Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
  समाचार
कलासाहित्य - यात्रा सम्पन्न

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको काठमाडौ आयोजनामा गत कार्तिक २८ देखि मङसिर १ गते सम्मको समयावधिमा काठमाडौ - नेपालगञ्ज - काठमाडौ गरेर चारदिने कलासाहित्य-यात्रा सम्पन्न भएको छ । नेपालगञ्जमा सो कार्यक्रमको स्थानीय संयोजन भने भेरी साहित्य समाज, नेपालगञ्जले गरेको थियो ।

सिर्जना-यात्रामा डा. माधब पोखरेल, मोदनाथ प्रश्रति, डा हर्रि्रसाद पोखरेल, डा कृष्णराज डी. सी., उषा शेरचन, इल्या भट्टर्राई, गीता पन्थ, आर एम. डङ्गोल , राजेश्वर कार्की, मोमिला, गीता कार्की, चङ्की श्रेष्ठ, रामगोपाल आशुतोष, अनन्त वाग्ले, गोवर्द्घन पूजा र नेपाली शास्त्रीय सङ्गीतको चर्चित सर्ुकर्म व्यान्डका तीन हस्ती डा. ध्रुवशेचन्द्र रेग्मी, प्रमोद उपाध्याय र श्याम नेपालीको सहभागिता थियो ।

नेपालगञ्ज स्थित होटल ताजमा सम्पन्न दर्ुइ दिने कार्यक्रममा अघिल्लो दिन "वर्तमान समयमा सिर्जना कस्तो हुनर्ुपर्छ" भन्ने विचार गोष्ठीमा डा. माधव पोखरेलले कविता ः रन्थन्याउने कला शर्ीष्ाकको निबन्धात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहित्यकार मोदनाथ प्रश्रतिले वर्तमान साहित्यकारले लेख्नुपर्ने विषयबारे प्रवचन दिनुभएको थियो । साथै सङगीतज्ञ डा. ध्रुवेशचन्द्र रेग्मीले शास्त्रीय सङीतको स्रोत नै लोक सङगीत भएकोले त्यसैको आधारमा शास्त्रीय धुनको सिर्जना हुनुपर्ने र त्यसमा नै सबै नेपालीले अपनत्वको महसुस गर्न सक्ने विश्वास पनि पनि व्यक्त, गर्नुभएको थियो । त्यसपछि रह्यो बर्दियाको सदरमुकाम गुलरियाको यात्रा । त्यहाँबाट ६ किलोमिटमर पर खैरापुरमा अवास्थित कृष्णसार संरक्षित क्षेत्रमा गाईवस्तुहरूसँगै गोधूलि साँझमा कृष्णसारको अबलोकन गर्‍यौ संसारबाट लोप हुदै गएको यो जन्तु नेपालमा मात्र पाइन्छ ।

त्यसपाछि सुकर्मको रात्रिकालीन सङ्गीतिक प्रस्तुतिले स्रष्टाहरूलाई निकै ऊर्जा थपेको थियो । यो क्रम भोलिपल्ट साँझ पनि जारी नै रह्यो ।

कलासाहित्य यात्राको प्रमुख आकर्षा ३० गतेको सिर्जना-उत्सव रहेको थियो । जुन उत्सव भेरी साहित्य समाज , नेपालगञ्ज का सायर अव्दुल लतिफ शौकको अध्यक्षता र साहित्यकार मोदनाथ प्रश्रतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कायक्रममा दर्ुइ दर्जनभन्दा बढी कवि कवयित्रीहरूले कविता वाचन गरेका थिए भने लक्ष्मी जयन्तीको उपलक्ष्यमा आयोजित प्रतियोगितात्मक कविता-गोष्ठीमा प्रथम, द्वितीय,तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्नेले पनि कविता वाचन लगायत कलासहित्य डट कम प्रतिष्ठानका तर्फाट प्रमुख अत्तिथिबाट पुरस्कार प्रदान गरिएको थियो । साथै सम्पूण सहभगीहरूलाई पनि प्रशंसा पत्र र भेरी साहित्य समाज , नेपालगञ्जलाई पनि सधन्वाद प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

