Wednesday, October 08, 2008
वर्ष १, अङ्क १, चैत्र २०६३
ENGLISH  | NEPALI
प्रकाशक
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

सल्लाहकार सम्पादक
राजेश्वर कार्की


प्रधान सम्पादक
मोमिला


अनुवादक
कुमार नगरकोटी

वेबसाइट डेभलपर
संघर्ष भट्टराई
मदन भुजु
माउन्टडिजिट टेक्नोलोजी

टाइप सेटिङ्ग

सुमिना श्रेष्ठ

सल्लाहकार
मोहनबहादुर कायस्थ
विष्णुबहादुर सिंह
डा. अरुण सायमी
योगराज गौतम
विश्वबिमोहन श्रेष्ठ
राधेश्याम लेकाली
डा. हरिप्रसाद
डा. बद्री पोख्रेल
 
Nobel
 
  विश्व साहित्य

सिल्भिया प्लाथ

लक्षणाहरू

म रहस्यमय नवमासमा फसेकी छु ।
एउटा हात्तीको पेट, एउटा बेछांटको घर ।
दुइ त्यान्द्रामा बढ्दो छ एउटा तरबुजो ।
ए रातो फल, अमूल्य वस्तु, सुनौलो गिंड ⁄
आफ्नै सोडामा फुलेको छ यो डल्लो ।
बढ्दो छ शैलीभित्र यो नवनिर्मित सिक्का ।
म साधन, बाछो बोकेकी माउ, भरेभोलि छु ।
किनकि एक झोला हरियो स्याउ खाइसकेकी छु ।
र, उत्रनै नमिल्ने यो तुफान गाडीमा चढेकी छु ।
-अनुवाद- गणेश बराल)



एरियल

अन्धकारमा अवरोध ।
त्यहां टाढा र चट्टानको चुलीबाट
अर्थहीन नीलोपन ओतप्रोत छ
इश्वरसृजित सिंहिनी
हामीमध्येबाटै अगाडि बढ्छे,
घुंडा र कुर्कुच्चाको सहायता लिंदै
- त्यो जोतेको बारीमा
छुट्टिन्छे र जान्छे, दिदी
त्यो घाटीको खैरो वृत्ताकारसंग
म भेट्टाउनै सक्दिनं,
काला आंखा
पटेर, बयर र चुथ्रो घारीमा
अङ्कुसे लाग्छ'
मुखभरि कालो मीठो रगत
अन्धकार छायाहरू
अरू केही यस्तैले
...'
मलाई आकाशैआकाश घिर्सार्छ
तिम्राहरू, केश≤
मेरो कुर्कुच्चाबाट छाला बोक्रिन्छ
गोरी
गोडिया, म उखेलिदिन्छु
क्रूर हातहरू, क्रूर यातनाहरू
अनि अहिले म
गहुंबारीको चम्किलो समुıमा ।
बच्चाको रोदन
भित्तामा बिलाउंछ
अनि म
तीखो बाण हुन्छु
सुकिहाल्ने शीतथोपाझैं
आत्महत्या गर्छुएकै हंकाइमा
त्यो रातो
आंखा, बिहानको कराहीमा ।
-अनुवाद- गणेश बराल)

 
;flxlTos ;dfrf/
ADVERTISMENT
 
Copyright © 2004. MountDigit Publication (P.) Ltd. All Rights Reserved
Web Site Developed by: MountDigit