Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
निबन्ध
 
 

केवल आठसय त्रिपन्न शब्दमा

डा. गोविन्दराज भट्टराई
 
अघिल्लो महिना एकजना अन्तर्वार्ताकारले मेरो सामू एउटा सन्देह उभ्याइन् "यसरी अखबारी लेखनपट्टि समर्पित भएर लाग्दा तपाईको सिर्जना ओझेल पर्ने हो कि -" त्यो दिनसम्म म जे लेख्छु सिर्जना त्यही होला भन्ने विश्वासमा थिएं । मैले लेखनका यी प्रकृतिबारे भेद गरेको पनि थिइन । तन्मयतासाथ लेख्थें, व्यग्रतापूर्वक त्यसको प्रकाशन मितिको प्रतीक्षा गर्दथें । टेलिफोनद्वारा धेरैलाई सुनाउंथे "फलाना बारको अखवारमा मेरो यस्तो आर्टिकल आउंदैछ, पढ्न नभूल्नू होला ।" अनि त्यो छापिएको बिहान मेरो लागि अर्कै घाम झुल्किन्थ्यो । मानिस व्यस्त छन्, प्रतिदिन दुइ मनजति कागजमा नेपाली अक्षर छापिन्छन् तर पनि मनमा एउटा भोक उत्पन्न हुन्थ्यो- मेरो यो लेख सबैले पढिदिऊन्, त्यसपछि अलिकति प्रशंसा मिसिएको प्रतिक्रिया सुन्न पाइयोस् । त्यसपछि म अधैर्य भएर अबेरसम्म त्यसैको प्रतीक्षा गर्दथें ।
यसरी अखवारको स्तम्भले दिने उर्जाले सात दिन, पन्ध्र दिन तानिइरहन्थें । त्यसपछि त्यो धूमिल हुन्थ्यो, फेरि अर्को रच्थें । कहिल्यै पनि निर्धक्क हुन पाइएन । सधैं एउटा कर्तव्यवोधले खेदिर≈यो । मेरो रचनाको शीर्षक अनाकर्ष हुने हो कि, रचनाभित्रको सामाग्री सारहीन हुने हो कि, अरुचिकर शैलीले गर्दा यो अपठनीय हुने हो कि, मैले अघिका स्तम्भमा कमाएको शाख एकैचोटि समाप्त हुने हो कि जस्ता चिन्ता र भयका मुıामा निरन्तर डुबिरहन्थें, रातोदिन म असुरक्षति हुन्थें- मैले भन्न खोजेको मुख्य कुरा सम्पादकले काटिदिने हुन् कि, शीर्षक बललिदिने हुन् कि, छपाई अशुद्ध हुने हो कि - पाठकहरूले तिखो आक्रमण गर्ने हुन् कि - पीरका पर्वत ठडिन्थे । मेरो भन्दा गोपिको स्तम्भ बढी रुचिकर भएर बिस्तारै म यस पत्रिकाबाटा हट्ने हुं कि -
वास्तवमा यस्ता चिन्ताले खेदेकोबेला राती अवेरसम्म बस्थें, झिस्मिसेमै उठ्थें, कम्प्युटरमा घण्टौंसम्म झुण्डिंदै, अक्षरहरू केलाउंदै, विचार काट्दै, फेरि टांस्दै, एकपल्ट लेखेपछि फेरि अक्षरको धुलो बढाथें, पुछ्थें, हम्किन्थें, निफन्थें, भथें, तौलिन्थें, नमिलेकालाई फुलेका रौंजस्तै चिम्टाले उखेलेर निकाल्थें, नयां अलि टल्किनेखालका राख्थें । अनि सस्वर पढ्दै तीबाट हुने ध्वनीलाई मनले माम्थें पनि- यहां गति उत्पन्न हुनुपर्छ । मेरो लेख शब्दहरूको बिस्कुनमात्र होइन, यसबाट एउटा र्सार्थकता उत्पन्न हुनुपर्छ, यो पठनीय र सकारात्मक पनि हुनुपर्छ । यो निर्भीक र प्रष्ट पनि हुनुपर्छ । यी कुरा सम्झेर स्तम्भ लेख्न बस्थें तर कहिलेकाहिं शब्दसंख्या नपुग्ला कि भन्ने डरले रोकिंदै गन्दै गर्थें, कहिलेकाहिं मनमा विचारहरू बग्दाबग्दै धेरैधेरै पर पुगिसकेको हुन्थें । तर केवल आठसय त्रिपन्न शब्दमा कतै नकाटिएको, नखुम्चिएको, नदोब्रिएको, नटालिएको सग्लो रचना तयार हुनु पथ्र्यो । अनि अधिक भएका शब्द काट्तै जान्थें, रचनालाई ताछ्तै जान्थें, त्यो अत्यन्तै पीडादायी कर्म हुन्थ्यो किनकि त्यसरी मैले यो रचना अपाङ्ग बनाएं कि जस्तो लाग्थ्यो । त्यस्तो बेलामा मात्रै यो अखवारले मेरो स्वतन्त्रता निलिदियो भनेर मनमनै दाह्रा किट्थें । कहिलेकहीं अपूग भएर तीनसय चपास शब्द थप्नु परेको रचना पढ्दा पनि मलाई घुंडा टालेको सुरुवाल भिरेर हिंडेजस्तो हुन्थ्यो ।
यसरी अनेक चिन्ता बोकेर समय, स्थान सम्पादक, पाठक, विषयवस्तु आदिका भारी मनमा घिस्याउंदै म कम्प्युरमा झोक्राउंथे, म त्यसैलाई सिर्जना ठानिरहन्थें । पत्रकारले प्रश्न गरेपछि मलाई थाहा भयो- वास्तवमा त्यो त्यति स्वतन्त्र सिर्जना थिएन जति एउटा उपन्यास वा आफूखुसीको निबन्ध, समालोचना लेख्न बस्ता मनमा हुन्छ । म यसमा आफूखुसी, शक्तिले भ्याएसम्मको लम्बाइमा तन्किन सक्तिनं, समय पर र्सार्न सक्तिनं, आजका पाठकलाई अरूको कुरा सारेर ढांट्न सक्तिनं, कुरा दोहोर्याएर पाठकलाई झर्को लगाउन सक्तिनं । म यो म्याराथुन दौडमा छुट्ने हुं कि, घोडेजात्रामा दौडिंदादौडिंदै टुंडिखेलमा पछारिएको सिपाहीजस्तो हुने हुं कि - यस्ता विघ्न भयहरू भिरेर कुध्नु एउटा ठूलो चुनौती हो, खतरा हो, एडभेन्चर पनि । हेर्नोस्, स्तम्भ लेख्न कति चिन्ता र पिरहरूको खेती गर्नु पर्छ ⁄
बीपीले जेल जर्नलमा तीन चार ठाउंमा भनेका छन्- आज अखबार आउंछन् तर मलाई तीनमा रुची छैन । वास्तवमा जेलभित्रको अन्धकारमा एउटा चिन्तक राजनेतालाई दैनिक वा साप्ताहिक प्रकाशनप्रति ठूलो आकर्षा हुनुपर्ने≤ तिनीहरूले ल्याउने एउटा उत्तेजक आनन्दको प्रतीक्षा हुनुपर्ने । तर उनलाई त्यस्तो हुदैन । उत्तेजनाको सानोसम्म लहर उत्पन्न गर्ने घटना नघटेको बेला’ पनि उनी क्षणभङ्गुर दैनन्दिनी र सूचनाका भारी बोकेर आउने अखबारप्रति त्यति आकृष्ट हुदैनथे किनभने त्यहां चिन्तनको ठाउंमा चिन्ता बढी हुन्छ, बिस्तारको ठाउंमा बेग हुन्छ, उपन्यासको आकारको घटना सुकेर बोनर्साई वृक्षजत्रो हुन्छ । त्यसैले उनले पाश्चात्य र पूर्वीय साहित्य दर्शन र विचारका सम्वाहक सी. एम. जोडको प्रतीक्षा गरे, नेहरूको गरे, भिक्टर ≈युगोको, बेकनको, फ्रायडको, जेपीको, डेकार्टरको, गीताको, उपनिषदको, कामुको, कालीदासको, टेनिशनको, टोयन्बिको, ज्वीगको, ताराशंकर बन्दोपाध्यायको, हेमिङ्वेको, गरुदत्तको, पाष्टरनाकको । यस्ता कृतिको प्रतीक्षामा अधीर रहने उनीले सामामयीक पत्र-पत्रिकाप्रति एउटा निस्पृह भाव प्रकट गरेका छन् ।
मैले थाहा पाएं- लामो तपस्याको धैर्य नभएकाले सिर्जना छोडेर म अखबारभित्र लागेंछु । लामो समय लगाएर म एउटा शक्तिशाली कृति निकाल्थें र ठूलो यश कर्ीर्ति कमाउने थिएं तर म अधैर्य भएर समयलाई ससाना टुक्रामा अहिले नै बेचिरहेछु, त्यस्तो लेखनबाट कमाउन पाउने पुरस्कार पैसापनि खुıामा अहिल्यै लिंदैछु किनभने मेरो निम्ति यो एउटा मनोरञ्जन भएको छ, आदत भएको छ, क्षणिक उत्तेजनाजस्तै हप्ताहप्ता मलाई पछयाइरहने सपना भएको छ । म सधैं घरमा, बाटामा, अफसिमा, रत्नपार्कमा स्तम्भको बारेमा सोचिरहेको हुन्छ- कसरी एउटा सिङ्गो विचारलाई केवल आठसय त्रिपन्न शब्दमा अटाउने होला - यो चिन्ताले र ठूलो काम गर्ने मेरो क्षमता यसरी चानचुनमा बिक्री गर्दाको क्षण सम्झेर यो मनमा उठेको उत्पात किसिमको क्षयवोधले मलाई गलाइरहेको हुन्छ । आफ्ना ठूल्ठूला सपनाहरू धुलो नपारी, दासत्वको सीमाभित्र मनलाई नखांदी तपाईं स्तम्भलेखक बन्नै सक्नुहुन्न≤ तर एकपल्ट स्तम्भलेखक बनिसकेपछि आजीवन यसबाट फुक्लिन सक्नुहुन्न, यो क्षणिक उत्तेजना उमार्ने खेलको ब्यसनमा फैलेपछि तपाईं त्यो भन्दा राम्रो र्सजक बन्न सक्नुहुन्न । मैले अन्तर्वार्ताकारलाई अन्त्यमा त्यही जवाफ दिएं ।
 
