|
|
 |
| |
| मेरिजुआनाको लत |
|
| |
| ईश्वरवल्लभ |
| |
पानी रोकिदिएकै हो
तलाउले, दहले कि पोखरीले
आखिर सागर पुग्नु भनेको त हो त्यसैले
बादल भएकै हो
शिखरमा परेका साँझ र सखारका किरणहरूसित
पानीले भिजेकै हो
शीतमा थोपा-थोपा परिणत भएकै हो
यस यात्रादेखिन्
उस यात्रासम्म
यहादेखिन् पर दूरन्तसम्म
सबै दिगन्तहरूसम्म, सबै सिमानाहरूसम्म
पुग्ने र जाने इच्छाहरू र क्षितिजमा वास बस्ने इच्छाहरूसम्म ।
आकाशका नीला-नीला भुवाहरू
कहिले सपना पनि भएका हुन्
कहिले बेँसी र लेक भएका हुन् यात्रामा
कहिले कुनै बिसौनी र विश्राम भएर ठाउँ-ठाउँ
रोकिएका हुन्
त्यहाँ देखिएका विम्ब र स्वरूपहरूमा कहिले
म आफूलाई अनुवाद गर्छु यसो हुनाले
तिमी के हौ म चिन्दिन
पलाँस र गुराँसको बोट लाग्छ, राता फूलहरू
गुलाबी, सेता र बैजनी फूलहरू ।
गुम्बजहरू
छानाहरू, ओतहरू र गुफाहरू ⁄
यात्राका बिसौनी र विश्रामहरू
भइगो
म पानी हुँ भने
म बगुँला यात्रामा
तिमी पानी हौ भने
तिमी एउटा लत हौ र मेरिजुआना ।
|
|
|
|
| |
 |
|
| |
|
| आज कसैलाई बिदा गर्नुछ... |
|
| मोहन कोइराला |
| |
बाजाहरू बज्छन् बडो मीठो ढङ्गमा
म डुब्छु पर्वत-पहाड सब डुब्छन्, जब बाजा बज्छ
मङ्गल धुनहरू, आशीर्वाद धुनहरू, मुहुर्त धुनहरू
त्यही मङ्गल धुनमा कोही एयरपोर्टबाट फुत्त ओर्लिन्छ
कोही आमाको पेटबाट निस्किन्छन्
आज कसैले लामो समयको श्वास फेर्यो त्यही बाजामा
आज कसैले लामो समयको प्रस्थान गरे कतै
बाजाहरू बजे कसैको आगमनको पूर्वतयारी सुरु भयो
बाजाहरू बजे कुनै पूर्वाङ्गको रेखी भुइंमा पर्यो
बाजाको भित्र धेरै अर्थ लुकेको हुन्छ-
बाजा कतै वसन्त श्रवण गर्दा र मालसिरीमा पनि बज्छ
बाजा त आजकाल कुनै ओस्तादले रिवाज गर्दाको
बैठकमा सुनिन्छ
सितारको अभ्यासमा लागेकी नवयुवतीको थप
अङ्गुलीबाट पनि बज्छ
आज कसैले कसैको लामो प्रतीक्षापछिको सम्झनामा
बजाएको पनि छ
कसैले आज कसैलाई धेरै दिनका लागि बिदा गर्नु छ सायद त्यो
धेरै वर्षसगै बसेको मित्र वा आफन्त हो -
कुनै बज्ने बाजा अन्तिम पनि होइन
सुरुआत पनि हुदैन
सहनाई बजेको सुन्दा म कस्तो कार्यमा लागेको छु ज्ञान गर्छु र आज कसैलाई कसैले स्वागत गर्नु छ
कुनै ठुस्सेर रिसाएको खुसी गर्नु छ तेस्तै, अश्रुपूर्ण
कसैलाई बिदा गर्नु छ-
बाजा बज्दा कति अचम्म लाग्दैन, अब ।
|
|
|
|
| |
 |
|
| |
|
| उज्यालोको जलसमाधि |
|
| |
| तुलसी दिवस |
| |
रातो सूर्योदयअगावै पहेंलो सूर्यास्तको
कालो गुलाबी सपना साँचेर,
रातको हाँगाबाट अचानक बिम्झेझैँ लाटोकोसेरोले
पिर्लिक्क, ध्यानमग्न तर झरिलो आँखा उघार्यो, अनि
हिमशिखरबाट क्रमशः पाखा-पखेरा, गाउँघरमा
आलो उज्यालोको सुकिलो रातो माटो पोतेर
अँध्यारोको वनबाट पखेटाले बाँकी निद्रा टकटक्याउँदै
दिन बास्न लागेको उज्यालोको अथक गायक
वनकुखुराको भालेलाई कानैमा कराएर एकाएक भन्यो-
अँध्यारोमा उज्यालो ⁄ अँध्यारोमा उज्यालो ⁄⁄
तिमी सधैं यसरी अब
सूर्यको अखण्ड गीत गाइरहन सक्तैनौ,
अनि फेरि सूर्य जहिले पनि, जहाँ पनि र जोसँग पनि
त्यति नै महत्त्वपूर्ण हुदैन र छैन पनि सुन : म भन्दै छु ।’
यो सङ्कथनमा
निहित सत्यको भरभराउँदो आगोले तत्काल पोलेर
समयअगावै अँध्यारोमा बिम्झेको
तर चोखो डामिएको अलिकति उज्यालोजस्तो
कुखुराको भालेले युगौंदेखि लेख्दै गरेको युगान्तकारी
आफ्नो संवर्द्धित महाकाव्यको प्रदीप्त आकाशबाट
अचानक सूर्यलाई टिपेर बाहिर कतै फेरि
