Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
  पुस्तक समीक्षा

 

मोमिला : हाम्रो समयकी आउटसाइडर नायिका


वधूशिक्षाकालीन आइमाई हुंदी हुन् त उनको कुरा अर्कै हुने थियो । पण्डाहरूको समाजमा मोमिलाको सानो विद्रोह नै काफी छ जसले दस रेक्टर स्केलको असामाजिक भुइ“चालो ल्याइदिन्छ । उनको नाम यसरी आउटसाइडर नायिकाका रूपमा दर्ता हुन्छ।
इश्वरको अदालतमा आउटसाइडरको बयान मोमिलाको यस्तो निबन्धकिताब हो जसले उनको हृदयको प्रत्यक्ष एक्सरे गरेको छ । किताबमा अविरल बग्ने इन्द्रावतीजस्ता सोह्र निबन्ध छन् । कवितात्मक गतिमय भाषा र शैलीगत स्वच्छन्दता यिनका सजावट हुन् भने व्यक्तिगत असीम स्वतन्त्रता प्राण ।

पुरातात्त्विक सहरमा एक आउटसाइडर कृति’ मा उनी लेख्छिन्- "उहिल्यै सभ्यता वास बसेको एक रात त्रि्रो अ“ध्यारो गल्लीमा नायक प्रमिथियसलाई भेटेको थिए“ । उसको हातमा आगो थिएन । एउटा हातमा बन्दुक र अर्को हातमा फूल लिएर नया“ सभ्यताको खोजीमा हि“ड्दै रहेको बताएको थियो उसले । कतै उसलाई भेटेछौ भने भनिदिनू, तिमी मात्र एउटा सुन्दर मिथ हौ, वर्तमान होइनौ । हौ भने केवल पागल वर्तमान हौ, पीडा हौ तर सम्मान होइनौ ।"
मोमिला र निबन्ध । अह“, कतै विरोधाभास छैन । सामान्यतया साहित्यमा यो दर्ुलभ प्राप्ति हो । हृदय खोलेर उनी पाठकसामु प्रस्तुत छिन् । त्यहा“ संसारकै समाजका विविध विम्बको अविरल प्रवाह छ । प्रेमपीडा, पीडाप्रेम, अस्वीकृति, उल्लङ्घनका स्वर छताछुल्ल छन् र त्यहा“ हाम्रो पुरातन मान्यताको विनिर्माण छ । समाजको तथाकथित आदर्शअनुसार उनी र उनका अभिव्यक्ति दुवै अराजक र विसङ्गतिबोधक छन् । परिवर्तनका लागि कुनै पनि खतरा नाजायज हु“दैन । जब मर्यादित शैली समाजमा चल्दैन तब अराजकताको विकल्प अरू के हुन सक्छ - खासमा विवेकको आदेशमा हि“ड्ने स्वतन्त्र विचारको एक्लो मान्छे मक्किएको युगको थाङ्ने सपना पछयाउने बज्रस्वा“ठ बहुमतभन्दा निश्चय नै एक युग अगाडि हुन्छ ।
शीर्षक निबन्ध ईश्वरको अदालतमा आउटसाइडरको बयान पढ्दा बारम्बार पाठकलाई लाग्छ, मोमिला हाम्रै कथा भनिरहेकी छन्, हाम्रै आत्माको आवाज बोलिरहेकी छन् । अल्बेयर कामुको पात्र मर्र्सोल्टमा उनी रूपान्तरित छिन् र पाठकचाहि“ उनमा रूपान्तरित भएको महसुस गर्छ । स˚ल साहित्यको प्रभाव यस्तै हुन्छ ।
"म असल पत्नी हुन सकिन“ । आफ्नी प्रेमिकाको तस्बिर टेबुलमा राख्ने पतिदेवको नजरमा सबैस“ग हा“स्ने, बोल्ने र सबैलाई सहयोग गर्ने प्रवृत्तिका कारण चरित्रहीन पत्नी कहलाइए“ कि त मेरो प्रेमिल स्वभावलाई कमजोरी ठानेर भावनाको शोषण गरियो कि त ओछयान न्यानो पार्ने केवल साधन बनाइयो । भर्खरै उनै पतिदेवले मलाई आपत्कालीन युगको एउटा पोस्टमोर्डन फोसिल भनेर सङ्केत गरेको सुनिहाल्नुभयो ।" शीर्षक निबन्धबाट उद्धृत यो अंशले पाठकलाई बेस्सरी रन्थनाउ“छ ।
मक्किएको संस्कृति बोकी हि“ड्ने समाज सत्यलाई स्वीकार गर्न सक्दैन । ऊ आइमाईलाई हेप्छ, मात्र हेप्छ । उसको प्रतिभाको सम्मान गर्ने साहस गर्दैन । ढा“ट र पाखण्डमा रमाएर झिल्के मुखुन्डोमा मुख लुकाउ“छ अनि इमानदारी र सत्यस“ग डराउ“छ । यस्तो समाजको पतन अनिवार्य छ ।
समाजको तथाकथित आदर्श आचारसंहिताअनुसार उनी असल पत्नी हुन सकिनन् । असल छोरी, आमा र बहिनी पनि हुन सकिनन् होला । निबन्ध पढिसकेपछि हाम्रो समयकी आउटसाइडर नायिकाको पक्षमा सर्वोच्च न्यायमूर्तिलाई सोध्न मन लागेको छ, नारी कसैकी स्वास्नी, आमा, प्रेमिका, छोरी र बहिनीभन्दा बढी स्वतन्त्र अस्तित्व भएकी सचेत मानवीय प्राणी हो कि होइन - हो भने यो सत्यलाई हाम्रो समाज कहिले स्वीकार गर्छ -
- चंकी श्रेष्ठ