 
 
हाइ, हाइ हिमाल

युवराज नयांघरे

 
मनबाट बाहिर निस्के हिमालहरू ।
कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।।
गोरखाको उत्तरी थुम्कामा गजधुम्मिएको पुरानो राजमहल । हामी पसिनामा पखालिएर टेकियौं यो थुम्कीमा । अघिको खलखली पसिना अब साटियो चिसोमा । आंखाहरूले सबै थोक हेरी-हेरी हानिए उत्तरतिर । र, हृदयको पाइतोसराइ भयो मास्तिरका शैलशृङ्खलातातिर ।
हिउंतर्ीथ रुचाउंछ मन ।
हिउंचुलीमुन्तिरका हरिया लाग्ने निर्दोष पहाडहरू । एक्लो अनुभूतिमा सुलुल्ल बग्ने पहाडी खोलाहरू । सुरिला, सुलुत्त रूखहरू । क्षिितजको तुजुकमा कक्रिएको आकाश । मनको ग्लोबमा घुम्छन् फनफनी- यी भूदृश्यहरू, भूतलहरू ।
सांझ खोर्लिएको बेला ।
मैले मेरा चेतनामा पिङ लेखेको पाइरहेछु सुन्दरताका । मैले मेरा स्पन्दनमा सुसेली हालेको पाइरहेछु उत्फुल्लताका । मैले मेरा धुकधुकीमा तरङ्ग छचल्किएको पाइरहेछु प्रकम्पनका । यी अनुभूतिले बालेका चम्काभित्र भरभराउंदा हिमालका खिचडी छड्किरहेछन्' छड्किरहेछन् ।
पानीलाई गर्भाधान पानीकै । अनि त हिमकण बिर्बिरिन्छ र लटरम्म भरिन्छ हिमाली फलफूल हिउंचुलीमा । बैग्लै चमक पोतिन्छ, बेग्लै कान्ति पोखिन्छ । रित्तो मन रसाउंछ सौर्न्दर्यको जलप पाएर ।
एउटा बेग्लै विज्ञान छ रङ्गको । एउटा भिन्नै संसार छ आकृतिको । र, मेरो आंखाले सम्यक् संयोजन गरी हेर्ने एउटा फरक अनुभूति छ- हिमालको । त्यही हिमालमा छ रङ्ग पनि, आकृति पनि ।
घुमेका मनले कति बुझे हिमाल । डुलेका चेतनाले कति जाने हिमाल । हेरेका आंखाले कति पढे हिमाल । सोध्ने मन त छ नि ⁄ हो, चमत्कारी र विलक्षणताले यदाकदा नबुझन, नजान्न र नपढ्न सक्छन् । हामीलाई मिल्न सक्ला यो तर्क ।
के प्रत्येक नेपालीका ओठमा झुन्डेको छ हिमालको नाम -
सरसराइरहेछ चिसो हावा । र, घरी-घरी धोएर गइरहेछ मलाई । म सिनित्त धोइन्छु चिसोमा । ल्याफल्याती भिजेको म, फेरि हिमालको प्रकाशले सुक्छु र्र्सलर्क्क । पानीको आलोकले गम्न लगाउंछ मलाई । पानीको उज्यालोले अंध्यारोबाट अलग्याउंछ मलाई । पानीको ऊर्जाले ब्युंताउंछ मलाई ।
मनबाट धमाधम निस्किरहेछन् हिमालहरू ।
जल, जङ्गल र जीवन- मेरो देशको ऐर्श्वर्य । यिनै तीन थोकमा बांधिएको छ- राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि । ढुक्कले भन्छु- यहींनेर छ गतिमय । जातीय, क्षेत्रीय वा सगोलका परखालहरू ठडिन्छन् अनि गर्ल्यामगर्ुर्लुमिन्छन्- यिनै जल, जङ्गल र जीवनको त्रिकोणमा ।
हिमालका कालीभीरमा लिपपोत गर्छ घामले, जूनले र ताराले । आङअठिङरमा मस्किएका बैंसालु खित्का सजाई हांस्छ हिमाल- छोटा परेलीभित्रका विशाल दृष्टिले पढिरहेछु म हिमाली लावण्य ।
हिमालीहरू छन् उत्र्सर्गी अनुहारमा । प्रत्येक बिहान भालेको डाक सुनिंदो हो यहां पनि, प्रत्येक मध्या≈नमा चरीको चिरबिर सुनिंदो हो यहां पनि, प्रत्येक सांझ रैनबसेराको सुस्केरा गुन्जिंदो हो यहां पनि । तर कति अटल यो ⁄⁄⁄ झन्-झन् उमेद लिएर स्थापित हुंदो छ ।
देशका धेरै अञ्चलमा टेकेको छ हिमालले । अञ्चलका धेरै जिल्लामा छोएको छ हिमालले । जिल्लाका धेरै नगरपालिका वा गाविस नाघेको छ हिमालले । मजस्ता अलेख नेपालीका टोलबाट फड्केको छ हिमालले । पूर्वबाट पश्चिमसम्म लमतन्न छ हिमाल । उत्तरबाट दक्षिणसम्म पग्ली-पग्ली बगेको छ हिमाल ।
पानी रिसाउंछ, हिउंचुली बन्छ । कठोरताको अर्थ यो । पानी हांस्छ, नदी बन्छ । तरलताको सङ्केत यो । पानी मर्छ, वाष्प, बन्छ । वायुको अर्थ यो ।
हिमालको रहस्यज्ञान नपढेर परास्त भइरहेछु म, पराजित भइरहेछु म र अज्ञानतामा भासिइरहेछु म ।
आंखामा छन् वेगवान् तरङ्ग । ती उत्तरतिरका सेता पहाडहरूको फन्को मार्छन् र नअघाएको राग अलाप्छन् । म थच्च्याउन कहां सक्छु अन्तस्करणलाई । यसैको आकाङ्क्षामा उनिएर आएको म, अब विरोधको तुक न तर्क । र, हिमालका जन्म-मरणमा सहभागी हुन मुक्त छोडिदिएको छु आंखालाई ।
हिमाल उठाएर,
माझ-माझ धरतीमा
जीवनका थप रङहरू
छोडौं
कलाकारलाई ।
