Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
कथा
 

नाङ्गो रूख

 
रमेश विकल
 
त्यो केको रूख हो कसैलाई पनि थाहा छैन । तर यो सबैले देख्छन् यो सधैं नाङ्गो छ । हिउंद, वर्षा कुनै-कुनै याम यसमा पालुवा लागेको देखेको छैन कसैले । म बिहान सबेरै उठेर पूर्वपट्टीको झयालमा उभिदा मेरा आंखा सबभन्दा पहिले यसैको नाङ्गोपनामा पर्छन् । यसको सम्पुर्णा नाङ्गोपनाले मेरो भित्र एउटा अनौठो भावना जन्माइदिन्छ ।
-हिउंदमा मात्र होइन बर्खामा पनि यो नाङ्गै रहन्छ । अरू वरिपरिका बाग-बगैंचा र उपवनहरूका रूख बुटयानहरूमा हरिया पालुवा फुट्ता यसमा हरियोको किञ्चित् आभाससम्म हुन्न । यो सदा एक रूपमा उभिएको हुन्छ- उजाड, उदाङ्ग)
चार पांच वर्षो केटाकेटी छंदा म झगडालु र पिराहा थिएं । -पछि आमाहरूले भनेको, सुनेको ।) मलाई कन्ट्रोल गर्न आमालाई निक्कै मुस्किल पथ्र्यो । अनि आमा त्यसै रूखलाई औंल्याएर मलाई तर्सर्ाा खोज्नुहुन्थ्यो -हेर, त्यो रूखमा भूत बस्छ । उसले रुने केटा-केटीलाई त लगिहाल्छ ⁄) म पनि रुनुभन्दा पहिले एकपटक त्यस रूखतिर घोप्टे आंखाले हेर्न बाध्य भैजान्थें । -ए क्याहो त ⁄ सांच्चै नै त्यस रूखमा भूत बसेकै छ कि त - म रोएको सुनेर उसले मलाई समातिहाल्छ कि त -’) तर त्यति बेला त्यहां भूत हुदैनथ्यो । सायद ऊ कतै खेल्न गएको अथवा ठूलो भूत भए अड्डा सड्डा गएको हुन्थ्यो । मेरा लागि यो खुब ठूलो मौका हुन्थ्यो । भूतलाई झुक्क्याएर रुने । यसै गरी मैले जहिले पनि त्यस रूखको भूतलाई झुक्क्याएर रोएको थिएं ।
त्यसपछि म बिस्तारै ठूलो हुदै गएं । भूतका बारेमा छ र छैनका अनेक तर्कहरू सुन्दै गएं । -ए अनौठो विश्वमा यो छ र यो छैन भन्नु हुन्न ।’' छोडिद्यौं- भूतको अर्थ हिजो ⁄ अथवा बितिसकेको । जुन बितिसकेको हुन्छ त्यसको अस्तित्व खालि सम्झनामा बाहेक कहां हुन्छ -’) मेरो मनमा पनि भूतको डर त्यति रहेन । सांच्चै भनुं भने मलाई रुनु पनि त थिएन । तब के को भूतको डर - तर पनि त्यो नाङ्गो रूखमा केही न केही भयानक कुराको आभास त जरुरै थियो । -त्यसको नाङ्गोपना नै त्यसभित्र स्वयम् एउटा डरलाग्दो आभास बनेको थियो ।) हो एउटा कस्तोकस्तो डरलाग्दो आभास । त्यसमा हेर्दा आंफैभित्र एउटा डरलाग्दो आभास जन्मेको म अनुभव गर्थें । र मलाई लाग्थ्यो यसले मभित्र विचित्र कम्पन पैदा गर्छ- आङ सिरिङ्ङ गर्छ, रौं ठाडा हुन्छन् । -केटाकेटीमा पनि आमाले देखाएको भूतको हाउले त्यति सारो मुटु हल्लेको र रौं ठाडा भएको थाहा छैन ।) के सांच्चै यस रूखसंग कुनै अदृश्य- रहस्य जोडिएको छ -' कहिलेदेखि यो रूख डरलाग्दोसंग नाङ्गिएको होला -' कि यो यसै गरी र्सवाङ्ग नाङ्गो नै उम्रेर नाङ्गै बढेको त होइन - यो प्रश्न बराबर म त्यो रूखसंग गर्ने प्रयत्न गर्छु -सायद यही प्रश्न म आफूभित्रको नाङ्गोपनाको अनुभूतिसंग पनि गरिरहेको हुन्छु ।) तर यसकोे उत्तर मसंग हुदैन, म निराश हुन्छु ।
तर मेरो छिमेकी सान्दाइसंग, मलाई लाग्छ जुनसुकै कुराको पनि जवाफ छ- एउटा कहिल्यै नरोक्किने खोकीका रूपमा । उनी यही खोकीको माध्यमबाट जुनसुकै प्रश्नको पनि उत्तर दिने प्रयत्न गर्छन्- भाउज्यूको अगाडि त भन्नु हुन्न ।' रत तिमीलाई थाहा छैन, त्यो रूख सधैं यस्तो नाङ्गो थिएन । मैले यसमा वसन्तका कोपिलाहरू फुटेको पनि देखेको छु । तर'
अकस्मात् उनको चर्को बोलीमा ब्रेक लागेपछि म तत्कालै ठम्याउंछु- पक्का यसको कारण भाउज्यू हुनुर्पर्छ । अनि म त्यही सोझेरीमा ढोकैबाट आंगनतिर हेर्छु -हाम्रो कुरा सान्दाइको दक्षिणतिरको आंगनको कुनामा भैरहेको हुन्थ्यो । सान्दाइको आजभोलिको कीलो यही थियो । उनी दिनको अठाह्र घण्टा भनेझैं यही एउटा सत्रन्जीको छहारीमुनि एउटा मैलो ओछयानमा आफ्ना बितेका रमाइला दिनहरूको मुदा काखी च्यापेर लडिरहन्थे ।) नभन्दै मेरो अड्कल ठीक हुन्थ्यो । ढोकाको संघारमा उभिएकी भाउज्यू ज्यादै निर्मम र क्रूर आंखाले सान्दाइतिर हेरिरहेकी हुन्थिन् । अनि सान्दाइ'-
बिचरा सान्दाइ- खोकी त उनको व्यक्तित्वलाई आधार दिने बहाना मात्र थियो । वास्तवमा भाउज्यूका आग्नेय नेत्र नै उनको हंस सुकाउने मूल कारण थियो । किनभने भाउज्यूको पार्रदर्शक आंखाअगाडि आफू संधै त्यही रूखझैं नाङ्गिएको अनुभव गर्थे उनी । तर उनी आफ्नो यो पराजयलाई सहजै स्वीकार गर्न सक्दैनथे । त्यसैले उनी यस पराजयको अगाडि सधैं सो अन्त नहुने खोकीलाई र्सार्दथे ।
त यिनै बिचरा सान्दाइ । उनीसंग प्रत्येक प्रश्नको जवाफ थियो । आखिर उनी राजनीतिका भूतपूर्व नेता थिए । उनले काम गर्ने जीवनीको अधिकांश काल राजनीतिको झन्डा कांधमा बोकेर हिंडेका थिए । तर बाह्रौं वर्षतपस्या गर्दा पनि -वास्तवमा नेताहरूको झन्डा बोक्न बाहेक उनको अरू कुनै टयालेन्ट पनि नभएकोले) नेताहरूको झण्डा मोटरले बोक्न थालेपछि उनी फाल्तु भएका थिए । त्यसैले उनी आफूलाई राजनीतिक पीडित सम्झन्थे । तर भाउज्यूको र उनका अरू सम्बन्धीहरूको दृष्टिमा भने सान्दाइ न कुन राजनीति पीडित थिए, न त कुनै ज्यानदार प्राणी, उनी एउटा ऐंजेरु थिए- कोरा ऐंजेरु ।
किन्तु सान्दाइ अझैं आफ्नो राजनीतिक प्रतिभादेखि संशयपूर्ण थिएनन् । त्यसैले उनीसंग जुन कुराको पनि रेडिमेड’ जवाफ हुन्थ्यो । -सायद कुनै आशावादी दार्शनिकको विचारबाट उद्धृत) त्यो अगाडिको नाङ्गो रूखको प्रश्नलाई लिएर पनि उनको रेडिमेड जवाफ थियो- 'त्यो रूख ⁄' हो, त्यो नाङ्गो रूख,' तिमी हेर्दै जाऊ डाक्टर बाबु' त्यसमा एक दिन अवश्यै कोपिला फुट्ला' आखिर हाम्रो त्याग, तपस्या, सहिदहरूको बलिदान'।
सान्दाइको सो राजनीतिक जोस अझै पनि जस्ताको तस्तै जोसिएरै रहेको थियो र यही जोसै जोसमा अब उनी कति जोसिला भैसकेका थिए भने बिहान बेलुकी भातका गांससंग भाउज्यूका बचनको गिर्खा र व्यङ्ग्यका ठुन्का पनि किञ्चित नमानी चपाइदिन्थे । अनि दिनभर दक्षिणतिरको कुनामा निश्चित भएर लेट्थे र आफूसंग अर्ती लिन आउने ठिटाहरूलाई आफ्नो राजनीति ज्ञानको कवजले सुसज्जित तुल्याएर, उनीहरूको दिमागको पत्करमा जोसको आगो सल्काएर पठाउंथे ।
-अनि त्यही बेला भाउज्यू अगाडि परिन् भने उनको सो जोस खोकीको दोलाईभित्र लुक्न पुग्दथ्यो ।)
यसै गरी सान्दाइ आफ्नो त्यो सानो आंगनको दक्षिण कुनामा खोकीको बहाना ओढेर पल्टिरहन्थे । अगाडिको नाङ्गो रूखलाई हेरिरहन्थे । उनको अगाडि नै सायद त्यस रूखबाट पात पालुवा झरे होलान् -कि यो रूखलाई हरियो भरिलो मैले देखें भन्ने भ्रमलाई मात्र उनले पालेका हुन् -) उनका सबै सपना नाङ्गिए होलान् । तैपनि उनी त्यसमा पालुवा फु्ट्ने आशलाई छोड्न सक्तैनन् ।
- हर्ेर्नुहोला डाक्टर बाबु, यसमा एकदिन पालुवा नफुटी छोड्नेछैन ।- उनी जोस्सिएर भन्थे र सायद उनी मेरा आंखामा पनि आफ्नै रङ्गको चस्मा चढाउन खोज्दथे । त्यस युगयुगान्तर देखिको नाङ्गो रूखमा कोपिला फुटेको मैले पनि देखोस् भन्ने उनी चाहन्थे ।
