन्द्रमा
फोक्सोले सास फेर्छौं र पँखेटाले डुबुल्की लगाउँछौं
तैराउन हाम्रो आँशु ।
हामी पढ्छौं सबैभन्दा अँध्यारा कोठाहरुभित्र
सोच्न र बढ्नलाई हुन् हाम्रा शब्द र पुस्तकहरु
र एकत्रित गर्न सत्यहरु ।
अनुवादः केशव सिग्देल



