गीत भए मनका । र्समर्पण गरें हिमाललाई । अब गाउन सकौं । सबैका सुरतालले नसुसेल्ने किन यही शब्दलाई ⁄ परबाट अछेता फालेर अर्थ के मुर्तिलाई - नजिक जाऔं र आस्तिक भए अर्चना गरौं, नानिस्तक भए सांस्कृतिक भावले पढौं मुर्तिलाई । त्यस्तै हुन् हिमालहरू ।
हिमालवरपर हरिया पहाड- सेनाजस्ता । रूप, गुण, शील, स्वभावमा मोहिनी लाग्छन् हिउं-थुम्काहरू । रङगीबिङ्गी पर्दामा मौसम खेल्छ यहां ।
प्रकृतिको जादू छ हिमालमा ।
कलिला रूख छन् । छिप्पट हांगाका बूढा रूख छन् । ती दुवैले थेग्ने हिउं फुसफुससाइरहेछ- गोरखामास्तिर हिमालयमा । हात्तीलाई सुंडकै र भुसुनालाई परेलीकै भारी होला नि त । तर हिउंभित्रको रङ र आकार, बर्साई र मौसम पढ्ने मेरा आंखाले कुनै भारीको किञ्चित् अनूभूत गरेनन् । थकित भएनन् हृदय, गलेनन्, चेतना, बिसाएनन्, आंखाका खुट्टा । वस्तुभित्र रहेन निरक्षेप वजन त्यै हो कि -
मनबाट बाहिर निस्के हिमालहरू ।
बोलाउनु छ हिमगिरिहरूलाई । सबभन्दा होचोबाट नाम लिऊं कि अग्लोबाट - तर्ेर्सियो प्रश्न । उत्तर उभियो- अग्लोबाट, किन नि - प्रश्नै छ किनभने हामी चिनिएकै त्यही अग्लाइबाट । तर विरोध बोल्यो मनले प्रत्येक होचोबाटै अग्लोको निर्माण भा हो नि ⁄ अं त्यो त हो नि ⁄ बल्ल सामसुम भो, मन ।
लाङटाङ कि कञ्चनजङ्घा, आमादब्लम कि जुगल, मनासलु कि गौरीशङ्कर- हामीले गोता लाउनुअघि नै डोब बनाइसकेका छन् पर्राईका पैतालाले । हाम्रा त मनसम्म जेनतेन पुग्या छन्, पाइला त कहां पुग्नु ।
भुल्न आंटेको लाग्ला सगरमाथाको नाउं । कहां बिर्सनु त्यो श्रीपेचलाई । तर कहिलेकाहिं बाजेभन्दा नातिको बढी हुंदो रहेछ चर्चाचासो । यसै भन्दिउं आजलाई । तर तेन्जिङ नोर्गेचाहिं लोभमा जाकिएर नर्के भएपछि सगरमाथाको नाम उच्चारण गर्दा ढुङ्गा लाग्दो रहेछ दांतमा ⁄
विवशता थिचेर ऐर्श्वर्यको रागमा प्रमुदित मेरा हिमालहरू ⁄⁄⁄
लगालग खेदो गर्यो- रङले । बिहान पनि देखेको हो र सांझै पनि देखेको, हिउंचुलीलाई । तर चांदीले बनेको पहाड आरक्त वर्णन तरुनी बन्दिंदा- तीनछक्कले सोहोरेकोसोहोर्यै गर्यो मलाई । यो कस्तो लुकामारी ⁄
के पानीभित्र रङपरिवर्तनको रहस्यमय सूत्र हुन्छ -
के हेर्ने- आकार कि रूपसज्जा ⁄ आकारै हेरौं न । किन कुनै हिमाल चुच्चिएका, कुनै नेप्टिएका, कुनै बाटुलिएका, कुनै गान्टिएका, कुनै पसारिएका - किन, हं किन - लघारिरहेछ मलाई आशङ्काले । उचाइ नाप्ने मनको चुलबुले तरङ्गले ।
पानीको तंछाडमछाड
तरङ्गको अनित्य कुस्ताकुस्ती
कतै नारीको गहिरोपन
हिमाल, पिरामिड ⁄
लेख्दै छु हिउंराशि हेरेर । समेट्न सकेको छैन सबै । चुचुरामा वास बसेका हिमकणहरू टलपलिन्छन् आंखामा । उता गहिरा गुफामा लिप्सिएका हिउंथोपा पनपनिन्छन् हृदयमा । के गर्नु, नेपालभरि छरिएका पानीपिरामिडहरूको कि दायां कि बायां हेरियो । हिमालका अस्थिपञ्जर हर्ेछन् मान्छे, सम्पूर्णतामा कसैले हेरेका छैनन् हिमाललाई ।
हिउंचुचुरामा बस्ती छन् मान्छेका । त्यस्तै अरूहरू बस्ती बसाउने पोख्छन् धोको । याक, चौंरी, हिउंचितुवाको दिक्कालदेखि घुमफरि छंदै छ ।
उता तुन्ıा प्रदेशका झारबुटयान वा धुपी-सल्लाका कोणधारी रूखहरूको रजगज पनि त अनादिकालदेखि नै ओर्लिरहेछ सांझबिहानमा ।
टुङ्नाको मधुर धुन वारिपारि बज्रिन्छ- हिमशिलामा ठोकिएर ।
सेताम्मे हिउं । हरियो हरियाली । एकअर्कामा गहिरो मिलाप । बास्ना र बहार- मानका खातिर मान । हिमालमा ठिङ्गिएका रूख, गहिरो खुसीमा रमाएका पाउंछु म । लेकका चौंरीगोठालाको सुसेलीजस्तो- सघन खुसी ।
भ्रष्ट मनले सब थोकको व्यापार गर्छ । हिमाललाई हताश हृदयका बिच्छुकले सराप्ने पनि कस्तूरीको सिकार अ जिटामसीका जरापर्यन्त लुछलाछ गर्नेहरूको बस्ती थपिंदै छ मिहालयवरपर । झन् यार्चागुम्बाका गल्लावालाहरूको ऐंठनमा उकुसमुकुसिंदो छ हिमाली भूमि । तर मायालु मन बेपत्ता, उही लालचीको धुइरो । भीडभाड अनि घचारो सगबगाउंछ अचेल हिउंथुम्कातिर ।
हिउंमा नुहाएको हावाले भिजाएर गयो मलाई ।