अर्को निस्सीम अन्तरिक्षमा, आफ्नै
कलमको चुच्चोले काटेर फालिदियो⁄
सोच्दै नसोचेको यो अविश्वसनीय तर घटित सत्यको
अप्रत्याशित विद्युतीय झट्काले रन्थनिएर
लाटोकोसेरोले फेरि अँध्यारोमा पनि आँखा चिम्ल्यो
र कुखुराको भालेलाई नतमस्तक प्रशस्तिमा भन्यो-
अन्धकारको सम्पूर्ण कालो विष पिउने
हे कालकण्ठ तिमी ⁄
तिमी यथार्थमा कालपाशले बाँधिए पनि
अनिर्बन्ध महाकाल रहेछौ,
तिमी जीवनमा केवल कविता मात्र नलेखी
स्वयम् कविता बाच्ने महाकवि रहेछौ ।’
तर अर्कोतिर कुखुराको भाले, यसैबेला
अन्तरिक्षमा आंफैले फालेको निरीह सूर्यलाई
अँध्यारोको अतल समुद्रमा चुपचाप
डुब्दै-उत्रँदै गरेको एकोहोरो हेरिरहेको थियो ⁄
सत्यतः आफ्नै आकाशबाट काटिएको सूर्य
पौडी खेल्दाखेल्दै गलेर
अघि कहिले डुबिसकेको थियो ।
|
|
|
|
| |
 |
|
| |
|
| यी आँखाले वरण गरेका |
|
| |
| द्वारिका श्रेष्ठ |
| |
यी आँखाले वरण गरेका
यी गर्भवती दिनहरूमा
यी वेश्या दिनहरूमा
जुन यसरी परागमन भए-
आऊ हिडौँ हिंडौँ
गाड्दै आफूलाई बेला र ऋतुभित्र
-कोही जन्मनुअगाडि
-आफ्नै रूपमा कसैलाई चिन्नुअगाडि
यो नपल्हाओस्
अर्को वर्ष अर्को दिन र अर्को क्षण पनि ।
तिमी त साँच्चै एउटा फिलिङ्गो’
डढेलो लागोस् यहाका रूख-पातमा ।
मुच्छिर्त हुदै गएका हाम्रा चेतना
नबिउझाऔँ हामी आफ्नै स्वरले
हामी आफ्नै बोझले,
सुतौँ हामी बरु यी पला र दिनमा
यो मूर्च्छना लम्ब्याउन
अर्थ बिर्सन बर्बराइमा ।
हाम्रा आँखामा सपना उम्रने निद्रा छैन
हाम्रा बोलीमा कथा हाल्ने स्वर छैन ।
प्रतिनिधित्व गत विस्मृतिको जब हामी झुन्डिरहेछौँ
पात र हाँगाविनाको रूखमा,
जब हामी बगिरहेछौँ
छातीका करङे लहरमा ।
यो विस्मृति
हो यो परागर्भाश्रय
हामीले जन्मायौँ अनन्त सन्तानहरू
आफूले आंफैलाई बिर्सन
र निर्वासित हुन लाक्षागृहमा ।
हाम्रो मृत्यु पनि त भएन
तिमीलाई दिने आशीर्वाद त हामीसित्तै बाँकी छ,
हामी छोपिरहेछौँ लगातार
फुस्केर आएका तिम्रा दिनहरू,
हामी गर्भपात गरिरहेछौँ तिम्रै कोखमा
आफू आंफैको बोझ हलुङ्गो पार्न ।
विस्मृतिको यो धमिलो कुवा
देखिनँ मैले आफ्नै प्रतिविम्ब ⁄
यो आँखा खेल्छ
डायनाको निर्वस्त्र शरीर,
उफ् ⁄ म परिवर्तन हुँदै छु आफ्नै रूपबाट
र मेरा कुकुरहरू परिवर्तन हुदै छन् ब्वाँसामा ।
दौडौँ यहाँबाट
भागौँ यहाँबाट
घचेटूँ यी दिनहरूलाई यस कुवामा
अथवा आत्महत्या गरुन् यिनीहरू सबले ।
पसिनाले लटपटिएको यो शरीर
छाम्छ एक मुठी चिसो हावा,
उफ् ⁄ यो काचो वायु,
र यी रोगी दिनहरू
उफ् ⁄ यो गन्हाउने कुवा
व्याप्त हुन्छ आफ्नै शरीरभरि
-आफ्नो घरभरि
-आफ्नो ओछयानभरि
यी दिनमा
यी साँझमा
र यी निद्राका ओथारोमा हुर्किएका हामी
स्वयं फालिरहेछौँ एउटा नमीठो गन्ध
र लटपुटिइरहेछौँ
विस्मृतिझैँ यो साह्रो र मोटो ओछयानमा ।
मैलिइसक्यो साँझ पनि
आऊ, आऊ निस्कौं
र बोक्सीले झैँ बालौँ
आफ्ना यी दश औँलाहरूमा-
आफ्ना इच्छामाथि विजय गर्न ।
यी अपराधी विस्मृति
आँखामा उघ्रन्छन् कुवा भएर,
यो सूर्य कति धमिलो
के म पर्खन सकुँला यहाँ
जब सात सूर्य उदाउलान् आकाशमा ।
जिन्दगी एउटा अपराध
र सम्झना एउटा अपराध
र अपराधै-अपराध ल्याउने यी
बिचरा हाम्रा आँखाहरू,
लखेटिरहन्छन् यी अपराधी दिनहरू,
सिँगारौँ सिँगारौँ यिनीहरूलाई
र उपहार चढाऔँ
यहाँका प्रेमिकाहरूलाई-
उनीहरूका विवाहमा यी डोली नै बनून् ।
जिन्दगी एउटा अपराध नसोध,
नसोध,
हामीले के के हत्या गर्यौं -
हामी
हाम्रा बिचरा यी मायाहरू