रात-बिहान जुनसुकै बेला पनि आफ्नो कोठामा पस्न खोज्दा मेरा आंखा पूर्वतिरको खुला झयालबाट झवास्झवास्ति त्यस नाङ्गो रूखमा पर्छन् । म त्यस रूखको नाउं र जात् पनि त चिन्दिनं । -के को रूख हो त्यो - बर - पिपल - चांप -') खालि यो नाङ्गो छ । भोक र दरिıताले चुटेर नङ्ग्याएको मानिसका करङै करङको ढांचा जस्तो यसका हांगा बिंगा फैलिएका हुन्छन् । यसले आफ्नो नाउं र जातिसमेत यही नाङ्गोपनामा हराइसकेको छ । मलाई आमाले केटाकेटीमा बताउनुभएको भूतको सम्झना आउंछ, सान्दाइले एक दिन बताएका झुन्डिएर मरेको मानिसको सम्झना आउंछ । -त्यो मानिस त्यसै रूखको उत्तरपट्टकिो नाङ्गो हांगामा झुन्डिएर मरेको थियो रे ⁄' अथवा झुन्डयाएर मारिएको थियो रे- जे होस्, के फरक पर्छ र -) मलाई कता-कता डर लागेर आउंछ । आमाले बताएको भूतको डर होइन, बरू कता मैले पनि त्यसैको कुनै हांगामा झुन्डिएर मर्नुपर्ने त होइन भन्ने डर ⁄ आखिर म पनि त त्यही रूखजस्तै पला-पला नाङ्गिदै गएको छु । 'त्यसै सन्त्रासको स्थितिमा म सान्दाइको घरतिर हेर्छु उनी दीर्घरोगले अथवा मानसिक पक्षघातले डल्लिएका उही आफ्नो आन्ıो गाडिएको ठाउंमा आधी लेटेझैं आधी बसेझैं छन् । उनी बसमार अथवा आशा चुरोटको सर्को तानिरहेका हुन्छन्- 'तिमीहरू यसलाई थोत्रिएको, नाङ्गो र केवल ढांचा मात्र देख्छौ । किनभने तिमीहरूले यसको बहारका दिनहरू देख्न पाएनौ । तर मैले त'
ठिटाहरू उनका कुरा त सुन्छन्, तर यसले उनीहरूका अनुहारमा आशाको किञ्चित रेखा पनि कोर्न सक्तैन । बरु असन्तोष र अविश्वासका रेखाहरू नै कोरिन्छन्- होइन सान्दाइ, यो जर्ीण्ा रूखलाई ढाली नै दिए के बिगार पर्दछ - बरु यसका ठाउंमा नयां बिरूवा रोपे के हुन्छ -
तर सान्दाइ यस कुरामा मञ्जुर छैनन् । उनी त्यस नाङ्गो रूखको मोहमा टांस्सिएका छन् । उनी त्यसलाई ढाल्ने कुराले एक दम भड्किन्छन्- 'के कुरा गरेको ⁄ यो नाङ्गिएको छ, तर यसले इतिहास बोकेको छ । इतिहास मेटाउन खोज्छौ तिमीहरू -
मलाई सोच्न कर लाग्छ ⁄' इतिहास बोकेको छ यसले -' कस्तो इतिहास बोकेको छ -' मान्छे झुन्डिएको इतिहास । मेरो आंखाअगाडि एक्कासि अनेकौं इतिहासका मुर्तिहरू जुलुस बनाएर हिंड्न थालेझैं मलाई भान हुन्छ- असङ्ख्य असङ्ख्य इतिहासका मुर्ति, जो आफू पनि प्रतिपल नाङ्गिदै गएका छन् । अनिश्चित प्रेरणाले जोरिएका पशुका बथान ⁄ के यी पनि त्यही नाङ्गो रूखका कुनै न कुनै नाङ्गा हांङ्गामा झुन्डिन जांदै छन् -'
आजभोलि त्यस रूखमुनि एउटा अर्को नाङ्गो जोडा पनि थपिएको देख्न थालेको छु । एउटा बूढो माग्ने र तरुनी छोरी ⁄ म झयालअगाडि आफ्नो निश्चित ठाउंमा बस्नासाथ त्यस जोडालाई देख्छु । जराजर्ीण्ा कन्थामा प्रायः नाङ्गै ती त्यहां माग्न बस्छन् । बूढो आफूभित्र सम्पूर्ण शक्तिले चिच्याउंछ, केही दया र केही धर्मको नाउंमा । -नभए व्यापार कै नाउंमा,) बूढाको पस्रिएको कचौरामा निश्चित रूपमा परबाट उडाएर ल्याएको सुकेको पत्कर खस्छ । तरुनीकोमा यदाकदा'
म दिनदिनै सायद प्यारालाइज हुदै गैरहेको छु । म पनि प्रायः अठाह्र घण्टा त्यही झयालमा बसेर त्यस नाङ्गो रूखको माथिल्लो हांगामा हेरेर समय काट्न लागेको छु । सान्दाइले मेरा आंखामा पनि एउटा भ्रमको बीउ रोपिदिएका छन् । नभन्दै म पनि रूखका पालुवा देख्छु । एक दिन अकस्मात् उनी मलाई हकार्दै भन्छन्- डाक्टर बाबु ⁄ लौ हेर्नोस् ⁄ देख्नु भो तपाईंले -' रूखमा एउटा पालुवा फुट्यो नि ⁄' मैले भनेको होइन तपाईंलाई - एउटा हरियो पालुवा त्यस रूखको आंख्लामा फुटेको छ ⁄' अनि म अक्सर गरेर त्यसलाई त्यहां देख्नथाल्छु । के म पालुवा देख्ने भूल गर्न थालेको छु - अनि सान्दाइको जोसिलो लेक्चर कानको भित्र गुंजिएको सुन्न थालेको छु । तर यस जोसमा यदाकदा ब्रेक लागेपछि म अन्दाज गर्छु- भाउज्यू ढोकामा उभिएर सान्दाइलाई जल्दा आंखाले हेरिरहेकी छन् ।
यी सब लेक्चर र जोसका विरूद्ध म आफू भने दिनदिनै भित्रभित्रै खोक्रिंदै जान थालेको अनुभव गर्दै छु । म सम्पूर्ण रूपमा सीमित हुदै गएको छु- भाव, भाषा, विचार सबै रूपमा सीमित । मेरा चारेतिरका सीमाका घेराहरू सांगुरिंदै गएको अनुभव गर्छुु आफ्ना जहानबच्चाका आंखामा पनि सान्दाइका जहानबच्चाका आंखामा पौडिने भाव पौडिन लागेको देख्न थालेको छु । अब मलाई पनि सान्दाइकै जस्तो आफ्नो पराजय लुकाउनका लागी खोकी अथवा त्यस्तै कुनै र्सवमान्य रोगको ढाल आवश्यक भएको अनुभव हुन थालेको छ ।
-म पनि प्रायः त्यही पूर्वतिरको झयालसामु बसेर त्यस नाङ्गो रूखमा हेर्दै दिन काट्छु र आफ्नो मानसिक क्षोभ लुकाउन सान्दाइसंग प्रश्न गर्छ ुसान्दाइ त्यो पालुवा अझै देखिन्छ -')
अनि एक दिन म के देख्छु भने सान्दाइका पुराना आस्थावान् आंखा च्यातिएझैं एक तमाससंग त्यो नाङ्गो रूखको सबैभन्दा माथिल्लो हांगामा क्वार्क्वार्ति हेरिरहेका छन् । उनको अनुहार आशाङ्का या आतङ्कले फुस्रो भएको छ । उनको पक्षघातले आक्रान्त शरीर झन जडझैं देखिएको छ ।
-के भयो सान्दाइ - मलाई पनि सान्दाइको आतङ्कको संक्रामकताले छोएझैं अनुभव हुन्छ । मेरा आंखा आधि सान्दाइमा र आधि त्यो नाङ्गो रूखको नाङ्गा हांगामा चाल्न थाल्छन् । - के भयो -'
-त्यो हांगाको पालुवा ⁄ सान्दाइ भयभीतझैं देखिन्छन् । उनको स्वर एकदम मर्ूछा परेझैं लाग्छ ।- त्यो पालुवा त्यहां देखिन्छ । डाक्टर बाबु -' म देख्न सक्तिनं नि'। मेरा आंखा धमिला भएका त होइनन् -
मलाई पनि आर्श्चर्य लाग्छ । अगिपछि मेरा आंखामा पालिएको भ्रम पनि आज छांटिएझैं छ । निकै कोसिस गरेर पनि त्यो पालुवाको भ्रमलाई देखिरहेको छैन । त्यो रूख मैले केटाकेटीदेखि देखेजस्तै नाङ्गो छ- सम्पूर्ण रूपमा नाङ्गो ⁄ -होइन सान्दाइ ⁄ तपाईंका आंखा धमिलो होइनन्, बरू चहकिला-तेजिला भएका छन् । म पालुवा देख्न सक्तिनं । -मेले त कुनै बेला पनि देखिन। आजसम्म सान्दाइले दिएको भ्रम मात्र आंखामा पालेर बसें) तपाईंका र मेरा दुबैका आंखा ठीक छन्' ।’
-होइन, होइन -सान्दाइ नराम्रोसंग उत्तेजित हुन्छन् । त्यस नाङ्गो रूखमा पालुवा नभएको यो यथार्थको उद्घाटनले उनलाई मानौं अस≈य वेदना भएझैं देखिन्छ । मलाई पनि डर लाग्छ- सान्दाइ ⁄
-डाक्टर बाबु ⁄ सान्दाइ केटाकेटीझैं रोइदिन्छन् ।- के यो रूख सांच्चै नाङ्गो रहेछ त ⁄’
हो वास्तवमा मेरो घरअगाडिको त्यो रूख सुरुदेखि नै नाङ्गो थियो । -कहिले देेखि हो, कसैलाई थाहा छैन ।) सायद यसको जातै नाङ्गो । तर सान्दाइ र मैले एउटा भ्रम पालेर यसको हांगामा कोपिला फुटेको देख्ने प्रयत्न गरेका थियौं । अनि आज'-' मेरो झयाल त्यहीं छ । म -उमेरले बिस्तारै पाक्दै गए पनि) त्यहीं छु । मेरो झयालसामु म बस्ने ठाउं पनि त्यही रूपमा नाङ्गो छ । फगत फरक केही छ भने मेरो त्यस रूखलाई, त्यसको नाङ्गोपनालाई हेर्ने दृष्टिमा फरक छ । आज म त्यस रूखलाई त्यसका माथिल्ला हांगामा कोपिला फुटेको देख्ने भ्रम लिएर हर्ेर्दिनं । म आज त्यसको पूर्ण नाङ्गोपना र त्यसका साथसाथै आफू पनि नाङ्गिदै गएको अनुभव गर्न हेर्छु म कतिसम्म नाङ्गिन -खोक्रिन) सक्छु त्यसको अनुभव कस्तो हुन्छ, त्यसको ज्ञान गर्ने गहिरो इच्छा मनमा पालेर हेर्छु यसका साथै मेरो मनमा एउटा अस्पष्ट इच्छा यो हेर्ने पनि छ- त्यस रूखका नाङ्गा हांगाले कति मानिसको भारलाई झुन्डयाउन सक्छन् ।
तर जे होस्, यो नाङ्गो रूखमा अब कुनै पालुवा चढ्दैन, यो निश्चित छ ।- सान्दाइ ⁄ बरु यो नाङ्गो रूखलाई काटेर यसका ठाउंमा नयां बिरूवा'।
-होइन, होइन । सान्दाइ अझै यो बिचारलाई सहन सक्तैनन् । -आखिर यसले इतिहास त बोकेको छ ।
 