न्रि्रुक्क भिजिरहेछु । आंखा भिजेका छन्, मन भिजेको छर लप|mक्क भिजेको छ अनुभूति । उत्तरतिर शृङ्खलाहीन हिउंचुलीमा रङको अङ्गुल थपिंदो छ, बढ्दो छ र रूपान्तरित हुंदो छ । पटके रङफेराइमा हिउंको जीवनले कतै जुठो-सूतक भोगेको छ होइन - प्रश्नका पटुकी बेरिन्छन् फनफनी । रछायांमा एकटक साथ दगुरेजस्तो, घाङबादलमा अविचलित उत्रिरहेको आकाशजस्तो ।
क्रोध मरेर करुण हर्ुकन्छ- हिमाल देख्दा । झोक झरेर ममता फुल्छ- हिमाल हेर्दा । सभ्यता हामीसंग डोरियो । यो हिंडाइमा हिमाली हावापानी आफन्छ भो’ हाम्रो । आयआऊन, धर्मसंस्कार, युद्ध-झगडा, मेल-मित्रता लम्किए हामीसंगै । दुर्ग-किल्ला भयो हिमालय हाम्रा निम्ति । मित्रवत्, असाध्यै मित्रवत् । पूर्वजले लडेका लडाइंमा छाती भए हिउंचुलीहरू । अब स्वाभिमान अक्षरमा कुंदिंदा परिवेश '' किन -
कोमलता छोडौं एकछिन । अंगालौं चट्टान कठोरता । हिमाल-आरोहणको प्रयत्न भो’ धेरै अघिदेखि । सन्तोष, सुख र सुबिस्ता त्यसैमा भयो- हाम्रा पाखुरीले सधैं अग्रता कायमै राखे अर्थात् श्रेष्ठता झुकेन, झन् पथपर््रदर्शन भइर≈यो हाम्रा बरिष्ठ पैतालाबाट ।
"अक्सिजनविना सगरमाथामा चौबीस घण्टा ⁄"
"दौरा-सुरुवालमा एभरेस्टक्लने ⁄⁄"
"दसौं पटक सगरमाथा टेक्ने हिउंचितुवा ⁄⁄⁄"
यसरी पाना भरिए रङ्गीन कलेवरले- साहसीका, आंटीका र जुझारु आरोहीका । तर एक दिन बौद्धको अंध्यारो गल्लीमा हिउंचितुवाले भातपानी नपाएर भोकभोकै हप्तौं पसारिएको देख्ने अखबारको समाचारदाताले के-कस्तो टिप्पणी गर्यो, त्यो जगजाहेरै छ नि ⁄
अब गज्याङगुजुङ कहां भो, उठ्लान् प्रश्नहरू ।
सधैं लागिर≈यो' लागिर≈यो । यतिका हिमाल चढ्ने विख्यात आरोहीका नाममा कुन छ हिमाल - आदर्श जब मान्छेको कर्म हो, तिलस्मी देउताको नाम होइन । मैले गणेश हिमाल, गौरीशङ्कर वा अन्नपूर्णका ठाउंमा आङरिता, बाबुछिरी वा पासाङ ≈लामुका नाममा पढ्न कहिले पाउने - शताब्दीको छातीमा प्रेमको हावा भरिएर फुकोस् फयिो, सङ्कर्ीण्ाताका कीटाणुले नखाऊन् कुटुकुटु ।
मुहुनी लाउने जीवनशैली हुर्केको छ हिमालमा । हेरूं, चोरूं, लुटूं वा माया बसाऊं- यतिले पनगुे ऋतुदान गरूं ⁄ शेर्पीनी हेर्नेले मलाई भन्यो, यै भन्यो मेरो मनले मलाई पनि । जतिखेर धौलागिरीमुनि छुर्पी चपाइरहेथ्यौं हामी ।
ढुङ्गाका हारमा चुच्चा छन् घरहरू । त्यसै आंगनमा कञ्चन पानी पिएका हिमाली षोडशीका राता गाला इख्याउंछन् हामी नक्कलेलाई । मनबाट बाहिर निस्के हिमालहरू ।
हिउंद, बर्खा- उस्तै हिमाल । झरी, बादल- उस्तै हिमाल । वसन्त, शिशिर- उस्तै हिमाल । आंफैं पनि हिउं नै भइदिऊंजस्तो । कति ऋतु बन्नु, सुशील-शान्त हुन खोज्छ मन । निर्विकार हुन खोज्छ हृदय ।
जलसमाधिको अर्को नाम हिउंराशि ।
रिसाएजस्तो छ- अररिएको हिमाल देख्दा, लाग्छ । खुसाएजस्तो छ- बिरबिराएको हिउं देख्दा, लाग्छ । हरका आंकुरा उम्रन्छन्- हिमालको वसन्त हेर्ने, वर्षा हेर्ने र शिशिर हेर्ने शरद्को हिमाल हेरी मन धुने रहर हो पुरानै । हिउं कहिले फुल्छ, कहिल्यै ओइलाउंछ - अनित्य उही लाग्छ, उस्तै लाग्छ ।
पानीको तपस्या हो
हिमाल ।
र,
प्राणायाममा
ऊ बिरबिर गर्छ
अनि बर्सिन्छन् हिउंका डल्ला ।
आज त सबै चाहन्छन् सिंगारिन । रूपयौवनले धपक्क हुने चाह छ ।
सबैको । आभूषणका लचकमा हरेकको चाल छ चलायमान । गहनाका भारी बोक्ने बोझमा हरेकको पाइला सरेको छ धीरललित । होस्-नहोस् तर नक्कली नै भए पनि सौर्न्दर्य बढाउने लालची चरित्र छ अत्यन्त बढ्दो । तर खोइ, हिमाल सजिएको । के कति चित्ताकर्ष हुंदो हो हिमाल सिंगारिंदा ।
वंशवृद्धिमा बाधा भइरहेछ हिमचुलीको । हिमालको ऋतुदान भो नरोकौं हामी । हिउं-चपरीका डोबमा सुन्न पाइयोस् हिमालको च्यां-च्यां ।
ıव्यका लासहरूले धावा बोल्न छोडेका छैनन् हाम्रा हिमालहरूमा । सधैंको किचाघानले थिलिथिलो पारिरहेछन् यी शान्त पानी-पिरामिडहरूलाई ⁄⁄ चिसा यी जलपहाडहरू झन् चिसा पारिंदै छन् किन-किन /
पतित पैतालाले नटेक मेरा हिमालहरू, पातकी पाइलाले नछोऊ मेरा मैलो मनले नहेर- मैलेला हिमाल ⁄
 