यस्तै गरी योगेश्वर कलासाहित्य पुरस्कार डा. कृष्णराज डी.सी. लाई प्रदान गरिएको थियो । यस पुरस्कारका संस्थापक स्व. योगेश्वर कार्कीका सुपुत्रहरू राजेश्वर कार्की, परमेश्वर कार्की र ज्ञानेश्वर कार्की रहेका छन् । यसको राशि रू. १५००० । रहेको छ । यो पुरस्कार प्रत्येक दुइ वर्षा मध्यपश्चिमका स्रष्टाहरूलाई दिइनेछ । सोही कार्यक्रममा कलासहित्य यात्राका लगि आर्थिक सौजन्यको भूमिका निर्वाह गर्नुभएका जाजरकोटका समाजसेवी राजीवबिक्रम शाहलाई पनि संस्थाका तर्फाट कदर-पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा डा. माधब पोखरेलले सम्पूण् कवितालगायत कार्यक्रमको गहन समीक्षा गर्नुभएको थियो भने स्वागत भाषण भेरी साहित्य समाजका अध्यक्ष नारायण गौरेले गर्नुभएको थियो । कलासहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाले संस्थाको उद्देश्य, कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समाजसेवी राजीव बिक्रम शाहका हजुरबुबा अर्जुन विक्रम राणाको भाषासेवी एवम् साहित्यसेवी व्यक्तित्वका रूपमा चिनारी दिनुभएको थियो । जस्को नाममा कलासाहित्य यात्राका लागि उहाँका नाति समाजसेवी राजीव विक्रम शाहले अक्षय कोषको व्यवस्था गर्नुभएको छ ।

केही नृत्यको प्रस्तुतिसहित साहित्यकार गायक पे्रमप्रकाश मल्लको मन्तव्य , हरि तिमिल्सिनाको धन्यवाद ज्ञापन पश्चात् सभाविर्सजन भएको थियो र गहिरिदै गएको रात्रिसमयमा पुन ः सर्ुकर्मको सांङ्गीतिक प्रस्तुतिले अरू रोचकता थपेको थियो । यसरी एउटा सिर्जनशील कलासाहित्य यात्रा सम्पन्न भएको छ । यसरी हरेक वर्षयो यात्रा जारी रहनेछ ।


















 

स्रष्टाका लागि स्वास्थ्य शिविर सम्पन्न

स्वस्थ शरीरबिना कुनै पनि स्वस्थ सिर्जना हुन नसक्ने मान्यताका साथ साहित्यकार एवम् कलाकारका लागि प्रकृति स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

नेपाली कलासहित्य डट कम प्रतिष्ठान र मिसन मानसाग्नि ट्गा संयुक्त रुपमा काठमाण्डैं आयोजित मङसिर १५ गते शनिवाको प्रथम दिनको शिविरमा करिब दर्ुइ दर्ंजन साहित्यकार - कलाकारको सहभागिता थियो ।

शिविरमा प्रकृतिक चिकिस्तक डा . हर्रि्रसाद पोखरेलले उचित खानपान र व्यायामबारे प्रवचन दिनुभएको थियो । डा . पोखरेललाई साहित्य क्षेत्रमा मानसाग्निका रुपमा चिनिन्छ ।

सो शिविरमा नेपाली कलासहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमीलाले आगामी दिनमा प्रायोगिक योगशिविर पनि सम्मालन गरिने र शिविरलाई निरन्नता दिइने बताउनु भयो

शनिबार शिविरमा प्रचष्ड मल्ल , मोदनाथ प्रश्रति कुमार कोइराला , राजेश्वर कार्की , गोवर्द्घन पूजा , राधेश्याम लेकाली माया ठकुरी , उषा शेरचन , गीता कार्की , इल्या भट्टर्राई , ध्रुव मधिकर्मी , मागीरथी श्रेष्ठ , अच्चुतरमण अधिकारी सन्ध्या पहाडी लगायतका साहित्यकार - कलाकारको सहभागिता थियो ।

 
२०६४।६५ को कलासाहित्य विद्वतवृत्ति विशिष्ट कविर् इश्वरवल्लभलाई
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०६४।६५ को नेपाली कलासाहित्य विद्वत् वृत्ति विशिष्ट कविर् इश्वरवल्लभलाई प्रदान गर्ने निर्णर्य गरेको छ । संस्थाका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको बैठकले सो निर्ण्रय गरेको हो ।सो विद्वत वृत्ति कविर् इश्वरवल्लभलाई लामो कविताका लागि दिइएको हो ; जसको राशि रू. ५०,००० । रहेको छ । पुस्तक हस्तान्तरणपछि सो पुस्तकप्रकाशन पनि कलासाहित्य डट कम प्रतिष्ठानले नै गर्नेछ ।

 

;flxlTos ;dfrf/
Copyright © 2007. NepaliKalaSahitya.com Pratisthan   -   All Rights Reserved
Web Site Developed by: MountDigit