सल्लाहकार
मोहनबहादुर कायस्थ
डा. अरुण सायमी
योगराज गौतम
राधेश्याम लेकाली
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
राजेन्द्र शलभ
कृष्ण प्रसाई
इन्द्र अधिकारी
सल्लाहकार सम्पादक
राजेश्वर कार्की
प्रधान सम्पादक
मोमिला
momila.joshi@gmail.com
अनुवाद-सिर्जना
महेश पौड्याल 'प्रारम्भ'
mahesh_paudyal@yahoo.co.in
कुमार नगरकोटी
रामचन्द्र के.सी.
वेबसाइट डेभलपर
मदन भुजु
दिबेस्वर महर्जन
टाइप सेटिङ्ग
सुधीर श्रेष्ठ
बर्ष ३ / पूर्णाङक ३
सम्पादकीय
आधुनिकीकरणको शिखरयात्रा गरिरहेको युगका हामी यतिखेर राष्ट्रको साझा गौरव नेपाली कला, सङ्गीत, दर्शन, इतिहास, साहित्य, संस्कृतिको उत्थानमा समर्पित संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा प्रकाशित विशुद्ध कलासाहित्यसम्बद्ध वेब पत्रिका www.nepalikalasahitya.com को तेस्रो अङ्क लिएर पुनः उपस्थित भएका छौँ । अलिकति ठोक्किएर, अलिकति लडेर, अलिकति घाउ बाँचेरै पनि भौतिक सभ्यताको उचाइमा प्रकृतिको सर्वश्रेष्ठ सिर्जना हाम्रो अस्तित्व मानवीय संवेदनाको विशिष्ट कलात्मक दस्तावेज बनोस् भन्ने आकाङ्क्षासहित नेपाली कलासाहित्य विश्व प्रतिस्पर्धामा समेत सजिलै स्तम्भित हुन सकोस् भन्ने उद्देश्यले पूर्व अङ्कजस्तै यस अङ्कलाई पनि नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रस्तुत गरेका छौँ । यद्यपि यो अङ्क अन्य सामग्रीसहित कविता विशेषाङ्कको रूपमा समर्पित छ, जसमा नेपाल एकेडेमीको परियोजनाअर्न्तगत नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा तयार गरी छपाइमा समेत प्रकाशन गरिने स्रष्टा र सिर्जनासहित "सगरमाथाको नृत्यमग्न आत्मा" शीर्षकको सिङ्गो पुस्तक समेत प्रस्तुत गरिएको छ । हामी विश्वस्त छौँ कि नेपाली कलासाहित्यको प्रासङ्गिकता कहिल्यै मर्ने छैन; कुनै समय, कुनै भूगोल अनि कुनै जाति, धर्म र समयसीमाभित्र खुम्चिनेछैन, मुर्झाउनेछैन। यस्तो कार्यलाई जीवन्त राख्नका लागि दानवीरहरूबाट अक्षय कोषका लागि आर्थिक सहयोग र कलम वीरहरूबाट बौद्धिक र हार्दिक सहयोगको अपेक्षा राखेका छौँ ।
हाम्रो पुनः भेट अर्को अङ्कमा हुने नै छ ।