 

 

हजार पीडाहरूको माया लागेर आउंछ

मोमिला
 

हजार पीडाहरूको माया लागेर आउंछ
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्दगी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई नै माया गर्यो र नभएको वर्तमानको दोभानमा दुवैको भेट भयो ।
'अर्थात् जम्मामा म शून्यमै छु≤ जसलाई प्रारम्भ भने पनि, अन्त्य भने पनि या दुवै नभने पनि हुन्छ । आखिर जिन्दगी एउटा यस्तो असाध्य वीणा बनिदियो, धुन आंफैसंग छ तर बजाउन सकिएन । हुन त घण्टलाई नठोकी घण्ट बज्दैन भन्छन्, फेरि सन्तुष्टि त एक अर्थमा मृत्यु त हो ⁄ यर्सथमै म मृत्युबाट बौरिएर ठोक्करहरूबीच जिन्दगी हिंडिरहेछु र कहिले जीवनको मध्यराततिर सपनाको पहाडबाट खसेर बिपनाको फेदीमा झस्कन्छु त कहिले सपनाका सारा रङ्गहरू इन्द्रेनीलाई र्समर्पण गरेपश्चात्को बिलकुल रङ्गहीन चित्रकारको चित्रकारिताजस्तो पहाडमाथिको घाम हिउंले छोपेर मात्र सादा ब्ल्याक एन्ड ≈वाइटको युगविकल्प पर्खिरहन्छु र गुनगुनाउंछु- मेरा हजार पीडाहरूको माया लागेर आउंछ ।
मैले बांचेको जिन्दगीको कुन निश्चित समयरेखा हो, यकिन भन्न त सक्दिनं≤ यद्यपि मीठो सम्झनाको अन्तिम विन्दुसम्म र्फकंदा बालसुलभ कोमल हातहरूले हार्मोनियमको सरगम खेलेको यादहरूसम्म म पुग्छु । नजाने सागरमा मात्र एक बुंद पानीको अस्तित्व पोखिएं हुंला, तर त्यो उत्सुक प्रहर मसंग केवल खुसीको उन्मुक्तता बयली खेल्दै थियो । ममा कुनै अर्किड पीडाको चेत थिएन । समकक्षी जिन्दगीहरूको माहोलमा खुसीको अतिरिक्त बोधले म झुमिरहन्थें । तिनै सरगम खेल्ने हातहरू अझ रङ्गहरू, नृत्यका विविध भावभङ्गिमाहरू, शब्दका रहस्यमय बान्कीहरूमा ब्यक्तिंदा मेरो खुसीको अतिरिक्त बोध अझ चुलिंदै गइरहेको आभास मिल्दथ्यो । यसरी नै समयको सतहमा अस्तित्वका रेखाहरू कोरिंदै जांदा धुनहरूमा, रङ्गहरूमा अनि शब्दका कोलाजहरूमा जिन्दगी लहरायो कि भन्थें, तर आज आफ्नो लागेका सारा खुसीका भ्रमहरू एकलासमा फुलेको जङ्गली फूलको कांडामा अल्झिएर टुट्दा प्रश्नपीडाको अतिरिक्त बोधले बोझिल छ मेरो चेतना≤ जो मान्छेकै पीडा र खुसीसम्मत संवेदनासंग मानौं अझ नभेटिएको अस्तित्वको प्रश्न गरिरहेछ । तिनै अस्तित्वका वक्ररेखाहरू पुनः प्रत्रि्रश्न बनेर मेरो बाटो छेकिरहेछन् र यतिखेर म यी र यस्तै मेरा हजार प्रश्नपीडाहरूको याद गरिरहेछु ।
उज्यालोविना रङ्गको अस्तित्व सम्झिंदा सबैको सपना रङ्गीन नै हुन्छ भन्ने पनि त छैन ⁄ जसरी भए पनि यथार्थतः मान्छे बाह्रवर्षो जमेको इनारजस्तो भएर निकासहीन बांच्न कहां सक्दो रहेछ र ⁄ ऊ त समयका ऋतुहरूमा जसरी नि अन्जान फुलिसक्दो रहेछ, थाहै नपाई यात्रामा बगिसक्दो रहेछ, तर यतिखेर मसंग यात्रामा दृश्य छुटेजस्तो मात्र बाकी छन् उही थकानको अंध्यारोमा आलो सम्झनाहरू, हिंडिएका जीवनका रेखाचित्रहरू≤ जसलाई म आफूभित्रै मनपर्दो रङ्ग सिर्जना गरेर जीवनको अन्तिम क्यानभासमा एकसाथ सजाउंदै उज्यालोविना नै एउटा भव्य चित्रकारिता सिर्जना गर्नेछु र भन्नेछु- मेरा हजार पीडाहरूसंगै अंध्यारोको माया लागेर आउंछ ।
आजभोलि मेरा सुकोमल भावनाहरूमाथि विचारहरूको निर्मम हमला हुने गर्छ । विचारको यस्तो असामञ्जस्य प्रदूषणबाट मुक्तिका लागि म आंखा बन्द गर्छु संसार सुन्दर लाग्छ, आंखा खोल्छु संसार विरूप लाग्छ । यसैले त विरूप संसारलाई सुन्दर देख्न म अंध्यारो रोज्छु र आंखा चिम्लन्छु । साथमा मेरा हजार पीडाहरूको याद गर्छुजुन पीडाहरूको प्रेमनिवेदनले बारबार म पुलकित हुन्छु≤ जतिखेर मलाई जीवनको औधी माया लागेर आउंछ ।
