लक्षणाहरू
म रहस्यमय नवमासमा फसेकी छु ।
एउटा हात्तीको पेट, एउटा बेछांटको घर ।
दुइ त्यान्द्रामा बढ्दो छ एउटा तरबुजो ।
ए रातो फल, अमूल्य वस्तु, सुनौलो गिंड ⁄
आफ्नै सोडामा फुलेको छ यो डल्लो ।
बढ्दो छ शैलीभित्र यो नवनिर्मित सिक्का ।
म साधन, बाछो बोकेकी माउ, भरेभोलि छु ।
किनकि एक झोला हरियो स्याउ खाइसकेकी छु ।
र, उत्रनै नमिल्ने यो तुफान गाडीमा चढेकी छु ।
-अनुवाद- गणेश बराल)
एरियल
अन्धकारमा अवरोध ।
त्यहां टाढा र चट्टानको चुलीबाट
अर्थहीन नीलोपन ओतप्रोत छ
इश्वरसृजित सिंहिनी
हामीमध्येबाटै अगाडि बढ्छे,
घुंडा र कुर्कुच्चाको सहायता लिंदै
- त्यो जोतेको बारीमा
छुट्टिन्छे र जान्छे, दिदी
त्यो घाटीको खैरो वृत्ताकारसंग
म भेट्टाउनै सक्दिनं,
काला आंखा
पटेर, बयर र चुथ्रो घारीमा
अङ्कुसे लाग्छ'
मुखभरि कालो मीठो रगत
अन्धकार छायाहरू
अरू केही यस्तैले
...'
मलाई आकाशैआकाश घिर्सार्छ
तिम्राहरू, केश≤
मेरो कुर्कुच्चाबाट छाला बोक्रिन्छ
गोरी
गोडिया, म उखेलिदिन्छु
क्रूर हातहरू, क्रूर यातनाहरू
अनि अहिले म
गहुंबारीको चम्किलो समुıमा ।
बच्चाको रोदन
भित्तामा बिलाउंछ
अनि म
तीखो बाण हुन्छु
सुकिहाल्ने शीतथोपाझैं
आत्महत्या गर्छुएकै हंकाइमा
त्यो रातो
आंखा, बिहानको कराहीमा ।
-अनुवाद- गणेश बराल) |