आऊ आकाशमा, उडाऔँ परेवालाई झैँ
र आऊ हात ठोकौँ, ठोकौँ,
सबै-सबै बिर्सने गरी
आफू आफूबाट
फुकाल्न हुन्न यो आफूलाई आफ्नो कोटझैँ
केही विश्रान्ति र धूलोबाट मुक्त हुन
टाटै-टाटा डोबहरू आफ्ना अरूका
हात-खुट्टा र अनुहारहरूका ।
उधार्न हुन्न न त आफ्ना लुगाका सिउनीहरूलाई झैँ
कि सोचूँ नयाँ सिर्जनाको नयाँ खाका
कि सोधूँ पुरानो सिर्जनाको सीमाबद्धता ।
धूलो उड्छ-उड्छ आफ्नै टेकेकोबाट
डोब र अनुहारहरू उत्रिएर आउँछन् आफ्नो परिचयबाट
र सीमाको बद्धता हुन्छ आफ्नै थकाइबाट ।
हराउने - खै कहाँ हराउने र --
परिचयले ढाकिएको यस बस्तीमा
अनुहार उत्रिएको यस ठाउंमा ।
हाम्रा निद्रा कति पातला
खप्टै खप्टयाउंछु निद्रा दिएर
एकपछि अर्को रातमा ।
यो माकुराको जाल
कति पातलो कति सुन्दर
चिच्याउनु हुन्न, न त साह्रो कराउनु हुन्छ
चुंडिन्छ यो मन-मनभित्र
कुरुपिन्छ यो मन-मनैभित्र
यो मन कस्तो -
उफ ⁄ कसरी खजमजाउन सक्छ
आफ्ना सन्तोषका सतहलाई
आफ्ना सीमाका सांधलाई
सन्तोष जो रोपिएन एउटै ठाउंमा
र जो लिएन एउटै रूप
इच्छा जो बढ्यो माछाझैँ
ठूलो-ठूलो हुदै सानो माछा खांदै
सीमा तरङ्गिरहन्छ बेर्र्दै बेर्र्दै माछालाई
बेर्र्दै-बेर्र्दै सम्पूर्ण पोखरीलाई ।
यस आकाशभरिको प्रकाशको विकिरण
मेरो आँखा मानौं एउटा पोखरी
म अङ्गीकार गरिरहेछु
मात्र लट्ठिन थकाइबाट, आफ्ना अनुहारबाट
सूर्यको उदाउनु र अस्ताउनु
मात्र बिउंझनु र सुत्नु
रेखाबद्धता सीमाको
जो बांध्न सकिएन यी पाखुरा र पिडौंलामा,
बिउंझनुको एउटा विवशता
जस्तो हिंड्नुको एउटा अतिक्रमणता
आफ्ना सीमाबद्धताहरूमा
जन्मनुको सीमाबद्धता
वर्यौं-वषौं सांध-सीमा लगाउंछ ।
मौन र स्थिरता एउटा मृत्यु
हामी मात्र एउटा बीज
जो फस्टियो अनेक हांगा र उपशाखामा
हाम्रा सुस्केराहरूका माझमा
हामी एकल बीज
उभिरहेछौं सम्भ्रममा आफ्नै रूखको छहारीमा
आफ्ना इच्छाका छायांहरूमा ।
यो बुद्धको बोधिवृक्ष र यो बुद्धको निर्वासन ।
|
|
|
|
| |
| |
| |
 |
|
| |
|
| म आंफैमा हुन्छु |
|
| |
| कृष्णभक्त श्रेष्ठ |
| |
धेरै जसो
म आंफैमा हुन्नं
कीट-पतङ्ग समेत बिम्झने गरेको
यो उज्यालोमा
यी दुइ चार हुलियाहरूद्वारा नै
म आफूलाई चिनाउने गर्छु यसरी नै सबैलाई
चिन्ने दावा गर्छ, जब जब म आंफैमा हुन्नं
बरु बेस
त्यो आंफैमा घोप्टिएको अँध्यारो रात नै
जब एकलै म
मेरो व्यस्त संसारबाट अलग्गिन्छु
मेरा हुलियाहरूबाट अलगिन्छु
त्यस बेला
हो, म आंफैमा हुन्छु
बन्धनमुक्त
फगत मै मात्र हुन्छु
कहिलेकाहीं
म आंफैमा हुन्छु । |
|
|
|
| |
 |
|
| |
|
| चोट |
|
| |
| वानीरा गिरि |
| |
चोट ⁄
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट सुरु गर
दुइ आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू
तिमी र म
मितेरी लगाई एकाकार बनौं
सदार्-र्सवदालाई ।
कति घतलाग्दो ⁄
एक दिन
सम्सांझै
दोबाटोमा तिमीसित
जम्काभेट भयो ।
मैले
आफूलाई सम्हाल्न नपाउंदै
एक्कासि बलात्कार गर्यौ तिमीले
त्यस बेलाका
ती क्रूर आत्मीय क्षणका साक्षी
रगतका कुमारी टाटाहरूर्
र्सजमिन नभएका बेवारिसे लासजस्तै
छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा
हरेक चोटि
हरेक दिन
हरेक प्रहर
हरेक पल
ओहोरदोहोर गर्दा ती टाटाहरूले
झवास्स-झवास्स
मलाई दिलाइरहन्छन् तिम्रो सम्झना
र चोट यस्तरी अब ता
तिमी मेरो
सम्झना बनिसकेका छौ ।
चोट ⁄
पहिले-पहिले
तिम्रो हरेक प्रहार मेरा निम्ति
आगोको मुस्लो हुन्थ्यो
कांडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो
औंसीको रात हुन्थ्यो
तर आजभोलि
तिम्रो हरेक प्रहार एउटा र्स्पर्श बनेको छ
म स्वयम्-
आगो बल्ने चुलो बनेकी छु
कांडा उम्रने झयाङ बनेकी छु
खुकुरी राख्ने दाप बनेकी छु
गोमनको विषालु दांत बनेकी छु
औंसीको अंधेरी रात बनेकी छु ।
र्
र्सकसमा रत्याएजस्तै बघिनीलाई
चटकेको बाजाले रत्याएजस्तै र्सर्पिनीलाई
चोट
तिमीले कति चांडै रत्यायौ मलाई
अब त
तिमी र म
नङ र मासु बनेका छौं
कृपण र पैसा बनेका छौं
चोर बाटो र पैताला बनेका छौं
हिंड ममाथि
सम्पूर्ण चोरी र डकैतीका साथ
यो निश्चय छ
तिमी थाकौला
म थाक्तिनं ।
ममा उम्रेका
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
तिम्रा विध्वंसक आंधीबेरीका झोक्काहरूले
सोत्तर पारिदेऊ
ध्वस्त पारिदेऊ
चोट ⁄
तिम्रो भीमकाय स्वरूपले गांज मलाई
तिम्रा लपलपाउंदा
डढेलाका ज्रि्राहरूले चाट मलाई
तर उल्टो
थेत्तर बनेर
तिम्रा चोटैचोट थन्काउने तोपखानामा
मुन्टो लुकाउन आउंछु म
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
तर पक्का हो
कान फोरेर सुन चोट ⁄
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नं
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नं ।
|
|
|
|
| |
 |
|
| |
|
| प्रियजनहरू र्फर्किसके |
|
| |
विमल निभा |
| |
तिम्रो अनुहारलाई चिथोरिएको छ
रगत निस्कने गरी
के यो कुनै कोमल नङ्ग्राबाट
भएको हो -
तिम्रो पिठयूं मा छुरा रोपिएको छ
भित्रसम्म गहिरिएर
के यो पक्का इस्पातको
छुरा हो -
तिम्रो पेटलाई गोलीको निशाना बनाइएको छ
ठाउं-ठाउंमा
के यो आयातित राइफलबाट निस्केको
गोली हो -
तिम्रो सम्पूर्ण जीउ रगताम्य छ
र पीडाले तिमी कराइरहेछौं
के यो राष्ट्रिय गीतको कुनै
पङ्क्ति हो -
तिम्रो ओठ निचोरिएको छ
तिम्रा दुइ आँखा सुख्खा छन्
तिम्रो गालाको हाड बाहिर निस्किएको छ
तिम्रो निधारको छाला तानिएको छ
तिम्रा हातका औंलाहरू कांपिरहेका छन्
तिम्रो घुंडा उल्टो मोडिएको छ
के यातनागृहबाट तिम्रा सबै प्रियजनहरू
र्फर्किसके - |
|
|
|
| |
 |
|
| |
|
| जेब्राक्रसिङनिर उभिएर |
|
| |
सरुभक्त |
| |
दुइ ठूला ढुङ्गाबीचको
तरुलझैँ-
पेटीहरूबीच च्यापिएको छ- सडक
जसलाई पार गर्न
म जेब्राक्रसिङ’ को छेउमा उभिएको छु
पेटीबाट ओर्लिएर
कारण
सडक भेट्न पेटीबाट ओर्लिनर्ुपर्छ,
र समय भेट्न
घण्टाघरको र्सर्ुइलाई उल्टो घुमाउनुपर्छ ⁄
हुस्सूको अन्धकारमा
दिनदिनभर
हेडलाइटहरू बालेर
सवारीहरू आइरहेछन्, इतिहासका पानाहरूमा
डांकुहरूसरह
ज्यानमाराहरूसरह
लुटेराहरूसरह'
तर,
सडक पार गरिरहेछन् मानिसहरू
मेरा आँखाअगाडि ,
कोही सवारीहरू बलात् रोक्छन्
सडक पार गर्छन्,
कोही सवारीहरू अलमलिएका देख्छन्
मौका छोप्छन्
सडक पार गर्छन्,
कोही लाटागांडाहरूको झुन्डझैँ
सवारीहरू देख्छन्
उतर्सिन्छन्
आँखा चिम्लेर भाग्छन्
भाग्दाभाग्दै अन्जानमा
सडक पार गर्छन्
कोही-कोही
सहिद पारेर आफूलाई
सवारीहरू रोक्न खोज्छन्
सडकमा
विरोधको नशा पिएर,
अनि
स-साना आयतनहरू लाम लाग्दै
मानव-पर्खाल लाउन खोज्छन्,
म,
सभ्यता, अनुशासन, शान्तिको
सुरक्षति दूरीमा
फुलाएर कुखुराका चल्लाहरू
मनका हांगा-हांगामा
उभिएको छु- खालि उभिएको छु'
र सडक पार गर्ने पालो पर्खिरहेछु
असफल प्रेमीले जीवनको सुखलाई पर्खेझैँ । |
|
|
|
| |
 |
|
| |
|
| गाउंको गोरेटो |
|
| |
| मञ्जुल |
| |
मलाई गाउंको सानो गोरेटो भनेर नहेप्नू