 

बौद्धिक खुराक : विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद

   


वि.सं. १९९१ देखि आजसम्मको नेपाली उपन्यासपरम्पराका एक अत्यन्त सशक्त र सुपरिचित हस्ती विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासकारितामाथि सम्पूर्ततः अस्तित्ववादीय गहन विश्लेषण गरिएको एकमात्र समीक्षात्मक कृति विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्वादका लागि विदुषी डा. ज्ञानू पाण्डेप्रति सिङ्गो नेपाली साहित्य नै कृतकृत्य रहेको छ ।
यस पुस्तकमा उपन्यासकार कोइरालाको व्यक्तित्व र चिन्तनको समेत समग्र विश्लेषण गरिएको छ । साथै अत्यन्त बोद्धिक साहित्यिक चिन्तन मानिने सिङ्गो अस्तित्ववादकै विशद विमर्श र सैद्धान्तिक अवधारणासहित नेपाली साहित्यको परिप्रेक्ष्यमा उपन्यासकार कोइरालाको उपन्यासकारिताको सूक्ष्म ढङ्गले अध्ययन-अन्वेषण र मनन गरी गहकिलो पुस्तककारको रूप प्रदान गर्नुभएकोमा डा. पाण्डे निःसन्देह बधाईका पात्र हुनुहुन्छ ।

यस्तो गहन कृति प्रकाशन गर्ने संस्था नेपाली आख्यानसमाजलगायत आर्थिक सहयोग प्रदान गर्ने बी.पी. कोइराला भारत-नेपाल प्रतिष्ठालाई धन्यवाद दिनु अप्रासङ्गिक हुनेछैन ।

अन्त्यमा आफ्नो प्रखर प्राज्ञिक व्यक्तित्वको उचाइका साथ सदक्ष अनुसन्धानात्मक समालोचनाका रूपमा प्रस्तुत गर्नुभएको यो पुस्तक बोद्धिक शिखरपुरुष स्रष्टा इन्द्रबहादुर र्राईले भन्नभएजस्तै नेपाली साहित्यका गम्भीर पाठकवर्गका लागि बौद्धिक खुराक साबित हुने नै छ ।

-      मोमिला

 
पारिजातको जीवनकथा
…. र कृति, पत्रमा
   

प्रिय नरेन्द्र दाइ !

