Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
  चित्र र कविता
 
Chun, Heung-Soo (Flowery Image)
 
फूलको बिम्ब

मोमिला

शून्यबाट
फूलको बिम्ब झरेको छ
पत्थरको बस्तीमा
कांडा र फूलको दूरी
नजिक भएर पनि
कत्ति टाढा र मौन लाग्छ
एउटै बिछयौनामा
ववव
ग्रिक सभ्यताझैं
तिमी फक्रिएको क्षण
कांडाबीचको तिम्रो शालीन मुस्कुराहट सम्झेर
भगवानसंग वरदान माग्नै बिर्सेछु
आंसु त बेहिसाब लुकाएछौ नि ⁄
चर्केको ऐनामा तिम्रो बिम्ब
प्रेमझैं
अझ सुन्दर देख्दो रहेछु
कतै बेहद घाममा मुर्झाएर
तिमी नजरहरूमा छलिए पनि
आत्मीयताले अंध्यारोमै
चिन्न सक्ने भएछु

फूलसंग आंखा जुध्नु
साह्रै दुःखको कुरा
यहींबाट प्रारम्भ हुनेछन्
आगामी सुन्दर भूलहरू

-नोट, यो कविता कोरियन चित्रकार Chun, Heung-Soo को “Flower Image” नामक चित्रमा आधारित छ ।)

 
Vincent van Gogh (The Starry Night)
 

तारा बलेको रात

 मोमिला

मेरो कविताको रोमान्टिक मुर्र्च्छना
यो रात
शब्दको किनारबाट भागेर, म-
तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु
यतिखेर मलाई
भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ
शब्दसंग शब्दको टक्करमा
केवल शब्दकै आविष्कार
प्रकृतिको शालीन विद्रोह
यो रात
मलाई चित्रबस्तीमै मौन रहन देऊ
समयको भव्य सुस्केरा
यो रात
कतै पुगिन्छ कि भनेर
म तिम्रो चित्रमा
मेरो चेतनाको विनिर्मित कालो पहाड उक्लिरहेछु
चित्रको षडङ्गमा
तिमी कहांनेर छौ ⁄
पीडाहरूको आतसबाजी
यो रात
म, तिम्रो पीडाको गन्धले
औधी पुलकित छु
दुइ ताराबीचको दूरीमा
कति पीडाहरू अटाउन सक्छन्
जीवनभन्दा पनि दिव्य मृत्यु
यो रात
यही दूरी मीठो लागेको छ
तारा बलेको यो मलामी रात ⁄
तिम्रो प्रेमको आकाश फैलिन
मलाई त्रि्रै समयको वेश्या हुने रहर छ
तिमीजस्तै, म
मेरो समयको आउटसाइडर’ हुं
...
तर सभ्यताको प्रेममय विश्राम
यो साइबर रात
सम्झेरै आत्महत्याको कुरा गर्नेछैन
रात त आखिर
उज्यालोमा छाया परेको न हो

-नोट,  यो कविता प्रसिद्ध चित्रकार Vincent van Gogh को “The Starry Night” शीर्षकको चित्रमा आधारित छ ।)

 

 
Suffering

अर्धसत्यमा पीडा

मोमिला

हरेक सांझ
उज्यालो मबाट गुज्रिन्छ
तर मसंग उज्यालो रहन्न

हरेक बिहान
एउटा आशा
नबल्दै मेरो आंखामा निभ्छ
यसैले कि-
अक्सर मेरो आंखा
दह जमेको हुन्छ
हरेक सांझ
भीडले मलाई लुगा पहिराइदिन्छ
तर, म-
मभित्र रहन्नं

हरेक बिहान
सागरले मलाई नुहाइदिन्छ
तर एक बुंद पनि मेरो रहन्न
रङ्गहरू-
मेरो अंध्यारोमा पोखिन्छन्
कुनै चित्र बन्दैन
रङ्गहरू-
मसंगै निर्रथक अंध्यारिन्छन्
परिचित आफ्नो केही रहन्न
पर्राई उज्यालोमा
मात्र-
एउटा श्रापित ढुङ्गा "
एउटा घाइते अहल्या "
एउटा चोइटिएको छाया "
यसै कतै ढलेको हुन्छु
यतिखेरर्
अर्धसत्यहरूको पहाडमा
म, सम्पूर्णताको प्रश्न-
यसै अडेसा लागेको छु

-नोट,  यो कविता चित्रकार विजय थापाको सफरिङ्ग’ शीर्षक चित्रमा आधारित छ ।)

 

 

 

 

 
;flxlTos ;dfrf/
Copyright © 2004. MountDigit Publication (P.) Ltd. All Rights Reserved
Web Site Developed by: MountDigit