म भीरमा पनि लान्छु, खेतमा पनि
म बस्तीमा पनि लान्छु, एकान्तमा पनि
जहां गोरेटो छैन
म त्यहाँ पनि लान्छु
जहां गोरेटो छ, मूलबाटो छ
म त्यहीं बिलाउंछु पनि
यस्तो बेला
म मान्छेको हृदयमा हिंड्छु
कहिले रात सुत्छ मेरो किनारामा कहिले दिन
कहिले सांझ सुत्छ मेरो किनारामा कहिले बिहान
कहिले कुहिरो सुत्छ
कहिले शीत सुत्छ
कहिले घाम सुत्छ मेरो किनारामा कहिले जून
कहिले ताराहरू सुत्छन्
मान्छेको हृदयबाट जन्मेको
गीत भएर पनि हिंड्छु म कहिलेकाहीं
मलाई
गाउंको सानो गोरेटो भनेर नहेप्नू
जिन्दगी मृत्युको कहतारोमा
- उषा शेरचन
शून्य' शून्य' अति शून्य ।'
भयानक पिंजडाभित्र
बन्द मोटरहरू गुडिरहेछन्
- शून्य यात्रीहरू ओसार्दै
- शून्य छातीहरू ओसार्दै
भक्काना छुट्छन् मौनताबीच
- बन्द ज्वालामुखीहरू
अभिशाप बन्दछन् शून्यताबीच
- जीवन र मृत्युहरू
जीवनहरू गिल्ला गर्दै छन्
मृत्युहरू ठट्टा गर्दै छन्
नजिकैबाट सबै-सबैलाई पुन नियाली हेर्दै छन्
- बीभत्स हांसो बोकेर
- डरलाग्दो चीत्कार खोपेर
औंलाका काप-कापबाट-
बिचरो जिन्दगी टोलाइरहेछ
मृत्यु पनि चियाइरहेछ
नालीबाट फुटेका एकनासे स्वरमा
- जिन्दगी पनि बगिरहेछ
एकनासे आवाजहरू गुन्जिरहेछन्
समयलाई चिरिरहेछन्
-सायद अपरेसन गर्दै छन्)
आशाका किरणहरू फुट्न नपाउंदै
- भ्रूणहत्या नगर आवेशमा आएर
भावनाका लहरहरू बग्न नपाउंदै
- बांध नबांध भावावेशमा आएर
रत्यौली खेल्न देऊ जिन्दगीलाई एकछिन
- लामो शून्यतालाई भत्काएर
- लामो मौनतालाई फुटालेर
- जिन्दगीलाई कोल्टो र्फर्ेन देऊ
- जिन्दगीलाई नयाँ आयाम थप्न देऊ
प्रतीक्षालाई विश्राम दिन
झमझम नशा लाग्न थालिसक्यो
बेहोसी छाउन लागिसक्यो
बजाइदेऊ सम्पूर्ण तार छेडेर
- जिन्दगीलाई अब नशा लाग्न नपाओस्
सुनाइदेऊ सम्पूर्ण राग छेडेर
- जिन्दगी अब बेहोसिन नपाओस्
शून्यताले थिच्न नपाओस् कतै
मौनताले बिझन नपाओस् कतै
नभए रंगाइदेऊ जिन्दगीलाई
गितारका तार खेलेर
नभए छेडिदेऊ भावनालाई
सितारका धारिला तार रेटेर
रगताम्य हुने गरी-
स्वप्नलोकबाट ब्युंझोस् जिन्दगी
तारहरूका प्रत्येक घोचाइबाट
आऊ भत्काऊ शून्यतालाई/सपनाबाट ब्युंझाएर
आऊ जलाऊ मौनतालाई/सपनाबाट ब्युंझाएर
ओहो ⁄ कसले छेड्न थाले फेरि
- यी सुमधुर तरङ्गहरू
ओहो ⁄ किन हांस्न थाले फेरि
- यी डरलाग्दा मृत्युहरू
हेर त ⁄ जिन्दगीलाई हंर्साई-हंर्साई
- मार्ने दाउ हेरेको
हेर त ⁄ जिन्दगीलाई र्फकाई-र्फकाई
- मार्ने सुर कसेको
हेर त ⁄ जिन्दगीलाई खेलाई-खेलाई
- मार्ने विचार लिएको
उः' उः' उः' लौ हेर
उः' उः' उः' लौ हेर
मृत्यु पुनः नियाली गयो
- एउटा प्रतीक्षा दिएर
मृत्यु पुनः र्फर्केर गयो
- मीठो आश्वासन लिएर
|
|
|
|
| |
 |
|
| |
|
जिन्दगी मृत्युको कहतारोमा |
|
| |
| उषा शेरचन |
| |
शून्य' शून्य' अति शून्य ।'
भयानक पिंजडाभित्र
बन्द मोटरहरू गुडिरहेछन्
- शून्य यात्रीहरू ओसार्दै
- शून्य छातीहरू ओसार्दै
भक्काना छुट्छन् मौनताबीच
- बन्द ज्वालामुखीहरू
अभिशाप बन्दछन् शून्यताबीच
- जीवन र मृत्युहरू
जीवनहरू गिल्ला गर्दै छन्
मृत्युहरू ठट्टा गर्दै छन्
नजिकैबाट सबै-सबैलाई पुन नियाली हेर्दै छन्
- बीभत्स हांसो बोकेर
- डरलाग्दो चीत्कार खोपेर
औंलाका काप-कापबाट-
बिचरो जिन्दगी टोलाइरहेछ
मृत्यु पनि चियाइरहेछ
नालीबाट फुटेका एकनासे स्वरमा
- जिन्दगी पनि बगिरहेछ
एकनासे आवाजहरू गुन्जिरहेछन्
समयलाई चिरिरहेछन्
-सायद अपरेसन गर्दै छन्)
