पुरातात्त्विक सहरमा एक आउटसाइडर कृति’ मा उनी लेख्छिन्- "उहिल्यै सभ्यता वास बसेको एक रात त्रि्रो अ“ध्यारो गल्लीमा नायक प्रमिथियसलाई भेटेको थिए“ । उसको हातमा आगो थिएन । एउटा हातमा बन्दुक र अर्को हातमा फूल लिएर नया“ सभ्यताको खोजीमा हि“ड्दै रहेको बताएको थियो उसले । कतै उसलाई भेटेछौ भने भनिदिनू, तिमी मात्र एउटा सुन्दर मिथ हौ, वर्तमान होइनौ । हौ भने केवल पागल वर्तमान हौ, पीडा हौ तर सम्मान होइनौ ।"
मोमिला र निबन्ध । अह“, कतै विरोधाभास छैन । सामान्यतया साहित्यमा यो दर्ुलभ प्राप्ति हो । हृदय खोलेर उनी पाठकसामु प्रस्तुत छिन् । त्यहा“ संसारकै समाजका विविध विम्बको अविरल प्रवाह छ । प्रेमपीडा, पीडाप्रेम, अस्वीकृति, उल्लङ्घनका स्वर छताछुल्ल छन् र त्यहा“ हाम्रो पुरातन मान्यताको विनिर्माण छ । समाजको तथाकथित आदर्शअनुसार उनी र उनका अभिव्यक्ति दुवै अराजक र विसङ्गतिबोधक छन् । परिवर्तनका लागि कुनै पनि खतरा नाजायज हु“दैन । जब मर्यादित शैली समाजमा चल्दैन तब अराजकताको विकल्प अरू के हुन सक्छ - खासमा विवेकको आदेशमा हि“ड्ने स्वतन्त्र विचारको एक्लो मान्छे मक्किएको युगको थाङ्ने सपना पछयाउने बज्रस्वा“ठ बहुमतभन्दा निश्चय नै एक युग अगाडि हुन्छ ।
शीर्षक निबन्ध ईश्वरको अदालतमा आउटसाइडरको बयान पढ्दा बारम्बार पाठकलाई लाग्छ, मोमिला हाम्रै कथा भनिरहेकी छन्, हाम्रै आत्माको आवाज बोलिरहेकी छन् । अल्बेयर कामुको पात्र मर्र्सोल्टमा उनी रूपान्तरित छिन् र पाठकचाहि“ उनमा रूपान्तरित भएको महसुस गर्छ । स˚ल साहित्यको प्रभाव यस्तै हुन्छ ।
"म असल पत्नी हुन सकिन“ । आफ्नी प्रेमिकाको तस्बिर टेबुलमा राख्ने पतिदेवको नजरमा सबैस“ग हा“स्ने, बोल्ने र सबैलाई सहयोग गर्ने प्रवृत्तिका कारण चरित्रहीन पत्नी कहलाइए“ कि त मेरो प्रेमिल स्वभावलाई कमजोरी ठानेर भावनाको शोषण गरियो कि त ओछयान न्यानो पार्ने केवल साधन बनाइयो । भर्खरै उनै पतिदेवले मलाई आपत्कालीन युगको एउटा पोस्टमोर्डन फोसिल भनेर सङ्केत गरेको सुनिहाल्नुभयो ।" शीर्षक निबन्धबाट उद्धृत यो अंशले पाठकलाई बेस्सरी रन्थनाउ“छ ।
मक्किएको संस्कृति बोकी हि“ड्ने समाज सत्यलाई स्वीकार गर्न सक्दैन । ऊ आइमाईलाई हेप्छ, मात्र हेप्छ । उसको प्रतिभाको सम्मान गर्ने साहस गर्दैन । ढा“ट र पाखण्डमा रमाएर झिल्के मुखुन्डोमा मुख लुकाउ“छ अनि इमानदारी र सत्यस“ग डराउ“छ । यस्तो समाजको पतन अनिवार्य छ ।
समाजको तथाकथित आदर्श आचारसंहिताअनुसार उनी असल पत्नी हुन सकिनन् । असल छोरी, आमा र बहिनी पनि हुन सकिनन् होला । निबन्ध पढिसकेपछि हाम्रो समयकी आउटसाइडर नायिकाको पक्षमा सर्वोच्च न्यायमूर्तिलाई सोध्न मन लागेको छ, नारी कसैकी स्वास्नी, आमा, प्रेमिका, छोरी र बहिनीभन्दा बढी स्वतन्त्र अस्तित्व भएकी सचेत मानवीय प्राणी हो कि होइन - हो भने यो सत्यलाई हाम्रो समाज कहिले स्वीकार गर्छ -
- चंकी श्रेष्ठ |
प्रसङ्गमै कृतिका थप प्रसङ्गहरूले मलाई आवाज दिन आग्रह गरिरहे । यथार्थतः जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा अन्तिम सीमा कोर्न सकिन्न क्या रे ! यद्यपि कृतिमा थप रातका प्रसङ्गजस्तै स्रष्टाका अन्तरसंस्करणहरू अझ अल्पविराम र अर्धविरामसहित जीवनको परिवर्तनशील नियतिसँगै पूर्णबिरामोन्मुख भई नै रहनेछन्........! यसमा स्वयम् स्रष्टाको कलमले आधिकारिक विश्राम नलिएसम्म अन्य कोही-कसैले कृतिको संस्करणधर्मितामा पूर्णबिराम लगाउन सक्नेछैनन् । हुन पनि यो औंसीको रात मैले पूर्णचन्द्रको कसम खाए या नखाए पनि पूर्णचन्द्रको प्रतीक्षा पूरा हुनु नै त छ !
हाइ ! यथार्थमा सुन्दर जङ्गली फूललाई उही रूपमा घरमा फुलाउनु कहाँ सजिलो छ र ! तर कृतिमा पारिजात उस्तै गरी प्राकृतिक फुलेको महसुस गर्न सकिन्छ । हो, आदर्शको आवरणमा मान्छेले आफ्नो सचेत स्थान खोज्दछ, तर खोक्रो आदर्शको नैतिक आवरणमा सुसज्जित बहुरूपी सभ्य नायकले भन्दा सधैँ-सधैँ मलाई खोक्रो नैतिकताभन्दा प...र आवरणहीन इमान्दार असभ्य नायकले नै आकषिर्त छु ।
लाग्छ, इमान्दारिता नै पहिलो मानवीय र्सत हो । यद्यपि यो र्सत खै कतिले पूरा गरिरहेछन्, यो भूगोलमा ! किन जीवन, जीवनजस्तो सुन्दर रहेन ! मृत्यु किन मृत्युभन्दा पनि भयङ्कर बन्थे ! कम्तीमा खेदपूर्ण यो मानवीय निर्लज्जताबाट मुक्त कृति हो- पारिजातको जीवनकथा' । यिनै सत्यका लागि मेरो आत्मा दाइलाई हृदयपूर्ण बधाई दिन चाहन्छ !
बहिनी
मोमिला
|