 
[ top ]

टोकियोमा सानु बुद्ध

 

परशु प्रधान

 
टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा यहां बांच्न धेरै कठिन भयो । पाल्देनलाई यस्तै केही लाग्यो । टि.भी हेर्दाहेर्दै सगरमाथा चढेका अनुहारहरूले पाल्देनलाई नराम्ररी गिज्याएझैं लाग्यो । उसले टिभी बन्द गर्यो ।
त्यहां भनेको पाल्देनको जन्मेको गाउं सोलु र यहां भनेको संसारको अति महङ्गो सहर टोकियो । टोकियोको सुरुङ्गमुनिको रेलसंग जोडिएको यौटा सानु गाउं । त्यस गाउंको यौटा घर र त्यसभित्रको यौटा कोठामा पाल्देनलाई बस्न मन लागेन । ऊ बाहिर निस्क्यो । सडकसम्म आयो । धेरै हिउं र हुस्सु छ हुस्सुसंगै गांसिएको सिमसिमे पानी छ । दिनको दुइ बजे नै सांझ पर्न लागेको निर्रथकता छ । यस निर्रथकताभित्र पाल्देन आंफैलाई सोध्छ- तं किन र केका लागि टोकियोमा आइस् हं -
यसका धेरै किसिमका जवाफहरूलाई पाल्देन आंफैभित्र तयार गर्छ । पाल्देनले जापानी केटीसंग बिहे गर्यो र अहिले मोजसंग टोकियोमा बसेको छ बा ⁄ पाल्देन टोकियोमा नोकरी गरी बसेको छ । कत्ति धेरै रकम घरमा पठाइसक्यो, थाहा छ - पाल्देन अब जापानी नागरिक हुन्छ । ऊ अब नेपाली होइन है । पाल्देनजस्तो जिन्दगी बिताउन पाए पो हुन्थ्यो । आफ्नो त भाग्य नै छोटो । यी जवाफहरूलाई एकै ठाउंमा गांसेर ऊ आफूभित्र सोच्तछ । आफ्नो जालमा आंफै परिस् होइन पाल्देन । खाइनस् कि ठूलो भाग अब ⁄
पाल्देनले कुनै ठूलो भाग खोजेको थिएन । न त कुनै ठूलो नोकरी नै खोजेको थियो । अरू साथीहरूले जस्तै ट्रेकिङ गराउने यौटा अफसिमा सानु गाइडको जागिर खाएको थियो । किनभने हिमालकै फेदमा जन्म भएको कारणले सारा हिमालको जिम्मा पाल्देनलाई थियो । सारा हिउं असिना ठन्डीको भाग पाल्देनलाई थियो । हरेक वर्षमनले माने पनि नमाने पनि विदेशीलाई टे्रकिङ्ग गाइड भएर जाने जागिर पाल्देनले खाएको थियो । सारा देशका उत्तरी भाग हिमाल भएझैं सारा नेपालीहरू गाइडकै जागिर खाएर, विदेशीलाई घुमाएर, तिनलाई खुसी पारेर नै पेट पालिरहेका छन् भन्ने पाल्देनको यकिन ठहर थियो । साला त्यही जागिर खांदा त भेट भयो जापानी सिल्बिया सानसंग । नाम सिल्बिया र मान गरेर बोलाउंदा नेपालीमा ज्यू भनेजस्तो सान । अनि कति च्वांक केटी थिई सिल्बिया भन्या । अरू जापानी होचा हुन्छन्, त्यो अमेरिकनजस्ती अग्ली थिई । अरूका नाक थेप्चा हुन्छन्, त्यसका भने बाहुनीहरूको झैं चुच्चो । गालामा गुरांसको फूलको रातो, अनि दांत चाहिं हिउंझैं सेता चम्किला । प्लेनबाट झरेर अफसि पुग्नासाथ सिल्बियाको गाइड पाल्देन नै भयो । त्यो राति पाल्देनलाई सांच्ची निıा परेको थिएन । तोङ्वा त कत्ति डबका खायो हो उसले । सबै रुपियां सिल्बियाले तिरिदिएपछि त होस र बेहोसीमा पाल्देन कराएको थियो- क्या लक्की नम्बर पाल्देनको । क्या लक्की टुरिस्ट पाल्देनको ।
पाल्देन भोटे घोडाझैं फर्ुर्तिलो र पाइनदार भएको थियो । त्यसमाथि सिल्बियाले टोकियोमा नै अलि-अलि नेपाली सिकेर नमस्ने पाल्देनज्यू भनेर अनुहार रातो पारिदिंदा त पाल्देनलाई आफू कुन संसारमा छु, कहां छु भन्ने नै पत्तो थिएन । सारा खुसीहरू, सारा रमाइलोहरू, सारा चार्डपर्वहरू एकै पटक, एकै दिन जापानी च्वांक केटीले लिएर आएकी अनुभव पाल्देनको थियो ।
त्यो थियो र अहिले पाल्देन सडकमा छ जुन सडक भर्खरै तोरीको तेलले मालिस गरेको जस्तो छ । पाल्देन सडकमा त निस्क्यो तर कहां जाने -' टोकियोमा आएदेखि पाल्देनलाई दुइ कुराको सङ्कट छ- कहां जाने र के गर्ने' - कुनै बार वा पबमा जाऊं र टन्न मात्तिएर आऊं भने पाल्देनको गोजी रित्तो छ । कुनै डिपार्टमेन्ट स्टोरमा गएर केही सामान हेरूं भने पनि कसका लागि हेर्ने - बा-आमा मरिसके । दिदी-बहिनी पोइल गइसके । दाजुभाइले अंशको घरबारी खाइसके । साथीभाइ त्यस्तै हुन् । अनि येनको बिटो पनि त चाहियो नि ⁄
घरमा एक्लै धुमधुम्ती बसिरहूं, कति बसिरहने - कति दिन वा रात बस्ने - वा कति वर्षबस्ने - कोठामा बसूं भने सिल्बियाले प्रिmजमा राखेर छाडेकी कुखुराको मासु र रक्सी दुइ घण्टालाई पुग्दैन । अनि बाहिर साथीभाइकहां जाऊं भने सबै जना रूखमा फलेका नोटहरू धमाधम टिपिरहेका छन् । तिनलाई अनाहकमा बाधा दिन किन जाने - अनि नसम्झूं भन्दा पनि पाल्देन सोलुको सानो सल्लेरी बजार सम्झन्छ । वास्ताकिस्ता नगरूं भन्दा पनि ठमेलका गल्लीहरू सम्झन्छ । अब फेरि कहिले नेपाल जाने बा - ऊ लामो सास फेर्छ र नजिकैको पार्कसम्म पुग्छ । सधैं गइरहेको पार्क हो । कुनै बहादुर जापानीको सालिक गर्वसाथ राखिएको छ । फूलैफूलले सजिएका बगैंचा र लोभलाग्दा फोहराहरू छन् । जाडो भए पनि पार्कमा आउने युवा-युवतीहरूलाई कुनै जाडो छैन, कुनै शीत छैन । ती आफ्नो प्रेमलाई जीवन्तता दिइरहेकै छन् । वर्षौंवर्षो भेटघाटपछि बल्ल भेट भएजस्तो ती आंखाहरू साटिरहेका छन्, ज्रि्राहरू साटिरहेका छन् । पाल्देनले निःशुल्क टोकियोमा हेर्न पाउने दृश्य यही हो । होइन भने जहांतहां रुपियां-पैसाको कुरा मात्र छ ।
समय र्सछ र पाल्देन फेरि आफ्नो विगतमा पुग्छ । सेतो हिउंमा चुचुराहरूमुनि, कहालीलाग्दा लेकहरूमा पुग्छ । कुनै जङ्गलको पहरामाथि फुल्ने लालीगुरांसको बोटमा पाल्देन साटिन्छ जुन बोट हेर्नलाई राम्रो र रहरलाग्दो छ, तर छोएपछि सजिलै भांचिने र टुक्रिने जसका कलिला हांगाहरू छन् । पाल्देनलाई लाग्छ- उसको मन ती कलिला हांगाहरूझैं छन् स-साना सम्झनाहरूमा पनि टुक्रिने र भांचिने । उसको यही कोमलतालाई सिल्बिया सानले बुझी र कुनै मोडमा कर्राई- कति सुन्दर मान्छे छ पाल्देन ⁄ कति परिश्रमी र मिहिनेती युवक छ पाल्देन ⁄ तिमीजस्तो युवालाई जापानमा लान पाए -'
पाल्देनले एक्कासि सोच्यो- जापानमा जान पाए' । जापानमा जान पाए उसले कति धेरै धन-सम्पत्ति कमाउन सक्थ्यो । कति धेरै घरहरू काठमाडौं र सोलुमा बनाउन सक्थ्यो । अझ ऊ आंफै ट्रेकिङ एजेन्सीको मालिक भएर थुप्रै पाल्देनहरूलाई नोकर बनाउन सक्थ्यो । अरूको नोकर भएर गोरुझैं जिन्दगी बित्ने थिएन ।