आशाका किरणहरू फुट्न नपाउंदै
- भ्रूणहत्या नगर आवेशमा आएर
भावनाका लहरहरू बग्न नपाउंदै
- बांध नबांध भावावेशमा आएर
रत्यौली खेल्न देऊ जिन्दगीलाई एकछिन
- लामो शून्यतालाई भत्काएर
- लामो मौनतालाई फुटालेर
- जिन्दगीलाई कोल्टो र्फर्ेन देऊ
- जिन्दगीलाई नयाँ आयाम थप्न देऊ
प्रतीक्षालाई विश्राम दिन
झमझम नशा लाग्न थालिसक्यो
बेहोसी छाउन लागिसक्यो
बजाइदेऊ सम्पूर्ण तार छेडेर
- जिन्दगीलाई अब नशा लाग्न नपाओस्
सुनाइदेऊ सम्पूर्ण राग छेडेर
- जिन्दगी अब बेहोसिन नपाओस्
शून्यताले थिच्न नपाओस् कतै
मौनताले बिझन नपाओस् कतै
नभए रंगाइदेऊ जिन्दगीलाई
गितारका तार खेलेर
नभए छेडिदेऊ भावनालाई
सितारका धारिला तार रेटेर
रगताम्य हुने गरी-
स्वप्नलोकबाट ब्युंझोस् जिन्दगी
तारहरूका प्रत्येक घोचाइबाट
आऊ भत्काऊ शून्यतालाई/सपनाबाट ब्युंझाएर
आऊ जलाऊ मौनतालाई/सपनाबाट ब्युंझाएर
ओहो ⁄ कसले छेड्न थाले फेरि
- यी सुमधुर तरङ्गहरू
ओहो ⁄ किन हांस्न थाले फेरि
- यी डरलाग्दा मृत्युहरू
हेर त ⁄ जिन्दगीलाई हंर्साई-हंर्साई
- मार्ने दाउ हेरेको
हेर त ⁄ जिन्दगीलाई र्फकाई-र्फकाई
- मार्ने सुर कसेको
हेर त ⁄ जिन्दगीलाई खेलाई-खेलाई
- मार्ने विचार लिएको
उः' उः' उः' लौ हेर
उः' उः' उः' लौ हेर
मृत्यु पुनः नियाली गयो
- एउटा प्रतीक्षा दिएर
मृत्यु पुनः र्फर्केर गयो
- मीठो आश्वासन लिएर
|
|
|
|
| |
 |
|
| |
|
| भैगो, युद्ध मलाई हार्नु छ |
|
| |
एस्पी कोइराला |
| |
फगत ऊ
र म छु
अलि पर एक मुठी रात छ
अनि वर एकान्त मैदान छ सुनसान
युद्ध लड्नु छ त्यहीं चुपचाप
हो, युद्ध सबैलाई जित्नु छ
भैगो, युद्ध मलाई हार्नु छ ।
एकान्तको एक र्स्पर्शमै
लज्जावन्ती झारझैँ ओइलिन्छे ऊ
अंधेरीको एक संसर्मै वसन्ती बहार फैलिन्छे ऊ
मनको सानो कन्दराभित्र साउने झरी बर्सिन्छे ऊ
दिलको न्यानो सहाराभित्र गङ्गोत्री पग्लिन्छे ऊ ।
थाहा छैन मलाई कुन युद्ध लडें
याद छैन मलाई
खुम्चिएर पछि सरें वा सुरिएर अघि बढें
याद छ त केवल दुइ निरीह मन
र कोही निष्पृय नयन
हो, बिजुली चम्केपछि अनायास
छताछुल्ल भुइंभरि सुनसान शान्ति पोखिन्छ
कस्तो आर्श्चर्य ⁄
युद्धको शङ्खघोष हुंदा नहुदै
बाचाको अश्वमेघ टुङ्गिन्छ ।
युद्ध जित्न लड्नुपथ्र्यो
किनकि युद्धको परिभाषा उही छ
युद्धझैँ हुनुपथ्र्यो युद्ध आखिर
युद्ध लड्नुपथ्र्यो आफू माथि पर्न
युद्ध म पनि लडें फगत् आफू हार्न ।
मुस्कान ओठभरि पस्केर
जब युद्धमा होमिएछु
मानव म निमेषभरमै
दानवमा पोखिएछु ।
मलाई छेकेर सामुन्ने आज
ऐना मसंगै र्समाइरहेछ
मलाई देखेर आज
मेरो मन मैसंग लजाइरहेछ
उल्टो हिंड्ने मेरै छायांसंग मितेरी गांसेर आज
मभित्रको ऊ मलाई गिज्याइरहेछ
उल्टो घुम्ने घडीसंग दौंतरी साटेर आज
कल्पनाभित्रको ऊ मलाई पल-पल पछयाइरहेछ
हर क्षण छक्याइरहेछ ।
भो, युद्ध सबैले लड्नु छ
हो, युद्ध सबैलाई जित्नु छ
युद्ध नलडी थाकेर म भन्दै छु
भैगो युद्ध मलाई हार्नु छ ।
|
|
|
|
| |
 |
|
| |
|
नमिल्दा इच्छाहरू |
|
| |
शशि भण्डारी |
| |
- तातो सूर्य
दिनलाई सजाउंछ
आंफै शीतलता खोजिहिंड्छ
- रुग्ण चन्ıमा
अंधेरोमा झुल्कन्छ
आंफै रातको वशमा पर्छ
- शुष्क पानी
आंफै तिर्खा मेटाउन खोज्छ
प्यास सम्झी रुने गर्छ
- निर्मोही सपना
आँखालाई बहिष्कार गर्छ
आंफै सांझ कुरिरहन्छ
नमिल्दा इच्छाहरू-
- प्रकाशबाट छाया छुटाउंदै
- दिनबाट राप खोस्दै
- रातबाट धार निचोर्दै
मेघलाई हंसाउंछन्