आज म स्वयम्का अस्तित्वप्रश्नहरूद्वारा लखेटिएर यो निर्वासित समयसम्म आइपुगेको छु । यतिखेर मलाई त्यतिखेरको मेरो कविताको भावकका पङ्क्तिहरूले छोइरहेछन्- "कुनै कविताहरू यस्ता पनि हुंदा रहेछन्≤ जसलाई उपहारस्वरूप दिन सकिन्छ फूलजस्तो, शिरीषजस्तो, गुलाबजस्तो' ।" कति सहृदयी आंखाहरूले पढिए होलान् मेरा कविताका घायल मनहरू ⁄ जो सुन्दर उपहार बनेर समुıपार पुगेको थियो । आत्मीयताको यो हरियाली लाग्छ, लेखक र पाठक दुवैको पूरक अस्तित्वमा मात्र झांगिन सक्छ अर्थात् कविको अस्तित्व के कवितामा छैन ⁄ कविताको अस्तित्व पाठकमा छैन ⁄ पाठकको अस्तित्व भावनाको गहिराइ एवम् चेतनाको उचाइसम्मत छैन ⁄ फेरि भावचेत पनि त सम्बद्ध जीवन अर्थात् सिङ्गो युगसापेक्ष हुन्छ अनि युग समयसापेक्ष हैन र ⁄' ⁄⁄ यहांनेर प्रश्नमा पूर्णाविराम लागेजस्तो समयको गति निरपेक्षझैं लाग्छ, तर समयको पनि कहां एक्लो अर्थ खुल्न सक्छ र ⁄ समयको वस्तुता त पानीजस्तै रङ्गहीन हुन्छ र विभिन्न जागतिक रङ्गमा घोलिएर रङ्गीन बन्दछ । यद्यपि यो सत्य पनि समयको केवल आफ्नो भन्न सकिन्न किनकि सम्भिmइएका सारा सत्यहरू अर्को सत्यलाई केन्ı बनाएर परिक्रमा गरिरहेका हुन्छन् र विभिन्न दूरीमा पुग्दा उज्यालोसंगको अन्तक्रिर्याका कारण विभिन्न रङ्गहरूमा परावर्तन भइरहेका हुन्छन्- हाम्रा सामु । यर्सथमै जागतिक सम्पूर्णता कहीं भेटिन्छ जस्तो लाग्दैन । पीडाबोधको यही विन्दुमा उभिंदा कांडामा गुलाबको अस्तित्व खुब खुलेजस्तो लागिरहेछ ।
यहां देखिन्छन्- फूलको सुन्दरता स्वयम् पत्थर बनेर प्रहार भइरहेछ फूलकै जवानीमा, मीठो लाग्ने मुस्कान स्वयम् बाण बनेर प्रहार हुन्छ मायाकै कहानीमा, मनहरू स्वयम् पनि मनसंग छल गरिरहेछन् मनकै हैरानीमा । यस्तो लाग्छ, मान्छेको बस्तीमा भगवान् त केवल मान्छेको युटोपियन सूत्र हो, पापीहरूको बस्तीमा धर्म त केवल पापीहरूको युटोपियन कवच हो, पीडाको बस्तीमा प्रेम त केवल नरम-नरम युटोपियन बहाना हो । यसैले जीवनको किनारमा म एउटा आत्मबोध कुरिरहेको छु । जब कमलको फूलबाट तरङ्गित मेरा चेतनाका लहरहरू टाढा-टाढा फैलिएको हेदाहेर्दै क्षिितजसम्म पुगेर बेटुङ्गोमा मोडिन्छ≤ लाग्छ, धरतीका सारा सीधा रेखाहरू केवल युटोपियन भ्रम हुनुपर्छ । यदि पृथ्वी गोलो छ भने स्पष्टतः धरतीका सारा सीधा रेखाहरू मोडिएर स्वयम् प्रश्नचि≈नको जुलुस बनिसकेको हुन्छ अर्थात् संसारमा विचारको कुनै निचोड रहेनछ । यसैले त माफ गर्नुहोसर््र् इश्वर दाइ ⁄ बांच्ने बहानाको सबैभन्दा सुन्दर भ्रम जिन्दगीका सारा सपनाहरू कतै थाती राखेर भनिरहेछु- मेरा हजार प्रश्नपीडाहरूको माया लागेर आउंछ ।
जसरी जीवनका बाटाहरू धर्म, अर्थ, काम, मोक्षका विविध बान्कीहरूमा प|mेमिङ हुन्छन्≤ जीवनसम्बद्ध अस्तित्वहरू पनि बदलिंदो रङ्गमा प|mेमिङ हुदै जान्छन् । मानौं, अस्तित्व स्वयम् एउटा यात्रा हो≤ ऊ देउराली फुल्न सक्छ, हिमचुली उक्लिन सक्छ, सागर गहिरिन सक्छ या धार मोडिन सक्छ अर्थात् अस्तित्व स्वयम् मान्यताको सुरुआत अनि मान्यताकै अथाह अन्त्य पनि हो । इतिहास साक्षी छ- तत्कालीन मान्यताको दह्रो किल्ला ठोकेर मान्छे भनाउंदाहरूबाटै जिससको हत्या गरियो र फेरि मान्यताकै कलेवर ओढाएर उनै जिससको पूजा गरिरहेछन् उही मान्छेहरू' । लेनिनको सालिक स्थापना गरियो र ढालियो पनि' । हरे ⁄ अस्तित्वका रङ्गहरू चिन्नै नसकिने गरी कस्तरी बदलिंदा रहेछन्, तर यो पनि सत्य हो कि मान्छेको कर्मशीलता जागतिक रङ्ग घोलिएको समयसंग अन्तक्रिर्या हुदै युगको आंगनीमा परावर्तन हुंदो रहेछ र त्यही चहकमा प्रतिविम्बित सभ्यताले आफ्नो अस्तित्वको दाबी गर्दै मान्छेको नायकत्व स्वीकार गर्दछ र मान्छे पीडाहरूमा पनि उत्सवमय बन्दछ ।
भन्ने नै हो भने अंध्यारोमा झटारो हान्दा भूलले झरेको फलजस्तो यो जिन्दगीमा सङ्गति नै कहां र≈यो र ⁄ सिङ्गो र्स्वर्ग नै दाउमा राखिए पनि यहां कुनै होड जित्ने मनफूल फुलेन, घण्टध्वनिको सस्तो भेटीले ढुङ्गे मुटु पग्लेन । भत्किसकेको आस्थाविन्दु क्षणिक आकर्षाहेतु कति दिन टिक्न सक्थ्यो र ⁄ सम्भवतः र्समर्पणको भोको आस्थाकेन्ı देवताको देशमा प्रेमको खडेरी परेको हुनुपर्छ । कठै ⁄ त्यो र्स्वर्गमा महान्ताका नाममा त्यागमय प्रेमको आदर्श लेपनभित्र तृष्णाका गुत्थीहरू कति सलबलाउंदा होलान् ⁄' ⁄⁄ अप्सराको सदाबहार यौवन मातृत्वविहीन किचकन्नी बनेर कैयौं प्रहर रोएको होला ⁄' ⁄⁄ लाग्छ, र्स्वर्गमा साह्रै दुःख हुनुपर्छ ।