अनि यी सबै भाव र भावनाहरू अप्रत्यक्ष रूपले एकै पटक झांगिएका थिए । सिल्बिया केही नेपालीमा, केही अङ्ग्रेजीमा र नसके जापानीमा भए पनि आफ्नो मनका कोमलताहरू प्रकट गर्थी । अलिकति अप्ठेरो बाटो आयो कि सिल्बिया हात दिन्थी र पाल्देन गर्वले मुस्कुराउंथ्यो । सांझलाई रङ्गीन बनाउन आफ्नै हातले पाल्देनलाई दुइ-चार गिलास बढी बियर खुवाएर सिल्बिया विजयले मुस्कुराउंथी । कुन बेला डांडा आयो र गयो, कुन बेला खोला आयो र तरियो, कुन बेला उकालो र ओरालो सिद्धियो- पाल्देन र सिल्बियालाई थाहा भएन । साथीहरू आउनुअगाडि ती वासमा पुगेर खाजा खाइसकेका हुन्थे, नभए पनि चिया खाइसकेका हुन्थे । पाल्देनलाई यही ट्रेकिङमा थाहा भयो- संसार यति विशाल छ, यहां यति धेरै भाषाहरू, उपभाषाहरू भए पनि हृदयको भाषा सबैले भाषिक सञ्चार गर्दा रहेछन् । पाल्देनले भाषा नभए पनि आंखा-आंखाले बोल्यो, औंला-औंलाले बोल्यो, दांत-दांतले बोल्यो, ओठ-ओठ, ज्रि्रो-ज्रि्रोले बोल्यो । पाल्देन कहिले आदिम मान्छे भयो, कहिले आजको मान्छे । जति दिन र रातहरू जोडिन लागे, पाल्देन आंफैलाई लाग्यो सिल्बिया उसकै लागि जन्मिएकी रहेछ अथवा ऊविना बाकी दिनहरू पाल्देन काट्न नसक्ने रहेछ ।
पाल्देनका केही सपनाहरू थिए जसलाई उसले सिल्बियाको छायामा हर्ुकाउन चा≈यो । आफ्ना सारा विगतहरूले उसलाई धोका दिएका थिए । आफ्ना सारा आफ्ना भन्नेहरूले सिस्नोले झैं उसलाई पोलेका थिए । सामान्य खानु-पिउनुको जिन्दगीबाट पाल्देन माथि उठ्न चाहन्थ्यो । यसैले ट्रेकिङबाट र्फकंदा-नर्फकंदा तिनीहरूले अब कहिल्यै नछुट्टनिे किरिया खाइसकेका थिए । स्वयम्भूको डांडामाथि अस्ताउन लागेको सूर्यलाई हेरेर तिनले आफ्नो प्रेमको सूर्य कहिल्यै नअस्ताउने प्रतिज्ञा गरेका थिए । ठमेलका गल्लीहरूमा ती साथ थिए, झोंछेको प्रिmक स्टि्रटमा घुमेर गांजाको चुस्कीको स्वाद लिंदा ती साथ थिए । अनि सिल्बियाले भनेकी थिई- बौद्ध परम्पराअनुसार हामी बिहे गरी जापान जाऊं पाल्देन ⁄
यी शब्दहरू पाल्देनका लागि झन् खुसीका शब्दहरू थिए । बुद्धका शान्त आंखाहरूबाट आर्शिवादका मौन स्वरहरू निस्केको आभास पाल्देनलाई भयो । बुद्ध उसको परम्परा र संस्कृतिमात्र होइन, लामो जीवनदर्शन थियो ।
"तिमी बुद्धिष्ट हौ -" पाल्देनले कुनै दिन सोधेको थियो ।
"म बुद्धलाई श्रद्धा गर्छुाल्देन ⁄ मेरो मनमा सानैदेखि भगवान् बुद्धप्रति अगाध श्रद्धा र विश्वास छ । तिमी बुद्धको देशको मान्छे- मलाई तिमी स्वयम् यौटा सानु बुद्धजस्तो लाग्छ मेरो पाल्देन ।" भनेर सिल्बियाले लामो अंगालो हालेकी थिई ।
पाल्देन पार्कको बेन्चबाट उठ्दा उसको कानमा यी शब्दहरू रिङ्गरिङ्गाइरहे, अझ झनझनाइरहे- यौटा सानु बुद्ध, ए लिट्टलि बुद्ध, एउटा सानु बुद्ध । सिल्बिया सधैंझैं आज पनि मध्यरातमा आउंछे । मध्यरातमा आएर सिल्बिया सुत्न सक्तिन, उसलाई निıा आउंदैन । निıाबाट ब्युंझिएर उसले सिल्बियालाई त्यही आदिम सेवा बाध्य भएर दिनर्ुपर्छ- जो उसले वर्षौ वर्षदिइआएको छ । यही कुराको सम्झनाले पाल्देनको सारा आत्मा मरेर आउंछ र आत्महत्या गरेर जिन्दगीलाई टोकियोमै यता कतै सधैंका लागि बिसाइदिउंm भन्ने लाग्छ । बिजुली बत्तीहरू बलिसकेका छन्- पाल्देन हतारसंग र्फकन्छ । यसरी र्फकंदा उसको मनमा न कुनै पुराना सम्झनाहरू छन्, न कुनै नयां योजनाहरू छन् । न कुनै इच्छा र आवेगहरू नै हुन्छन् । पाल्देन शून्य मन लिएर त्यही घरमा र्फकन्छ, कुनै विचार, आकाङ्क्षा वा सपनाविना । मानौं केही पनि भएको थिएन, केही पनि हुनेछैन- यो संसार यसरी नै चलेको छ, चरिहरनेछ । र, थुप्रै पाल्देनहरू जन्मनेछन्, मर्नेछन् । फेरि जन्मने छन्, मर्नेछन् ।
किन हो किन पाल्देनको मन गह्रौं छ- मनभित्र कतै ठूलो ढुङ्गा बसेजस्तो । र, त्यो ठूलो ढुङ्गा त्यही बेला बसेको थियो- जब सिल्बिया र ऊ बौद्धमा गएर लामा राखेर बिहे गरेका थिए । बाहिर पाल्देन जति हांसे पनि, जति नै खुसी भए पनि उसको भित्री मन किन हो किन खुल्न सकेको थिएन । कहीं-कतै केही गरुङ्गोपना थियो, उदासीपना थियो, जसलाई यही हो भनेर पाल्देन व्यक्त गर्न सक्तैनथ्यो ।
टोकियोमा आएपछि उसले सिल्बियालाई अनुरोध गरेको थियो- म पनि कतै केही काम गरूं कि -' ।
काम गर्ने कुरालाई सिल्बियाले पूरै नकारेकी थिई । उसको पासपोर्ट आफूसंग राखेर भनेकी थिई- "पाल्देन ⁄ तिमी अब सिल्बिया सानको श्रीमान् पनि हौ । जापानमा आएर तिमीले जूठा भांडाहरू माझन पर्दैन । न तिमीले कसैका केटाकेटीहरू नै हेरिदिनर्ुपर्छ । तिमी शानसंग घरमा बस, टि.भी. हेर र जिन्दगीलाई रमाइलो बनाऊ"
कुरा एकदमै राम्रो र आदर्श थियो । तर हरेक रात पाल्देन बलात्कारको शिकार हुनुको पीडाले छटपटाउंथ्यो । जसलाई आफू यौटा स्वचालित यन्त्रमा साटिएको र सधैं सिल्बियाको आज्ञाले थिचिएको अनुभव हुन्थ्यो । पाल्देनका आफ्ना निजी इच्छाहरू मरुभूमिका बालुवाझैं भएका थिए । ऊ केही भन्न र गर्न सक्तैनथ्यो । कुनै स्कुलको आज्ञाकारी बालकलाई झैं सिल्बिया उसलाई आज्ञा दिन्थी र चुपचाप सकिनसकी त्यसलाई ऊ स्वीकार गथ्र्यो । अब सोलु र सल्लेरीका जङ्गलहरूमा पाल्देन सपनामा मात्र दौडन्थ्यो । हिमालका चुलीहरू ऊ टेलिभिजनमा मात्र हेथ्र्यो । पाल्देनभित्रको पाल्देन प्रतिरात मर्दै जान्थ्यो, सुक्दै जान्थ्यो । फेरि नेपाल र्फर्केर त्यही ट्रेकिङ्गको जागिर खान पाए पनि हुन्थ्यो भन्ने यौटा झिनो सपना बोकेर पाल्देन बांच्दैथ्यो ।
अनि एक दिन पाल्देनले भाग्ने विचार गर्यो । तर भागेर पनि ऊ कुनै साथीकहां दुइचार दिन लुक्न सक्छ, तर नेपाल पुग्न ऊ सक्दैनथ्यो । ऊ संग न पासपोर्ट छ न पैसा छ, न केही छ न केही । अनि एकदिन पाल्देनले रेलमा किचिएर मरिदिने विचार गर्यो । तर आत्माहत्या जस्तो जघन्य अपराध अरू केही हुन सक्तैन भनेर त्यस विचारलाई पनि उसले छाडिदियो ।
पाल्देन घरमा पुग्दा किन हो सिल्बिया छिट्टै आइपुगिसकेकी रहिछे । यति रातीसम्म कहां गएको भनेर सिल्बियाले केरकार गरी । रक्सी खाएको छ कि भनेर मुख पनि सुंघ्न आइपुगी । पाल्देनले सिल्बियाको अनुहार हेर्यो- केही वर्षा त्यो अनुहार साटिइसकेको रहेछ । त्यो लाम्चो नाक थेप्चो भएको र आंखाहरू गाडिइ सकेका रहेछन् अनुहारमा चायां र पोतो पर्न लागेको रहेछ ।
" पाल्देन तिमीलाई कस्तो छ -'" सिल्बियाले गम्भीर भएर सोधी ।
"म ठीकै छु'" बोल्न त पाल्देन बोल्यो, तर उसलाई लागेको थियो, ऊ सरासर झुटो बोलिरहेछ ।
"तिमीलाई एउटा राम्रो उपहार ल्याइदिएको छु मैले । यो बुद्धिष्टहरूले जप गर्ने माला हो, फुर्सदमा बुद्धलाई सम्झेर तिमी जप गर्ने गर, तिम्रा पापहरू नास होलान् ।" सिल्बियाले माला दिन चाही । तर पाल्देनले निर्णय गर्न सकेन- त्यो माला लिएर, जप गरेर उसले कुन पापको प्रायश्चित गर्ने हो - कुन अपराधको -' पाल्देनलाई थाहा भएन ।
 