पानीलाई वेगविहीन बनाउंछन्
सपनालाई पनि अस्वीकार गर्छन्
|
|
|
|
| |
 |
|
| |
|
पानी |
|
| |
नवराज कार्की |
| |
उठ्नु आंधी भएर
उड्नु बाफ भएर
सागरको पिंधदेखि
सगरको टुप्पासम्म
फैलनु व्याप्त भएर
बग्नु आंफैमा पर्याप्त भएर
आंफै बाटो बनाएर निरन्तर
नित्य चञ्चल र नवीन भएर
जस्तै विघ्नलाई पनि अनुकूल बनाएर
पत्थरलाई काटेर, पहाडलाई भत्काएर
कि संगसंगै आफूसितै बगाएर
बढ्नु यात्रामा पानीझैँ
मलाई अत्यन्तै मन पर्छ
आफ्नो गन्तव्य आंफैले पहिल्याएर
कुनै रङ्ग नहोस्, कञ्चन, स्निग्ध र निरङ्ग भइयोस्
सीमित के बांधिनु आकारमा, निराकार भइयोस्
के सांघुरिनु परिभाषाहरूमा, उदार अति उदार भइयोस्
अवस्था र विवशतामा धमिलिंदा पनि कहिलेकाहीं
फेरि सङ्लिएर पहिलेझैँ निर्मल अति स्वच्छ भइयोस्
जम्नैपरेछ भने पनि कतै प्रकृतिसितै
चुलिएर आफू आंफैमाथि
यति उच्च-उच्च भइयोस्
कि सल्ल परेर सहृदयतामा
भिजाउंदै जडतालाई पनि जित्न सकियोस्
|
|
|
|
| |
 |
|
| |
|
सहर र गाउं |
|
| |
हेम हमाल |
| |
सहर बन्यो भने
देश बन्छ भन्छन्
सहरका मानिसहरू ।
यसपालि वर्षा भयो भने
गाउं बन्छ भन्छन्
गाउंका मानिसहरू ।
एउटा सहरिया मान्छे
बाटोमा मोटर अडयाएर
प्रश्न गर्छ-
कस्तो छ अन्नपात -
यसपालि गाउंमा
गाउंको किसान अगाडि बढ्छ
र जवाफ दिन्छ-
खेतीपाती त ठीकै छ,
तर के हाम्रो पसिनाले
तपाईंको मोटरको पेट भर्न सक्छ ? |
|
|
|
| |
 |
|
| |
|
भोलिको गीत
(ब्रिग्रंदो विश्व-वातावरणको चिन्तामा रुमल्लिंदै) |
|
| |
- अविनाश श्रेष्ठ |
| |
चिनाउनुअघि नै गुरुबाले बाह्रखरी
आमाले मलाई चिनाइसक्नुभएको थियो ,
रूख
चरा
आकाश
नदी
मान्छे
र
जङ्गल ।
रूखको साथी थियो चरा
चराको अभिभावक थियो आकाश
आकाशको आत्मीय नदी
नदीको आफन्ती थियो मान्छे
मान्छेको सहयात्री थियो जङ्गल
र जङ्गलले सुसेल्दा शरद् आउंथ्यो
जङ्गलले सुस्केरा काढ्दा थालिन्थ्यो शिशिर
गीत गाउंदा जङ्गलले
जताततै ढकमक्क फक्रिन्थ्यो
वसन्त ।
वसन्तसित थियो- फूलहरूको अक्षौहिणी सेना
पुतलीहरूका हजारौं-हजार बटालियन
सुगन्धका अदृश्य पल्टनहरू
अनि इन्द्रेनीका रङ्गीन सेवा-पदक
छातीमा भिरेर
हांसिरहेको हुन्थ्यो- सुकिलो वातावरण ।
मेरो बाल्यकाल
कुनै दन्त्यकथाको देश जस्तै सुकसुकाउंदो थियो ।
य
आज म
उमेरको उनन्चालीसौं मैनबत्ती बालेर
उभिएको छु फोहोरको थुप्रो जस्तो पृथिवीमा
र खोज्दै छु
ती देवदूत जस्ता
रूख
चरा
आकाश
नदी
मान्छे
र
जङ्गल
कहां गए -
कहां गए ती परीकथाका नायक जस्ता रूखहरू -
रूखहरूमा फूल जस्तै फक्रेका देखिने चराहरू -
चराहरूका गहनाले झलमल्ल सिंगारिएकी चिरयौवना आकाश -
आकाशलाई छातीमा राखेर हिंडिरहने सङ्लो नदी -
नदीलाई पुजेर नअघाउने तत्त्वıष्टा मान्छे -
मान्छेको हत्केलामा सभ्यता राखिदिने जङ्गल -
खै कता गए -
य
थाहा छ
भोलि मलाई
नाति-नातिनाले सोध्नेछन्
पनाति-पनातिनाले सराप्नेछन्
खनाति-खनातिनाले राक्षस कोर्नेछन्
मैले जोगाउन सकिनं
उनीहरूको हिस्साका रूख
उनीहरूको भागका चरा
उनीहरूको अंशको
प्वाल नपरेको नीलो कञ्चन आकाश
मैले जोगाउन सकिनं
आउने पुस्ताका लागि
चितुवा जस्ता जांगरिला - फुर्तिला नदी
दानवताका दांत उम्रनुअघिको सहिष्णुगोत्रीय मान्छे
आशर्वाद जस्तै सधैं संगसंगै रहनुपर्ने जङ्गल ।
य
मेरो खनातिकी आमाले
आफ्नो नाबालक छोरालाई
सबैभन्दा पहिले चिनाउनेछिन्
दुःख जस्तै फैलिएको मरुभूमि
र भन्नेछिन् ,
"बाबा ⁄
तिम्रा जिजु-पुर्खा अदूरदर्शी पिचास थिए