मेरा कतिपय यादहरूले मलाई जीवनका धारावाहिक विसङ्गतिबीचको आस्तित्विक लडाइंमा गहिरो सान्त्वना दिने गर्छ । मेरा बुबाको मृत्यु भएको भय र चोटग्रस्त त्यो सांझ भयानक रातमा अनूदित भएर मलाई ऐठन गरेथ्यो र आज पनि म कैयौं पीडाहरूको ऐठन भोग्न विवश छु, तर पनि एउटा लामो दिन सीमान्त पीडादायी नै किन नहोस् या एउटा छोटो दिन सीमान्त सुखद नै किन नहोस् आखिर दिनको अन्त्य उही सांझमा हुन्छ≤ जो कैयौंको जिन्दगीमा शीतल-शीतल मृदु बनेर सिङ्गो रात छाइदिन पनि सक्छ । यसैले त बिदाइका हर पीडाहरूलाई दिन-रातजस्तै आदतमै जिउन थालेछु अर्थात् सारा पीडास्मृतिहरू सुमधुर बनेर आज जीवनका तारहरूमा व्याप्त रहेको आभास छ≤ जसलाई म सपनासरि भ्रम ठानेर भुल्न चाहन्नं । पीडाबोध वास्तवमा यस्तो जागृत चेतना हो≤ जसमा भ्रम टुट्नुपछिको कठोर यातना भोग्नुपर्नेछैन । लाग्छ, पीडाका यिनै अनन्त सुखानुभूतिहरूले यो विसङ्गत जीवनलाई अझ सुरुचिपूर्ण जिउने प्रेरणा दिएको छ ।
म मेरो जिन्दगीको उपयुक्त विशेषणको खोजीमा छु र जिन्दगी पीडाहरूको भव्यता बोकेर मेरै अगाडि आशर्वादपूर्ण्ा ऐर्श्वर्यशाली बन्ने प्रतिबद्धता जाहेर गरिरहेछ, तर म भने उज्यालोमै पर्खाल अग्ल्याएर अंध्यारोमा बसेको छु र यही अंध्यारोमा कैयौं उद्घाटित दुर्घटनाहरूसहित जिन्दगी बांचेको आभास छ मसित, जिन्दगी बांचेको उपलब्धि छ मसित किनकि मेरो संसारमा मलाई प्रेम गर्नेहरू छन्, घृणा गर्नेहरू छन्, आफन्तहरू छन्, पर्राईहरू छन्, औपचारिकताहरू छन्, शुभकामनाहरू छन्र्,र् इष्र्याहरू छन्, त्रुटिहरू छन्, क्षमाहरू छन् र छन् बर्षा बादल, घाम, पानी, दूबो, शीत, सूर्य, जूनताराको प्राकृतिक नृत्य । तर कोही सधैं मलाई भित्र एउटा आवाज दिन्छ, तिमी कहीं छैनौ≤ जसले मलाई अझ बढी म’ हुनुको विश्वास दिलाएको छ । यी र यस्तै पीडायुक्त सुन्दर छायाचित्रहरूमा जीवनको भागदौडसंगै म जहींतहीं छु, र्सवत्र फिंजिएको छु ।
अझ खोजिरहेछु म जिन्दगीको र्सवश्रेष्ठ उपमा' । प्रेम-घृणा, जीवन-मृत्यु साराहरू अमूर्त चित्रकारिताझैं दुर्बोध्य लाग्छ । एकरस जीवनको मुक्तिको खोजीमा जीवनका निर्रथक प्रश्नहरूको दलदलभित्र नित्से, कामुमात्र होइन म पनि फसेको रहेछु । यसैले त सारा सुन्दर सपनालाई सपनाकै जिम्मा लगाएर बिपनाका सुन्दर पीडालाई माया गर्न थालेछु । सम्झ, अब मेरो अस्तित्वको डुङ्गा छिन्नभिन्न हुदै पार गर्ने तरखरमा छ र यतिखेर म जे छु त्यही रहन चाहन्छु ।
यथार्थतः जीवनमा असफल हुनुको सुन्दरतम उपहारस्वरूप गुमाउनका लागि अब मसंग कुनै त्यस्तो खास वस्तु नै बाकी रहेन । भनौं, यसैले कि वैशाख दुखेर बर्सर्ेेे बदनाम मेरो आंसु फूलको सतहमा कहिल्यै विद्रोहको बाढी उर्लन सकेन, नजरका मेरा दुखेसाहरू कसैको बांसुरीमा सुरिलो धुन बज्न सकेन, बरु मध्यरातको एकलासमा सपनाहरू जल्दै जान्छन् र म प्रभाती भस्म टीका थापेर बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर' ।
आज आत्मबोधको नवीन पृष्ठमा नीलो गहिराइबाट प्रेम र घृणाका चन्ıकिरणहरू परावर्तन भइरहेछन् एकसाथ, तर प्रेमको कुनै शुभसाइत खोपेर होइन र घृणाको फूल रोपेर पनि होइन, बरु एकलासको चितामा नयां चिता पस्केर आकाङ्क्षाहरू जलिरहेछन् प्रातःदेखि सांझसम्म र म अंधेरी रात ओढेर अवशेष बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर' ।
आखिर फूलको भाका उनेर वर्तमानसम्म, आंखामा स्वरूपको रङ्ग छरेर स्वप्नहारसम्म र वासन्ती पालुवामा अलिकति घाउ बनेर मृत्युको सीमासम्म युगको निर्वासित आंसु चुपचाप कैद भोगिरहेछ बाफलिदो मध्या≈नमा र म आफ्नो जुनेली सपना आकाशको तारामहलमै साइत सारेर, कसैको सपनाको पिंध अलिकति चोइटयाएर तृष्णाको भेल बग्दै रहेछु हर वैशाख दुखेर बर्सने साउने झरीमा, हर विसङ्गत र्स्पर्श दुखेर रोएको जीवनको अवशेषमा । यसैले त म मेरा हजार पीडाहरूको माया गर्दो रहेछु ।
जिन्दगीलाई नितान्त एउटा सादा क्यानभासमा रूपान्तरण गरेर जब-जब म आगामी बुद्धको चित्र कोर्न खोज्छु, चित्रबाट फेर परेर म प्राचीन बुद्धको छायामा ओत लागिरहेको हुन्छु अर्थात् मेरो उमेरभरिको इरेजरले आफूलाई मेटेर पनि मैले बिलकुल विगतमुक्त सग्लो आफ्नो परिचय दिन सकिनं । यसरी नै अस्तित्वको उत्खननमा बारबार तथाकथित राजनीति, धर्म, विचार र तर्कहरू अवरोध बन्छन् । यस्तो लाग्छ, कुनै कलाकृतिको सुन्दर रहस्यजस्तो प्रवाहशील समयको कुनै अंध्यारो गर्तमा तिमीजस्तै म पनि छुटेको छु≤ जुन रहरलाग्दा पीडाहरूप्रति मेरो प्रेमभाव जगजाहेर छ ।
कुनै समय दांतभित्रको ज्रि्रोजस्तै म सुरक्षति थिएं, यसैले म हांस्नका लागि पनि दांतकै अनुमति माग्थें, तर अवसर-अवसरमा त्यही दांतले टोकेर मलाई रगताम्मे बनाइदिन्थ्यो र पनि त्यो त्रसित समय मेरो एक आत्मीय मित्रको मृत्युमा मैले रुनका लागि कसैसित अनुमति मागिनं । मृत्युपछि पो थाहा पाएं, म उसलाई प्रेम गर्दो रहेछु' ⁄⁄ जसले मेरो सिङ्गो जीवनलाई नै पीडामय उत्सव बनाइदियो ।
पीडाको सौर्न्दर्यले पुलकित म, आज उसलाई गाढा नीलो पृष्ठभूमिमा याद गरिरहेछु । याद पनि त वैचारिक कसरतसहितको हृदयविलास त हो ⁄ यिनै यादहरूको सुन्दर पुष्पहारको जीवन्त प्रतिबद्धताले मलाई वर्तमानबाट भाग्न कदापि दिंदैन । भनूं भने विगत, पीडा, आंसु र याद नै जीवनको सुन्दरतम आत्मिक आकर्षा बनिदियो । पीडाको हांसोजस्तो उही आकर्षा नै जीवनको उत्कृष्ट आदर्श पनि बनिदियो किनकि मृत आमाको दूध चुसिरहेको तस्बिरको मानवपीडाले मलाई जति छोएथ्यो त्यति फूलहरूमा रमाइरहेकोर् इश्वरको र्फर्ुसदिलो वरदानजस्तो तस्बिरले मलाई छुन सकेन ⁄' ⁄⁄ यदि यो मेरो खुसीप्रतिकोर् इष्र्या हो भने विश्वस्त छु, मानवीय कमजोरी ठानेर वल्लभ दाइ मलाई माफ गर्नुहुनेछ ।
जब म पीडा भेट्छु≤ फूल बिर्सन्छु, जूनतारा बिर्सन्छु । मृत्युलाई भेटे जिन्दगी बिर्सन्छु क्यारे ⁄ जुन तीतो सत्य संसारलाई सुन्दर बनाइराख्ने क्रूर दूरदर्शिता हो प्रकृतिको≤ जुन सत्य मेरो दाबीमा अन्ततः प्रेम नै हो ।
मबाहेक अरूले अनुभव गर्न नसक्ने मेरा पीडाहरूसहित म जीवनरत छु । हजार पीडाहरूले प्रहार गरेको भग्नावशेष मन्दिरजस्तो यो जीवनमा अब कुनै देख्य आकर्षा त रहेन, तर तिमीले भनेजस्तै मेरो अनुभवरत आत्मा भने पुरातात्त्विक मूल्ययुक्त भव्य मुर्ति सम्भिmरहेछु≤ जसलाई पीडाका नाममा म आंफै पूजा गरिरहेछु । सांच्चै प्रेम त त्यही आदिवासी मुर्ति रहेछ ।
चराहरू गुंडमा र्फकने समयसांझको यो प्रहर उज्यालोले छाडेर गएको डोब महसुस गर्न सकिन्छ, नीलो आकाशलाई जर्जर इतिहास र्समर्पण गरेर अनगिन्ती पातहरू झरिरहेछन्, पातहरू पानीसंगै बगिरहेछन्, म डिलमा उभिएर कुदिरहेको पानीलाई हेरिरहेछु । निश्चय नै एक दिन म त्यही पानीमा खस्नेछु, बगरमा लासहरू जलिरहेका हुनेछन्, बिस्तारै-बिस्तारै आकाश धूवांले ढाकिनेछ । यिनै शब्दरङ्गी विम्बाङ्कित एउटा पेन्टिङ यतिखेर मभित्र उद्घाटित छ≤ जुन पेन्टिङ म मेरा पीडानायकलाई र्समर्पण गर्न चाहन्छु≤ जसको प्रेमिकाबाट मैले आफूलाई च्युत गरे पनि मेरो प्रेमीबाट उसलाई च्युत गर्ने कमै मात्र सम्भावना छ किनकि म हिटलरको मुर्तिमा बुद्धको आत्मा समाहित गर्न खोजिरहेछु । हुन सक्छ, हिटलरकी प्रेमिका पनि यही चाहन्थी । अपसोच ⁄ म पनि त्यही भूल गरिरहेछु' ।
यिनै हजार पीडाहरूको सम्झनामा जब म लीन हुन्छु≤ हो, म जिन्दगीको सपना नै बिर्सन्छु । सम्पूर्णमा मेरो वर्तमान शून्य नै रहन्छ । सम्भवतः यो मभित्रको अधिकतम ऊर्जाको क्षण≤ जसलाई एकाकार चैतन्यप्राप्त ब्र≈ममय एवम् प्रकाशमय भन्न मन पराउंछु । तर हामी सबै आ-आफ्नै आकाशको सीमाङ्कन गर्न प्रतिबद्ध छौं । यसरी मानवचेतनाको कन्जुस्याइंग्रस्त भीडमा हांडीले आफ्नै आकाशको कल्पना गर्नु अस्वाभाविक पनि त होइन ⁄ यद्यपि हांडी फुटे उसको आकाश पनि उही सिङ्गो आकाशमा लीन हुनुको विकल्प कतै छ र ⁄ वास्तवमै आकाश एउटै बोध गरेको क्षण हामी सबै एकाकार हुन्छौं । निराकार ब्र≈मस्वरूपको परमानन्द भनेको यही विभाजनहीन निरपेक्ष सत्य हुनुपर्छ≤ जहांनेर न उसको सपना रहन्छ न मेरो पीडा रहन्छ, न भविष्य रहन्छ न विगत रहन्छ । मात्र एकाकार वर्तमानको निराकार ब्र≈मानन्दमा लीन हुनु मेरो पीडाप्रेमको खोज हो । यही निरपेक्ष सत्य बोध गर्न प्रेरित गर्ने मेरा हजार पीडाहरूलाई साधुवाद ⁄
उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । फरक यतिमात्र हो, म पीडा सम्हालेर सपना देख्छु≤ ऊ सपना सम्हाल्दै पीडा झेल्छ । हो, ऊ स्वप्ननायिकालाई प्रेम गर्छ, म बिपनाको पीडानायकलाई प्रेम गर्छु आधा उसको सपनाजस्तो, आधा मेरो बिपनाजस्तो प्रेम त त्यही आदिवासी अनुभूति रहेछ ।

 
 
Copyright © 2004. MountDigit Publication (P.) Ltd. All Rights Reserved
Web Site Developed by: MountDigit