 
[ top ]
तिम्रो खुसी मोमिला
 
इन्दिरा प्रसाई
 

गर्भाधानपूर्वको कथा
हिजोआज केही लेख्न मन लाग्दैन । विषयवस्तुको प्रचुरताले हो अथवा दिनदिनै मर्दै गएको संवेदनाले हो, केही पत्तो लगाउन सकेकी छैन । मेरो लेखनी थाकेको हो कि - त्यसो पनि हुन सक्छ । यहां हुन नसक्ने, हुन नहुने जे पनि हुने समय बितिरहेका बेला जे पनि हुन सक्छ । प्रसङ्ग यस बेला एउटा कथा लेख्ने हो । मोमिला’ एउटी ऊर्जावान् संघर्षशील लेखकको नाउं हो, मप्रति अपनत्वपूर्ण बानी-व्यवहारका कारण मेरा लागि मोमिला प्रिय नाउं हो । दिदी, तपाईंले कलाश्री’ को पहिलो अङ्कका लागि कथा लेख्नैपर्यो’ उनको अपनत्वपूर्ण आदेशको सार यस्तै थियो । म लेख्न सक्दिनं होला, वचन दिन सक्दिनं’ उनलाई पूरै र्टार्न पनि नसकी उनीसंगको आत्मीयतासंग लोभिंदै-लोभिंदै मेरो पेन्डुलम प्रत्युत्तरको सार पनि यस्तै थियो । यो यस कथाको गर्भधारणपूर्वको कथा हो ।
मोमिलाको मृदु आदेशपूर्णको अनुरोधले बारम्बार मलाई तरङ्गित पारिर≈यो, पारिर≈यो ।
गर्भाधान
गृहयुद्ध, विश्वआतङ्कवाद, साम्राज्यवाद, प्राकृतिक विनाशजस्ता अहिलेका प्रमुख प्रभावकारी घटना-प्रतिघटनाको पोखरीमा संवेदनाले अन्तिम सास र्फर्ेन लागेको अवस्था भोगिरहेको लेखक । मैले मेरो लेखकलाई घचघच्याएं- ऊ केही चलमलायो तर फेरि फरक्क र्फर्केर टेलिभिजनका सिरियलतिर लाग्यो । लेखनप्रतिको यो बेवास्ता ⁄ के लेखक मरेको हो अब - मैले लेखकलाई सोधें । लेखक बोल्दैन, मलाई महसुस गर्दै छ वा गर्दैन थाहा छैन । यस्तो समय धेरै बित्यो, यस अर्थमा धेरै बित्यो कि ती समयमा धेरैभन्दा धेरै सिर्जना गर्न सक्थ्यो लेखकले । तर लेखक लेखनका लागि चलमलाएन । तर पनि मैले भने लेखकलाई मोमिलाको प्रेमिल आदेशले सिञ्चन गरिरहें । त्यसैले एक दिन लेखकले मलाई सोध्यो- के लेख्ने - मैले आफ्नो विजयमा खुसी हुदै उसलाई भनें- कथा’ लेख, कथा’ । म हत्या, आतङ्क, र्सवनाश, विनाश लेख्दिनं, अनि अहिलेको समय नबोलेको कथा त्रि्रै लागि कथा’ नभइदेला । भो, म बरु लेख्दै लेख्दिनं ।’ लेखक घुर्क्याउन थाल्यो ।
लेख न लेख ⁄’ मैले लेखकलाई थुमथुम्याएं, सुमसुम्याएं- तिमीले जे लेखे पनि म कुनै प्रतिवाद गर्नेछैन, लौ बाचा भयो ।’ मैले लेखकलाई आश्वस्त तुल्याएं । त्यसपछि लेखकको अनुहारमा आत्मसन्तोषको लहरको एक थोपो देखा पर्यो । त्यसैले म आशावादी भएर उसको लेखनको प्रतीक्षामा बसें । यसरी कथाको गर्भाधान भयो ।
कथाको जन्म , औचित्यहीन
पहिलो दृश्य
यिनीविना म बांच्न सक्दिनं, मेरो सम्पूर्ण लेखनकी प्रेरणा नै यिनी हुन्, यीविना मेरो अस्तित्व नै छैन ।’ त्यस दिन एउटा भव्य पार्टर्ीी फलानाले फलानीलाई मेरो समक्ष यसरी नै प्रस्तुत गरेको थियो । जोडी पनि राम्रो थियो । फलाना र फलानीलाई एकअर्काप्रति समर्पित देखेर त्यस बखत मेरो मन त्यसै-त्यसै पुलकित भएको थियो ।
दोस्रो दृश्य
पत्रिकामा फलानाको पिताको निधन भएको विज्ञापन छापिएको थियो । कुनै समयमा फलनासंग हाम्रो निकै घनिष्ठता भएका कारण आत्मीय औपचारिकता निर्वाह गर्न हामी पति-पत्नी फलानाको घर खोज्दै पुगेका थियौं । फलानाको घरपरिसर निकै भव्य रहेछ । फलाना शोकमग्न अवस्थामा थिए । पिताको असामयिक निधनमा पुत्रमा पर्ने र्सवमान्य पीडा उनले पनि वहन गरेका थिए । यिनी मेरी पत्नी हुन्, मेरो सम्पूर्ण परिवार सञ्चालन गर्ने यिनै हुन्, यो घर यिनकै कारण यस रूपमा छ ।’ फलानाले आनी पत्नीलाई हाम्रा अघि प्रस्तुत गरेका थिए । केही अघि उनको अनुहारमा देखिएको पिताको मृत्युका शोकपूर्ण भावहरूलाई तुरुन्तै पत्नीदम्भले ढाकेको थियो । त्यहां फलानीलाई पनि मेरा दृष्टिले खोजिर≈यो । तर त्यो मेरो असफल प्रयत्न साबित भयो ।
अन्तःतरङ्ग
अहो, फलानाकी त त्यस्ती अजङ्गकी पत्नी रहिछन्, तर यतिका वर्षम्मको हाम्रो भेटघाटमा त फलानाले कहिल्यै पनि आनी पत्नीको प्रसङ्ग ल्याएका थिएनन् । मैले आफ्नो घनिष्ठताका कारण एकपटक फलानीसंग सोधेकी पनि थिएं- तिम्रो र फलानाको यत्रोबिधी घनिष्ठता छ, तिमीहरूको सम्बन्ध वर्तमानसम्म मात्रै सीमित हो अथवा भविष्य पनि सोचेका छौ - के फलाना पनि तिमीजस्तै अविवाहित हुन् -’ होइन, उनकी पत्नी छिन्, तर ती हुनु र नहुनुले फलानालाई केही मतलब छैन, बिचरा फलाना पत्नीपीडित हुन्, उनी विवाहित हुंदाहुदै पनि अविवाहित जीवन भोगिरहेका व्यक्ति हुन्, उनको पत्नीपीडाको कथाले नै मैले उनीप्रति आफूलाई र्समर्पण गरेकी हुं ।’ फलानीले पनि आफ्नो मन मेरा सामु खोलेकी थिई । के तेसो भए फलानाले पत्नीसंग पारपाचुके गरेर तिमीसंग बिहे गर्छन् त -’ मैले पनि फलाना र फलानीको सम्बन्धलाई सामाजिक स्वीकृतिभित्र बांध्न खोजेकी थिएं । उनी मसंग विवाह नै गर्दै छन् ।’ त्यसबेला फलानीको तेजस्वी अनुहार धपक्कै बलेको थियो । यो धेरै वर्षघिको कुरा थियो । महानगरीय जीवनयापनको व्यस्तताले फेरि धेरै वर्षम्म हाम्रो भेटघाट भएको पनि थिएन ।
तेस्रो दृश्य
यो एउटा निकै धनी मानिसद्वारा आयोजित साहित्यिक कार्यक्रम थियो । पेसाले डाक्टर भएका यी साहित्यिक व्यक्ति आफ्नो आर्जनको केही प्रतिशत पांचतारे होटलमा साहित्यिक कार्यक्रम गरी खर्चन रुचाउंथे । फलानासंग त्यस दिन त्यही कार्यक्रमममा देखादेख भयो । मैले फलानालाई देख्नासाथ फलानीलाई पनि फलानाको छेउछाउ खोजें । तर फलानी त्यता कतै थिइन । कार्यक्रमको औपचारिक समापनपछि अनौपचारिक कार्यक्रम सुरु भयो । म फलानालाई खोज्दै उनका सामु पुगें । फलानाको कपाल निकै फुलिसकेको रहेछ, फलानाको अनुहारमा पनि चाउरीका धर्काहरू निकै देखा पर्न थालेछन् । तर फलानाको फर्ुर्तीमा भने कमी देखिंदैनथ्यो । माफ गर्नुहोला, मैले आज तपाईंसंग फलानीलाई देखिननि ⁄’ फलानासंग दुइ-चार अरू औपचारिक कुरा सक्दानसक्दै म आफ्नो लक्ष्यविन्दर्ुतर्फ हाम फालें । तपाईं पनि ⁄ क्या मान्छे बा ⁄ समयको कुरा गर्नुस् न ⁄ मलाई के थाहा उसको बारेमा - मैले उसको बारेमा जानकारी नै किन राख्नुपर्यो । भोलि कतै ⁄’ फलानाले निकै रातो मुख पारेर मेरो उत्सुकतालाई लात्ती हान्दै जवाफ र्फकाएको थियो । अनि त्यस बेला त तपाईं नै फलानी नभई बांच्न सक्दिनं, मेरी प्रेरणाकी स्रोत भन्नुहुन्थ्यो त ⁄’ मैले उसलाई पूर्वस्मृति गराउन खोजेकी थिएं । हो, त्यस बेला मेरो त्यही जवाफ उचित थियो, प्रेरणा भनेको पनि सधैं चाहिने कुरो हो र - मैले उसको औचित्यभरि उसलाई महत्त्व दिएकै हो नि - नत्र कहां फलानीको स्तर कहां मेरो - मैले पनि उसबाट पाएको प्रेरणाको शोधभर्ना उसलाई राम्ररी गरेको छु ⁄ हेर्नोस्, म घरपरिवारवाला मानिस कहिलेसम्म फलानीसंग गांसिन सक्थें र - अब तपाईं मसंग यी औचित्यहीन कुरा नगर्नुस् है ⁄’ फलानाले ≈विस्कीको तेस्रो पेग हातमा लिएर मलाई खबरदारीको भाकामा भनेको थियो । त्यसपछि फलानासंगको मेरो उत्सुकता पनि समाप्त भएको थियो ।
उपसंहार
कथा सकियो’ लेखकले भन्यो । अनि फलानीको बारेमा किन केही नलेखेको -’ मैले लेखकलाई सोधें । फलानीका बारेमा म केही लेख्न चाहन्नं । म फलानीलाई बांधेर मेरो लेखनको सीमाभित्र राख्न चाहन्नं । उसलाई स्वतन्त्र छोड्न चाहन्छु, त्यसैले म फलानीका बारेमा केही लेख्दिनं ।’ लेखकले भन्यो । अनि फलानी के गर्दै छे - फलानीका बारेमा केही त जानकारी देऊ ।’ मैले लेखकसंग अनुरोध गरें । हेर तिमी कचकच नगर, मैले जे-जति लेख्नुपथ्र्यो लेखें ⁄ फलानाका लागि फलानी औचित्यहीन भइसकी । यो कथाको शीर्षक पनि औचित्यहीन नै हो । कथाको अन्त्य भइसक्यो ।’ लेखकले झर्केर भन्यो । होइन, मलाई त तिम्रो कथा अपुरो लाग्यो, तिमीले फलानीबारे पनि लेख्नर्ैपर्छ । के भो र एउटा अर्को दृश्य थपिदेऊ न, तिम्रो के ब्रि्रन्छ -’ मैले पनि लेखकलाई निकै झोक्किएर भनें । हे' तिमी पनि कस्तो जिद्दी ⁄ म अर्को दृश्य त मरे नि थप्दिनं, तर तिमीलाई फलानीका बारेमा केही मुख्य सुराकीका बुंदा दिन्छु, तीमध्ये तिम्रो खुसीले तिमीले त्यही परिवेशमा फलानीलाई रोज है त ⁄" लेखकले मसंग केही कायल हुदै भन्यो । मैले लेखकसंग पराजित हुनुभन्दा यही भए नि स्वीकार गरें ।
- फलानीले आत्महत्या गरी,
- फलानी अर्कै फलानोसंग गृहस्थी गर्दे छे,
- फलानी यसै सहरमा त्यस्तै फलानाको प्रेरणाकी स्रोत भएर पुनः बितिरहेकी छे,
- फलानी धोका, अपमान र तिरस्कारको भुमरीमा परेर प्रतिशोधको ज्वालामा परेपछि कुनै विıोही समूहमा संलग्न भएकी छे,
- फलानी कहां यताउंधी छ र ⁄ ऊ त इडिभीको चिट्ठा परेर अमेरिका गइसकी,
- चिट्ठा पर्यासर्या होइन क्या' एउटा बूढो पेसेवर अमेरिकनसंग कागजी बिहे गरेर फलानीले अमेरिकाको ग्रिनकार्ड हात पारिसकी रे,
- फलानीले यो जीवजगत्को तत्त्वबोध गरेकीले अहिले आफूलाई सांसारिक मोहजालबाट मुक्त पारेकी छ आदि-इत्यादि ।
लेखकले खरर आफ्नो सूची प्रस्तुत गर्यो । अब तिमी नै रोजेर यसमध्ये कुनै एकमा चिनो लगाऊ न, भएन त फलानीको पनि कथा ।’ लेखक दङ्ग परेर हांस्न थाल्यो । लेखक आफ्नो उन्मुक्त हांसोले मलाई हिर्काएर अलप भयो । सायद ऊ पुनः दुनियांको भौतिकतामाथि लम्पट भइसकेको थियो । तर मलाई भने फलानीको पीडाले सताइर≈यो ।
कथावतरणपछि
तिमीलाई यो कथा कस्तो लाग्यो मोमिला - यो कथा तिमीले चाहेजस्तो भयो कि भएन ⁄ तर इमानसाथ भन्दै छु मोमिला ⁄ यो कथा मैले तिम्रा लागि मात्र लेखेकी हुं । त्यसैले यो कथामाथि तिम्रो पूर्ण्ााधिकार छ । तिमीलाई मन पर्यो भने कलाश्री’ मा छापिदेऊ, मभन्दा पनि सायद मेरो लेखक रमाउनेछ । तिमीलाई मन परेन भने तिमीले च्यातिदिए पनि हुन्छ है ⁄ तिम्रो खुसी मोमिला ⁄

