आधुनिकीकरणको उच्च शिखरमा पुगेको आजको मान्छे सायद अब पछाडि फर्केर हेर्न चाहँदैन । यद्यपि आफू हिँडेको बाटो बिर्सनु, आफूले बाँचेको विगत बिर्सनु, उभिएको सतह बिर्सनु, माया गरेको माटो बिर्सनु मान्छेको चेतनासम्मत न्याय हुन सक्दैन । यसैले त रोबोटले शब्द थुपारेर कविताको आकार सिर्जना गर्न सक्छ, तर त्यसमा प्राण भर्न सक्दैन । यर्सथ नै सभ्यताको उचाइमा पुगेर संवेदनाको झण्डा फहराउन चाहन्छ मान्छे । यही भावानुभूतिको अनुकृति हो वाषिर्क साहित्यिक वेब पत्रिका
www.nepalikalasahitya.com र यसमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा राख्ने हाम्रो सपना पूरा भएको छ । यसबाट निश्चय नै हाम्रो साहित्य सहज रूपमा विश्वस्तरमा पुग्ने छ भन्ने विश्वास लिएका छौँ।