'पारिजातको जीवनकथा'को दोस्रो संस्करणले पहिलेभन्दा पनि बढ्ता औपचारिकताहीन छोइएछु । झङ्कृत भएँ र भइरहेँ । स्मृतिसम्बद्ध नोस्ताल्जिक प्रोसेसनमा हिँड्दै रहेँ...। फेरि एकचोटि १३ वर्षघिको वैशाखको खुलामञ्च पुगेँ र पारिजातलाई श्रद्धासुमन अर्पण गरेँ ।केही समयपश्चात् जीवनमा शिरीषको फूलका स्रष्टा साहित्यकार पारिजातसँग धीत मरुन्जेल गफिने रहरसँगै हावामा स्वच्छन्द लहराइरहेका दृश्य शिरीषका फूलहरूले आँखाको किनार-किनार बाँध बाँधेर उनैको मलामी हिँडिरहेँ....! लाग्यो, अनुभूतिहरू रिकल गर्न कस्तरी सक्षम रहेछ यो संस्करण !

 

प्रसङ्गमै कृतिका थप प्रसङ्गहरूले मलाई आवाज दिन आग्रह गरिरहे । यथार्थतः जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा अन्तिम सीमा कोर्न सकिन्न क्या रे ! यद्यपि कृतिमा थप रातका प्रसङ्गजस्तै स्रष्टाका अन्तरसंस्करणहरू अझ अल्पविराम र अर्धविरामसहित जीवनको परिवर्तनशील नियतिसँगै पूर्णबिरामोन्मुख भई नै रहनेछन्........! यसमा स्वयम् स्रष्टाको कलमले आधिकारिक विश्राम नलिएसम्म अन्य कोही-कसैले कृतिको संस्करणधर्मितामा पूर्णबिराम लगाउन सक्नेछैनन् । हुन पनि यो औंसीको रात मैले पूर्णचन्द्रको कसम खाए या नखाए पनि पूर्णचन्द्रको प्रतीक्षा पूरा हुनु नै त छ !

हाइ ! यथार्थमा सुन्दर जङ्गली फूललाई उही रूपमा घरमा फुलाउनु कहाँ सजिलो छ र ! तर कृतिमा पारिजात उस्तै गरी प्राकृतिक फुलेको महसुस गर्न सकिन्छ । हो, आदर्शको आवरणमा मान्छेले आफ्नो सचेत स्थान खोज्दछ, तर खोक्रो आदर्शको नैतिक आवरणमा सुसज्जित बहुरूपी सभ्य नायकले भन्दा सधैँ-सधैँ मलाई खोक्रो नैतिकताभन्दा प...र आवरणहीन इमान्दार असभ्य नायकले नै आकषिर्त छु ।

लाग्छ, इमान्दारिता नै पहिलो मानवीय र्सत हो । यद्यपि यो र्सत खै कतिले पूरा गरिरहेछन्, यो भूगोलमा ! किन जीवन, जीवनजस्तो सुन्दर रहेन ! मृत्यु किन मृत्युभन्दा पनि भयङ्कर बन्थे ! कम्तीमा खेदपूर्ण यो मानवीय निर्लज्जताबाट मुक्त कृति हो- पारिजातको जीवनकथा' । यिनै सत्यका लागि मेरो आत्मा दाइलाई हृदयपूर्ण बधाई दिन चाहन्छ !

बहिनी
मोमिला

 
;flxlTos ;dfrf/
Copyright © 2007. NepaliKalaSahitya.com Pratisthan   -   All Rights Reserved
Web Site Developed by: MountDigit