नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


महेश पौड्याल

रित्तो झोला

उनी बजार गइन्,
रित्तो थियो हातको झोला ।

पसल–पसल धाइन्,
मूल्य सोधिन्
मस्तिष्कभरि ती मूल्यहरूको ध्वनि–बिम्ब टिपिन्
र त्यही बिरह गीत गाउँदै घर फर्किइन् ।

उनको गीतसँगै हल्लिरहेको थियो
उनको रित्तो झोला ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :