बर्ष ९ / पूर्णाङक ९
सम्पादकीय:
आकाश चट्टान भएर खसे पनि...
यहाँ सदा सुन्दर जीवनको पक्षमा उडान भर्दाभर्दै बीचैमा उडान रोकिएका कति होलान् ! सागरमा पुग्छु भनेर बग्दाबग्दै आधा बाटैमा यात्राबाट अल्पिएका कति होलान् ! उज्यालो छर्छु भनेर हिँड्दाहिँड्दै अँध्यारो बर्सिएर अलमलिएका कति होलान् ! धरतीमा फूल फुलाउँछु भनेर हिँड्दाहिँड्दै ताराजडित आकाश आफूमाथि चट्टान भएर खस्दा मालीको संवेदना किचिएर फूलसँगै कस्तरी विरूप भए होलान् ! कति प्रेमिकाका चुल्ठी फूलबिना अधूरै रहे होलान् ! कतिका प्रेमप्रस्ताव टुहुरा भए होलान् ! अर्थात् कति प्रेमीहरू कोष्ठकभित्र र बाहिर परे होलान्, हिँड्दाहिँड्दै अचानक सम्पूर्ण धरती जमेर चट्टानमा अनूदित हुँदा मान्छेका आँसु पनि जमेर सायद चट्टानकै फूल भए होलान् ! तर नेपाली विशिष्ट साहित्यलाई विश्वपरिवेशमा पुर्याउने र चिनाउने आफ्नो पन्ध्र वर्षे रोडम्याप बमोजिम नै निरन्तर लड्दै–पड्दै उही असाध्य आत्मवीणाको झङ्कारजस्तो सङ्गीतमा पुलकित हुँदै पीडाकै उत्सवमय दस्तावेजसरि या अझ भनौँ— नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको दृढताले चटनको धरतीमै फुलाएको शिलाजितसरि उही चट्टानी फूल स्वरूप कला, साहित्य, सङ्गीत सम्बद्ध विशुद्ध वार्षिक ई–पत्रिका केही पुराना प्लस धेरै नयाँ सामग्री समाविष्ट www.nepalikalasahitya.com (www.nepaliartnliterature.com)को नवौँ अङ्क अङ्ग्रेजी र नेपाली भर्सनसहित पुनः यहाँहरूलाई समर्पण गरिएको छ ।
विश्वास छ— चट्टानको आकाश खस्दा पनि, धरती नै जमेर चट्टानमा अनूदित भए पनि हाम्रो सुखदुःखमा पग्लिरहने मन कहिल्यै जम्ने छैन । यहीँनिर नेपाली कलासाहित्य डट कम प्रतिष्ठान निर्दिष्ट गन्तव्यमा पुग्न आफ्नो भूमिकाबाट कहिल्यै अल्पिने छैन ।
अन्ततः आकाशै खसे पनि, धरती नै जमे पनि सहयोगमा कहिल्यै पछि नसर्ने सबै कलमवीर प्रियजनहरूप्रति विशेष आभार प्रकट गर्दछु ! पुनः आकाश चट्टान भएर खसे पनि, सिङ्गो धरती नै जमे पनि कला, साहित्य, सङ्गीतका नाममा समर्पित यो मन कहिल्यै जम्ने छैन...!!
मोमिला