 
 
[ top ]
मोड फाटेको छ
 

गोपाल पराजुली

 
म दिनभरि सोच्छु । रातभरि सोच्छु । एउटा निष्कर्षनिकाल्न सक्तिनं । बिहानभरि पनि सोचेर बस्छु । कुनै निर्णयमाा पुग्न सक्तिनं । भातका गांसहरूभरि सोच्छु, पानीका घुड्काहरूभरि पनि सोच्छु । घडीमा ११ बज्छ । पूरा एउटा दिनलाई र्समर्पण गरिसक्छु । घडीका कुनै पनि मिनेट र घण्टाहरूले मेरो सोचाइमा साथ दिन खोज्दैनन् । क्षण मेरो निजी हुन सक्दैन । १२ बज्न खोज्छ । ५ पनि बज्छ भन्ने बोधले म र्सतर्क हुन खोज्छु । सोचाइ गम्भीर बनाउन खोज्छु । फेरि एक घण्टा अर्पण गर्छु निर्णयलाई त्यसभित्र पार्ने अठोट गर्छु निर्णय चिप्लिदिन्छ- घडीको स-सानो एउटा सेकेन्ड र्सर्ुइबाट सोचाइको स-सानो विरोधबाट । १२ बज्छ । ५ लाई अझै ५ घण्टा बाकी छ । १ घण्टा अझै उपभोग गर्न सक्छुको आशामा अल्झिन्छु । घडीको टिकटिकलाई मुटुले दम दिन थाल्छ, केही अधीर बन्छु । केही नियन्त्रित हुन खोज्छु । १ बज्न खोज्छ । अझै अलमलमा पर्छु घडीको र्सर्ुइ १ को अङ्कलाई नाघेर जान्छ । म पराजित हुन्छु । घडीको हरेक मिनेट र हरेक घण्टाले मलाई जित्दै लान्छ । घडीको कुनै अङ्कमा लगेर म सोचाइलाई अडाउन सक्तिनं । एउटा निर्णयालाई बास बसाउन सक्तिनं । हरेकपल्ट म आफूलाई कमजोर पार्दै लान्छु । म त्यहां जान्छु भन्न पनि सक्तिनं । नजाने फैसला पनि म आफूलाई सुनाउन्नं । अब मेरो भन्नु मात्र चार घण्टा बाकी छ । तीन घण्टा त्यहां पुग्नलाई लाग्छ, बाकी एक घण्टालाई मैले आफ्नो बनाउन सक्नर्ुपर्छ । म एउटा निर्ण्ाायक घडीमा पुग्छु । म थोरैमा एउटा मिनेटमै पुगेर निर्णय समात्ने कोसिसमा आफूलाई होसियार पार्छर्ुु हुन सक्छ, त्यहां उसले मलाई आफू देखाउन खोजेकी होस् । हुन सक्छ, त्यहां उसले मलाई केही त्यस्तै कुरा देखाउन खोजेकी होस् । त्यहां जाने एउटा त्यस्तै रहरले मलाई समातेकै छ । एउटा त्यस्तै जिज्ञासाले मलाई बांधेकै छ । व्यक्तित्वले मानेको भए हुन सक्छ म त्यहां पुगिसक्थें । अहम्ले नबांधेको भए, हुन सक्छ म उसको आमन्त्रणलाई स्वीकार गरिसक्थें । एउटा साधारण केटीको अगाडि एउटा सिरियस व्यक्तित्व कसरी उभिन सक्छ - मेरो सोचाइको मोड प्रश्नले बनेको छ । उसको अगाडि म आफ्नो व्यक्तित्वको उपस्थितिलाई अस्वाभाविक भन्न खोज्छु । अयोग्य भन्न खोज्छु । व्यक्तित्वको मर्यादाको लागि म विशेष रूपमा सचेत भएको छु । व्यक्तित्वको बचावटको लागि म सम्पूर्णतामा पुगेर उठेको छु, उसको इच्छा र चाहनामा कुठाराघात गर्ने पनि मेरो मन छैन । आंट पनि छैन । उसलाई भेट्ने एउटा अज्ञात चाहना मभित्र कतै खेलिरहेको पनि मलाई थाहा छ । २ बज्छ । कुनै पनि निर्णयलाई म आग्रहका साथ समात्न सक्तिनं । आत्मसात् गर्न सक्तिनं । जानु र नजानुको दोसांधबाट म एउटा बाटो खोज्छु । बाटोमा पनि त सोच्न सकिन्छ । लुगा फटि गर्छु निस्कन्छु । घडी हेर्छु तीन घण्टालाई ५ मिनेट मात्र कट्टा भएको छ । केही मिनेट पार गर्छु यो क्रियालाई केही क्षण केही अर्कै कुरालाई लिएर विषयान्तर हुन खोज्छु । परको क्षिितजलाई ताक्छु । डांडा र हिमाललाई ताक्छु । घर समाजलाई ताक्छु । व्यक्तित्वले मलाई ताकिरहेको छ । सम्पूर्ण व्यक्तित्व जागा भएर उठ्छ । बलात् एउटा निर्णय आउन खोज्छ । यतैबाट घरतिर र्फर्कूं ⁄ एकछिन अडिन्छु । सांच्चै र्फर्कूं त प्रश्नलाई सारा चेतना दिएर हेर्छु व्यक्तित्वको सवाल छ ⁄ यसरी केटी नै जीवनको महत्त्वपूर्ण कुरा हुन सक्तैन ⁄ निर्णयमा पुगें-पुगेंजस्तो हुन्छ, पाइतलालाई अनायासै घरतिर मोड्छु । केही कदम हिंड्छु । केही कदममा पुगेर रोकिन्छु । उसको आकृति मेरो अगाडि आएर उभिन्छ । म लठ्ठी भांच्ने निहुंमा छेउको रूखमा सुमसुम्याउन थाल्छु । कमसेकम अलि परसम्म पुग्न सकिन्छ । अझै विचार गर्ने ठाउं छ । मन नलागे उसलाई नभेट्न सकिन्छ । तर्क गर्छु फेरि उतैतिर र्फकन्छु । ३ बज्छ । अझै दुइ घण्टा बाकी छ । केही लम्कन्छु र छुटेको अलमललाई पाइतलामा संगेट्न खोज्छु । ठूलो व्यक्तित्वले उसलाई भेट्नै नहुने भन्ने के नियम छ - कुनै यस्तो प्रश्न गर्छु एउटा यस्तो व्यक्तित्वले त्यस्तीलाई भेट्न खोज्नुको के अर्थ हुन्छ - कुनै यस्तो प्रश्न झिक्छु । मेरो व्यक्तित्व र उसमा कुनै सामञ्जस्य स्थापना हुन सक्तैन । सोचाइलाई स्थिर पार्न खोज्छु । असफल बन्छु । एउटा व्यक्तित्वपूर्ण व्यक्ति भएर एउटा यस्तो कुरामा निर्णय नलिन सक्दा म आंफैलाई फकिा लाग्न थाल्छ । म व्यक्तित्वलाई नसुहाउने कुरा गरिरहेछु भन्नेमा पर्छर्ुु आंफैलाई शङ्काले हेर्न थाल्छु । उसलाई नभेट्दा के छुट्छ जिन्दगीबाट - एउटा प्रश्न सलाई कोरेझैं कोर्छर्ुु शङ्कामाथि हेर्छु ४ बज्छ । मात्र एक घण्टा बाकी छ । अडेर सोच्न खोज्छु । अड्ने अवकाश छैन । तैपनि अड्न खोज्छु । घर र्फकन मन हुन्छ । यहांसम्म आइसकेपछि घर र्फकनु राम्रो होइन पनि भन्ठान्छु । अडेजस्तो पनि छु । हिंडेजस्तो पनि छु । आंखाभरि ऊ आएर छापिन्छे, मुटुभरि के के समाइएजस्तो हुन्छ । भित्र-भित्रै के के पाइएजस्तो हुन्छ । कममा पनि एक घण्टा बाकी छ । यसको उपयोग गर्न सकिन्छ । यो घण्टाको लोभबाट पनि म मुक्त हुन सक्तिनं । सोचाइको सम्पूर्ण भार यही घण्टामा पुगेर बिसाउन खोज्छु । ऊभन्दा अलि वरको मोडमा पुग्दा निर्णय खुल्छ भन्ने कुरालाई एक र अन्तिम सत्य स्वीकार गर्छु पयरलाई गतिमा आउन दिन्छु । ऊ नजिक-नजिक हुदै गएको र्स्पर्श मीठो पनि छ । व्यक्तित्व आफूबाट टाढा-टाढा हुदै गएको अनुभूति पोल्दो पनि छ । भेट्नु हुन्न भन्ने नै ठीक लागे मोडलाई फाटेको बाटोबाट घरतिर लाग्ने निधो छ । ऊ र व्यक्तित्वको र्स्पर्श समानान्तर रेखामा उठ्दै जान्छ । ४,३० हुन्छ । २०/२५ मिनेटमा मोड पनि छोइन्छ । निर्णय आउन खोज्छ । हराएर जान्छ । आउन खोज्छ । हराएर जान्छ । उसमा केही त्यस्तै कुरा छ जस्तो लाग्छ । केही त्यस्तै कुराले मलाई आकषिर्त पारिरहेछ, डोर्याइरहेछ जस्तो लाग्छ । केही त्यस्तै कुराको मोहले म बांधिएको छु जस्तो लाग्छ । मान्छेले मान्छेलाई भेट्न नहुनु कुन त्यो सीमाको उल्लङ्घन हो - कुन त्यो दिशाको विपरीत हो - जवाफ पाउन खोज्छु, । उसलाई भेट्ने नै निर्णय तर ओर्लन्छु । अचानक मोडमा पुगेर अडिन्छु । व्यक्तित्व आएर उभिन्छ । व्यक्तित्व यस्तो कुन एउटा साहस हो जो हरेक मोडमा आएर आफ्नो आकृति खोल्छ । कुन एउटा शक्ति हो जो हरेक सोचाइको विरुद्ध आफ्नो अधिकार बोल्छ - निश्चल अड्छु । मलाई मोडमा अड्ने र्फर्ुसत छैन । ५ बज्न ५ मिनेट बाकी भएको छ । मलाई कुनै प्रश्न र शङ्का गर्ने र्फर्ुसत छैन । ५ मिनेट त त्यो ठाउंमा पुग्न लाग्छ, मेरो व्यक्तित्वले नै म बनेको छु । म भन्ठान्छु, मेरो व्यक्तित्वमाथि कुनै त्यस्तो कुरो छैन जसलाई हेरेर मैले झुक्नु परोस् । कुनै त्यस्तो कुरो छैन जसलाई हेरेर मैले रुक्नु परोस् । मोडबाट अर्कोतिर फाटेको बाटोलाई हेर्छु ऊ मेरो आंखामा आएर एउटा नक्सा कोरिन्छे । म विश्वको मानचित्रमा उसको पनि अस्तित्व भेट्छु । उसले मलाई निम्ता दिएकी छ । म यहांसम्म आइसकेको छु । कुनै अज्ञात दिशाले मलाई कतैबाट देखिरहेको पनि हुन सक्छ । यहांबाट घरतिरको बाटो समात्नुलाई म सहसा तयार हुन्नं । उचित मान्न सक्दिनं । सक्छु कि भनी एक मिनेट लिएर बल गर्छु अर्समर्थ बन्छु । घरैबाट किन आउनुपथ्र्यो भन्ठान्छु । अब उसलाई नभेटीकन र्फकनुलाई म मेरो कमजोरी भन्न थाल्छु । लाज भन्न थाल्छु । डर भन्न थाल्छु । सोचाइ शिथिल हुन्छ । म रातो, नीलो र कालो हुदै जान्छु । ५ बज्न अब ३ मिनेट लाग्छ । मेरो सोचाइको अवसान कति टाढा छ म अन्योलमा छु । चिट्चिट् पसिना आउन थाल्छ । सारा शरीरमा रगत वेगले चलेको अनुभव गर्छु मुटुमा स्पन्दन चढ्छ । मोडमा बाटो दुइतिर फाटेको छ । म पनि दुइतिर फाटेको छु । मेरो यात्रा एउटा कुरासित सम्बद्ध छ जस्तो लाग्छ । केटी नै मेरो जीवनयात्राको अनिवार्य र्सत होइनजस्तो लाग्छ । व्यक्तित्वलाई फुकालेर म केटीको सामु प्रस्तुत हुन सक्दिनं भन्ठान्छु । समय मलाई पछारेर फड्का हान्न खोज्छ । म निधारबाट पसिना होइन बर्षाझरेको देख्छु । नसामा रगत होइन खोलो बग्छ । छातीमा पहिरो चल्छ । सिङ्गोमा म एउटा असन्तुलित हुन्छु । घडी २ मिनेट मात्र मेरो देखाउंछ । सोचाइ छरिएर जान्छ । म शिरलाई उठाएर चारैतिर घुमाउंछु । पर आंखामा एउटा आकृति छोइन्छ, दुइटा आंखाले मलाई पर्खिरहेको देख्छु । ऊ रूखमुनि बसेर मलाई हेरिरहेकी छ । अब म उसबाट भाग्न सक्तिनं । भाग्न सकिरहेको पनि छैन । अनिर्णयको स्थितिबाट म उठ्दै उसतिर जान्छु । एक मिनेट बाकी छ । यो कसको मिनेट हो, र कस्तो मिनेट हो म भन्न सक्दिनं ।
-"हजुरलाई म एक घण्टादेखि पर्खिराखेकी ⁄"
-"तिमीलाई भेट्न म ३० घण्टादेखि आइराखेको ⁄"
-"अब भेट्नुभो त -"
-"अझै सकेको छैन ।"
-"देख्नु त भयो होला नि -"
-"छु ।"
-"म हजुरलाई माया गर्न थालेको छु ।"
-"म आजभोलि त्यो पाउन थालेको छु ।"
आकाश चुपचाप टाउकोमाथि बसेको छ, मानौं हामीलाई सुन्ने यहां ऊ मात्र एक छ । आकाशलाई हेर्छुऊ मलाई हेर्र्छे म उसलाई हेर्छुऊ पृथ्वीलाई हेर्र्छे
-"म हजुरलाई मन पर्छु कि पर्दिनं -"
-"यो तिम्रो मात्र प्रश्न होइन ।"
-"हजुर, कसको -"
-"आइमाईको मात्र होइन ।"
विगत घण्टाहरूमा कोरिंदै मेटिंदै गरेको एउटा नक्सा एउटा तरुनो क्यान्भासमा उभिएको छ । म सम्पूर्ण अङ्गमा उत्सुकता लिएर उठेको छु । ऊ पृथ्वीलाई छोडेर मलाई हर्ेर्छर्ेे म आकाशलाई छोडेर उसलाई हेर्छु हेर्दाहेर्र्दै उसको लाज ओठको एउटा कुनाबाट फुट्छ ।
-"म हजुरमा समर्पित छु ।"
म उसलाई पढिरहन सक्छु । सुनिरहन सक्छु । म उसलाई हुन्छ पनि भन्न सक्दिनं, हुन्न पनि भन्न सक्दिनं । मलाई व्यक्तित्व-बोध हुन्छ ।
-"म आंफैमा समर्पित छु ।" -म भन्छु र मोड फाटेकोतिर हेर्छु
 
