विश्वसाहित्य:

कैरात दुइसेनोभ पारमान
(काजकस्थान)
कुहिरो र आगो (कविता)
कठ्याङ्ग्रिरहेका भँगेराहरु मलाई हेर्छन्
म भयभित हुन्छु
घरको सानो आँगनमा थुप्रिएको हिउँको दृष्यले
मलाई हिउँको भुवाले जमिनलाई ढाक्न
हिउँद आएको सम्झना गराउँछ
यसले पृथ्वीलाई हेर्न लायक तुल्याएको छ ।
तर भँगेराहरु जाडोले काँपिरहेका छन्
मानौ उनिहरुका खाली खुट्टा भित्रैसम्म चिसिएका छन्
र खानेकुरा हिउँले पुरिएका छन्
अहो, यो कस्तो दारुणिक दृष्य !
सिङ्गै संसार सिरकभित्र गुटमुटिएको छ
अत्यन्त सुन्दर अनुभूतीमा
तर दृढसंकल्पित महिला जस्तै
यो मुटु घोप्ने जाडो बेइमान छ ।
मैले घरको आँगन सफा गरि सिध्याएँ
साँझ परेको छ... सबैतिर अँध्यारो छरिएको छ
म ति चिसिएका भँगेराहरुलाई हेर्छु
तर म उनिहरुका लागि केवल रूनमात्र सक्छु
म असाहय छु वायुको त्यो चिसो झोक्का अगाडी
किनकी त्यसलाई पठाउने ति अदृष्य हातहरुकै नियन्त्रणमा छ
कुहिरो र आगो पनि ।
अनुवादः केशव सिग्देल



















