फोटो कविता:

मोमिला
कर्णालीलाई समर्पण
नयाँ सालको उपलक्ष्यमा सबै नेपालीहरूको शान्ति, सुख र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना !उहिल्यै सभ्यताको दौडमा निकै अघि पुगिसकेको पो हो कि भन्दै नलेखिएको इतिहाससँग न्याय मागिरहेजस्तो, कर्णाली नदीको नामबाटै नाम जुरेको नेपालको मध्यपश्चिममा अवस्थित कर्णाली अञ्चल आज भूगोलको दृष्टिले सबैभन्दा ठूलो क्षेत्र मानिए पनि भौतिक उन्नतिका दृष्टिले अझै फैलन नसकेको क्षेत्र हो । डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु गरी पाँच जिल्ला समेटिएको यो क्षेत्र प्राकृतिक सुन्दरताका दृष्टिले भने निकै अब्बल मान्न सकिन्छ । अनगिन्ती सम्भावना पर्खेर बसेको यो कर्णाली क्षेत्रप्रतिको सद्भाव र प्रेम स्वरूप नै यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णालीको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको सर्वविदितै छ । सोही अनुरूप कर्णालीप्रतिको सदभाव र प्रेमको गाँठो अझ दरिलो पार्दै यस पटक कर्णालीको समुन्नत भविष्यको कामना सहित खेम शिवाकोटीद्वारा सिर्जित कर्णालीसँगै सम्बद्ध तस्बिरकलाको मधुरम दृश्यमाधुर्य र सोही तस्बिरकलामा आधारित कवि मोमिलाको काव्यकलाको अलौकिक रसमाधुर्यका रूपमा यो वर्षको फोटो कविता कर्णालीलाई नै समर्पण गरिएको छ ।
नदीजस्तो तिम्रो अथक दौडले
एनएलजी, आफू उभिएको किनारबाट
सधैँ अर्को किनारको याद गर्छ...!
कर्णाली स्पोर्टस क्लबबाट तालिम लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय हाइ अल्टिच्युट म्याराथनमा सहभागी बन्न अभ्यासरत खेलाडीहरू
एनएलजी, आफू उभिएको किनारबाट
सधैँ अर्को किनारको याद गर्छ...!

कर्णाली स्पोर्टस क्लबबाट तालिम लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय हाइ अल्टिच्युट म्याराथनमा सहभागी बन्न अभ्यासरत खेलाडीहरू
थकानले उडान रोकिएको चरो
रारामा वास बसेपछि
उसलाई बिहान उड्ने हतारो नै भएनछ...!
वास्तवमा सौन्दर्यको मोहनीमा मुग्ध उसले आफ्नो यात्रा नै बिर्सिएको थियो !
बर, थकान पनि वरदान सम्झिएर उसले ईश्वरलाई मनमनै धन्यवाद दियो ।
कर्णालीको पहिचान रारा ताल

पहाडको बूटले थिचिएर खुला आकाश कल्पिरहेको दूबोझैँ
साँघुरिएर आफै लम्पसार रेजस्तो यो विमानस्थल
कर्णालीका लागि भने जीवनको उडान भर्छ ।
मुगुमा अवस्थित ताल्चा विमानस्थल
साँघुरिएर आफै लम्पसार रेजस्तो यो विमानस्थल
कर्णालीका लागि भने जीवनको उडान भर्छ ।

मुगुमा अवस्थित ताल्चा विमानस्थल
यो पुलको हिस्सी
कुनै विचारबाट उद्धृत सौन्दर्य होइन
प्रकृतिको कुनै कलाकारिता पनि होइन
उसबेलादेखि नै यो पुलले वारिपारिको हृदयलाई एक गरेको छ
आज त झन यो पुलले वर्तमान र इतिहासलाई नै जोडेको छ
जुम्लाको सिंजा क्षेत्रमा अवस्थित ऐतिहासिक राजारानी पुल

ओ प्रिय कर्णाली !
तिमी हरियो भएर बगिरहँदा
म हरियो भएर स्थिर छु
तर, तिम्रो रङ्गको राज त मसँगै छ नि !
बगरसँगै हरियाली फाँट
तिमी हरियो भएर बगिरहँदा
म हरियो भएर स्थिर छु
तर, तिम्रो रङ्गको राज त मसँगै छ नि !