 
[ top ]

सत्ताच्युत

 

भाउपन्थी

 
अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । हजामको पसलबाट जिस्कंदा पनि उसको दाहिने हात उसको माथिल्लो ओंठको दाहिनेतिरको कुनाको जुङा बटारिरहेको थियो । यो ऊ विचारमग्न हुनुको अर्को लक्षण थियो उसले नियमित र लत लागे झैं त्यो ठाउंको जुङा कति बटार्यो भने त्यहांको भाग रौं नै नपलाउने गरी खुइलिएको थियो ।
सत्तामा छंदा उसले आफ्नो उमेर नसुहाउंदो लामो कपाल पाल्ने सोख गरेको थियो । कपाल लामो पाले पनि यता उसको जुंगा उम्रंदैनथ्यो । नत्र उसले सत्ताको तत्कालीन प्रतीक घोप्टे जुंगा पनि पाल्ने नै थियो । उसले त्यसरी लामो कपाल पाले पनि उसको व्यक्तित्व आकर्ष र समकालीन हुन सकेको थिएन । कुनै पनि कुरा बलजती गर्नु उसको स्वभाव भइसकेको छ । लामो कपाल पाल्नु पनि त्यसमा पर्ने एउटा प्रमाण हो । ऊ स्थानीय स्तरमा लगातार पांच छ पटक चुनाउ जित्दै आएको छ । यसले पनि उसमा मैले जे गरे पनि हुन्छ भन्ने घमण्ड पैदा गरिदिएको छ । त्यही घमण्डले ऊ अरूलाई मिच्ने काम गर्छ । अरूलाई त अरूलाई ऊ आंफैंलाई पनि मिच्ने बलजती काम गर्छ भन्ने देखिन आएको छ । किनभने उसले आफ्नो होचो अग्लाइको उल्टो पर्ने गरी भकुन्डे भुंडी बढाएको छ ।
यसरी ऊ अहिले हजामको पसलबाट बाहिरिंदै ठुटे देखियो । सत्तामा छंदा निकै खर्च र स्याहारले पालेको लामो कपाल काटेर छोटो पारिएको थियो । साथै उसले चुनाउ जितेर स