Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
  फोटो र कविता
 

भेरीको किनारमा

राजेश्वर कार्की
 

भेरीको किनारमा
म रुंदारुंदै थाकेछु भने
मलाई सम्हालेर
किनाराकै छेउको बगरमा राखिदिनू' भेरीको पानी र जिन्दगी निरन्तर बगिरहेछ'
कतै भेरी पनि बग्दाबग्दै थाकेछ भने
मलाई भेरीको किनारबाट उठाएर
मेरो आंसुको नदीमा बगाइदिनू
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने'

कतै मन लुकाउने ठाउं नभएर भाग्दाभाग्दै
मनहरूबाटै धेरै टाढा भागिएछ भने
मलाई बाटैबाट र्फकाएर ल्याउनू
र भेरीको किनारमा लमतन्न सुताइदिनू
जसमा टेकेर
धेरैले आफ्नो गन्तव्य पूरा गर्नेछन्
भेरीको किनारमा
म रुंदारुंदै कतै थाकेछु भने' ।


 
 
इलाम
राजेश्वर कार्की
 

इलामले जुन बेला चिया रोप्यो
त्यस बेला उसले देशलाई सम्झयो
र देशलाई चियाबगान बनाउने सपना देख्यो

इलामको परिचय त हरियालीमा खुल्दै गयो
तर देश झन् उजाडिंदै/रित्तिंदै गयो
देश-   कतै परिवेशमा रित्तियो
कतै भावनामा रित्तियो
कतै संवेदनामा रित्तियो
कतै अनुभूतिमा रित्तियो
कतै प्रेममा रित्तियो
कतै घृणामा रित्तियो
क्रमशः रित्तिंदै गयो

इलाम आफू त रित्तिएन
तर नीलो आकाशको एक कुनाबाट
देश रित्तिएको विवश हेरिर≈यो

रित्तिनु " बादलिनु " अंध्यारिनु " देशको नियति

मौन दुखेर हामी
चुपचाप देशको अध्यारो पछयाउदै गयौ
देशलाई चियाबगान बनाउने सपना
इलामले सम्झेरै बिर्सन बाध्य भयो
वियोगको प्रेमपीडामा देश हामीसामु उभियो

अहिले इलामको सपना टुटेको छ
र टुटेको सपना प्रश्नचि≈न बनेको छ

इलामको चाहना अब कसले पूरा गर्ने -
जङ्गल सखाप पार्नेहरूको भीडले कि
सहर र गाउ-बस्ती उजाड पार्ने शक्तिले ⁄
म त्यसको उत्तर, उत्तरविहीन भीडलाई होइन
ती चियाका बोटहरूलाई सोधिरहेछु
जसले यसको जवानफ चुपचाप दिन सक्छ ।

 
 
जाजरकोट

मोमिला

 

प्रिय सम्बोधन ⁄
तिमी जहा उभिएर
मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई
म वारिबाट
तिमी उभिएको इतिहास सोधिरहेछु

यतिखेर
तिमी सहिद भएको इतिहाससंगै
आंफै सहिद समय बगिरहेको भेरीले
आंसुका हजारौं प्रश्नफूलहरू अर्पण गरेर
अग्ल्याएको पहाडजस्तो
आदिम प्रेमबस्ती ⁄
प्रिय जाजरकोट ⁄
वारिबाट म तिमीलाई अगालो हाल्न सक्दिन

केही छैन
मन फाटिएर हामीबीच भेरी बगे पनि
निर्वासनमै
घामको न्यानोमा म तिमीलाई अनुभूत गरिरहेछु
जूनको शीतलमा तिमी मलाई अनुभूत गर्नेछौ ।

jajarkot
   
;flxlTos ;dfrf/
Copyright © 2004. MountDigit Publication (P.) Ltd. All Rights Reserved
Web Site Developed by: MountDigit