बगरसँगै हरियाली फाँट
शिखरभन्दा नि शिखरको कल्पनाले शिखर पुग्नुअघि अझ आल्हादित हुन्छु म
हरियालीभन्दा नि हरियालीको कल्पनाले पसिना झरेको धरतीमा रमाउँछु म !
नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा उपत्यकामा किसानले खनजोत गरी खेतीका लागि तयार पारेको जमिन ।
हरियालीभन्दा नि हरियालीको कल्पनाले पसिना झरेको धरतीमा रमाउँछु म !

नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा उपत्यकामा किसानले खनजोत गरी खेतीका लागि तयार पारेको जमिन ।
खेलखेलैमा जिन्दगी खोज्ने यी नानीहरू
धरती र आकाशको प्रेमका साक्षी भएछन् !
उनीहरूको एकान्त जीवनधुन सुनेर
उजाड पर्वतहरू पनि हरियो भई उठ्न थालेछन् ! !
पर्वको रमाइलो र बालबालिकाहरू
धरती र आकाशको प्रेमका साक्षी भएछन् !
उनीहरूको एकान्त जीवनधुन सुनेर
उजाड पर्वतहरू पनि हरियो भई उठ्न थालेछन् ! !

पर्वको रमाइलो र बालबालिकाहरू
आफू उचाइमा रहेर नि मुर्माटप
राराको गहिराइको सुन्दरता आत्मसात गर्छ
उसलाई थाहा छ—
गहिराइबाट नै उसको उचाइ मापन गरिन्छ ।
राराको सौन्दर्य हेर्ने ‘भ्यु टावर’का रूपमा लिइने रारा तालको माथि रहेको मुर्माटप
राराको गहिराइको सुन्दरता आत्मसात गर्छ
उसलाई थाहा छ—
गहिराइबाट नै उसको उचाइ मापन गरिन्छ ।

राराको सौन्दर्य हेर्ने ‘भ्यु टावर’का रूपमा लिइने रारा तालको माथि रहेको मुर्माटप
सभ्यताको दौडमा उहिल्यै निकै अघि दौडेजस्तो
पाण्डवहरूले सत्मार्ग कर्णालीमै फेला पारेजस्तो
मानौँ, सत्यको मौन भाषा पाण्डव गुफाभरि गुन्जिरहेछ
र नलेखिएको इतिहासले हामीसँग न्याय मागिरहेछ ...!!
जुम्लाको पाण्डव गुफा गाविसमा रहेको पाण्डव स्तम्भ
पाण्डवहरूले सत्मार्ग कर्णालीमै फेला पारेजस्तो
मानौँ, सत्यको मौन भाषा पाण्डव गुफाभरि गुन्जिरहेछ
र नलेखिएको इतिहासले हामीसँग न्याय मागिरहेछ ...!!

जुम्लाको पाण्डव गुफा गाविसमा रहेको पाण्डव स्तम्भ
जहाँ चर्न गए पनि चराहरूजस्तै भेडाहरू त
आखिर आफ्नै घर फर्कन्छन् !
चरनमा भेडाको वथान । कर्णालीको एउटा प्रमुख आयस्रोत भेडापालन ।
आखिर आफ्नै घर फर्कन्छन् !

चरनमा भेडाको वथान । कर्णालीको एउटा प्रमुख आयस्रोत भेडापालन ।
मान्छेको हस्तकलाजस्तो यो बाटो
मुगुलाई प्रेम गर्छ र मुगुतिरै लागेको छ...
प्रेमको बाटो कहाँ सजिलो छ र !
नेपाली सेनाले बनाएको मुगु जाने मोटर बाटो ।
मुगुलाई प्रेम गर्छ र मुगुतिरै लागेको छ...
प्रेमको बाटो कहाँ सजिलो छ र !

नेपाली सेनाले बनाएको मुगु जाने मोटर बाटो ।
मलाई दूर देख्ने आँखाहरूमै
म सामीप्य देख्छु
मलाई भीर देख्ने आँखाहरूमै
म समथर देख्छु
मलाई उजाड देख्ने आँखाहरूमै
म हरियाली देख्छु
खेतीयोग्य जमिनको क्षति नगरी बसाइएको भिरालो बस्ती मुगुको सदरमुकाम गमगढी ।
फोटो सौजन्य: एनएलजी
म सामीप्य देख्छु
मलाई भीर देख्ने आँखाहरूमै
म समथर देख्छु
मलाई उजाड देख्ने आँखाहरूमै
म हरियाली देख्छु

खेतीयोग्य जमिनको क्षति नगरी बसाइएको भिरालो बस्ती मुगुको सदरमुकाम गमगढी ।