फोटो कविता:
तीर्थ श्रेष्ठ
आमा
आमा हुनु
साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर
मैदान भइदिनुपर्ने
मैदान
मा पुगेर
उकालो भइदिनुपर्ने
आमा हुनु
साह्रै असजिलो छ
पहाड जस्तो
सन्तानहरू कहाँ पुग्छन्
खोलाहरू जस्तो
सपनाहरू कहाँ पुग्छन्
स्वच्छन्द चराहरू जस्तो
आमाहरू
पहाडछेउको
चौतारी हुन अभिशप्त छन्
आमा हुन अप्ठ्यारो छ
आमा हुन
पहाड हुनु जस्तै गाह्रो छ