तिम्रा च्याप्जु-पुर्खा मात्तिएका दैत्य थिए
तिमी मानिस बन्ने कोसिस गर्नुपर्छ बाबा ⁄
मानिस बन्ने कोसिस गर' ।"
|
|
|
|
| |
 |
|
| |
|
| सहर |
|
| |
अनिल पौडेल |
| |
तिम्रो सहरमा
घरको धुरीले घाम छेल्छ
मान्छेले मान्छे छेल्छ
सर्ूयास्त थाहै हुदैन
सूर्योदयको चाहै हुदैन
पङ्खाले कृत्रिम हावा पाल्छ
स्वस्थ हावा र पानीको अनिकाल छ ।
न मित्रता छ
न एकता छ
न सहयोग छ
न ममता छ
डिजलको धुवांले
आँखा र फोक्सो छोपेको छ
सडकको धूलोले
श्वासप्रश्वास रोकेको छ ।
तिम्रो सहरमा
मात्र घर छ
आपसमा घृणा छ
डर छ
न कसैको थर छ
न कसैको भर छ
अनुहारमा देखिने हार्दिकता त
इनामेलको पेन्टिङ मात्र हो
व्यवहारमा कुटिल जहर छ ।
तिम्रो सहर/गाउंबाट
केराको थाम सोहोरेर ल्याउंछ
र गेट बनाउंछ
सयपत्री र मखमली फूल चोरेर ल्याउंछ
र तिहार मनाउंछ
आऊ, गाउंमा पनि विकासका कुरा गरौं भन्दा
तिम्रा कमाउंछ
हामी धान फलाउंछौं
ऊ भाउ तोक्छ र तराजु समाउंछ
सभ्यता कसरी सड्दो रहेछ
सहरलाई हेर्दा थाहा हुन्छ
विकृति कसरी बढ्दो रहेछ
सहरलाई हेर्दा थाहा हुन्छ ।
|
|
|
|
| |
 |
|
| |
|
| पोटोम्याक |
|
| |
- जय छाङ्छा |
| |
हरेक दिन तातो सूर्य तल र्झछ
र बस्छ पोटोम्याकमा
बिथोल्दै शान्तिहरू नदीमा
ऋद्ध बाफहरू अकासिन्छन् मिसिंदै सूर्यका किरणहरूसंग
पोटोम्याकको किनारामा बसेर
नियाल्छु म पात्तिएको सूर्य खेलिरहेको हुन्छ, बालुवासंग
प्रत्येक सांझ चन्ıमा तल ओर्लने गर्छ
र खेल्ने गर्छ पोटोम्याकको छातीसंग
र गर्भिणी बनाउंछ-
पोटोम्याकले जन्माउंछे सहस्र साना चन्ıहरू
अतुल्य अनन्त दृश्यहरू ।
दुःखित रात्रिले ल्याउंछ अन्धकार पोटोम्याककै किनारमा
घर र्फकने समयमा जगमगाउंदो पोटोम्याकको सौर्न्दर्यले
गिजोल्छ मेरो स्मृति ।
|
|
|
|
| |
 |
|
| |
|
अर्को क्षण |
|
| |
- कृष्ण जोशी |
| |
म एउटा
यस्तो क्षण हिंडिरहेछु
जुन क्षण
कुनै पनि साइत-बेसाइतमा
अप्रत्याशित विस्फोट हुन सक्छ
म त्यही विस्फोटपछिको अर्को क्षणमा
अर्को स्तब्धतामा
एक झोलाभरि मान्छे बोकेर
सायद एक्लै मान्छे नै हिंडिरहेको हुनेछ
धरतीभरि त्यतिबेला
अर्कै बिहान हुनेछ
आँखाभरि अर्कै नयाँ घाम हुनेछ
विस्फोटपछिको त्यो क्षण
नितान्त म एक्लैको क्षण हुनेछ
कोक्रोमा एक्लै खेलेर
आफ्नो संसार खोजिरहने
नवजात बच्चाको जस्तो क्षण
उज्यालो पनि हुन सक्छ
अँध्यारो पनि हुन सक्छ ।
|
|
|
|
| |
 |
|
| |
|
बन्द मनको पिंजडाभित्र |
|
| |
| शुभ श्रेष्ठ |
| |
मेरो मनको पिंजडाभित्र
छटपटिएका छन् यी प्वांखहरू
बाहिर स्वच्छन्द आकाशले नियालेको छ मलाई
तर म उड्न सक्दिनं
बाध्यतावश प्वांखहरू फटफटाउंछन्
मन एक दिन उडेर बाहिर आउन खोज्छ
तर होइन ऊ बाहिर निस्कनै सक्दैन
भावना र कल्पना मात्र बाहिर निस्कन्छ
मनको आकाश आंफैभित्र फेरि खुम्चिन्छ
मेरो प्वांख नभए पनि हुन्थ्यो
जीवनभरि नै यही पिंजडामा झुन्डिनुपर्ने भए
कुंजिनुपर्ने भए
मेरो मन अतासिएर बाहिर
निर्मल आकाशमाथि
कावा खेल्न खोज्छ
तर विवश पिंजडाभित्रै
फेरि खुम्चिन्छ
कुन धर्म र पापको बीच कावा खांदै छु
बाहिर निर्मल आकाशले चियाउंदाचियाउंदै
म आफ्नै मनको पिंजडाभित्र
निःशस्त्र योद्धाझैँ
आत्मर्समर्पण गरिरहेछु
युद्ध जितेर त्यो ठाउं कब्जा गर्न सक्दिनं
आत्मर्समर्पण गर्न मेरो अहम्ले दिंदैन
त्यसैले म युद्धमा
जित पाउन नसकेको योद्धाझैँ
चुपचाप आत्मर्समर्पण गरिरहेछु
बन्द मनको पिंजडाभित्र ।
|
|
|
|
| |
 |
|
| |
|