विश्वसाहित्य:
छाउ छुइ
(चीन)
शोकको महानृत्य (कविता)
तिमी मञ्चको बीचभागमा उभिएका छौ
उनीहरु तिमीलाई शोकतिर धकेल्दैछन्
नेपथ्यमा, कोही ताल मिलाउने धुन बजाइरहेछ
तिम्रो पछाडी कोही नाचिरहेछ मृत्यु–सङ्गितमा
मञ्चको बीचमा तिमी मात्र छौ, रोइरहेका ।
यो मञ्च एसियाको केन्द्रमा उभिएको छ
तिमी पामिर प्लेटोमा पर्खिबसेका छौ
सबै दिशाबाट आइरहेछन् मानिसहरु
ति एसियाईहरु तिम्रो लागि विदाइ परेड गरिरहेछन्
युरोपेलीहरु साथ दिएर नाचिरहेछन्
मृत्युको आकांक्षा लिएर, तिमी त्यहीँ उभिरहेछौ ।
तिमी एक सामान्य मानिस हौ
तर तिमीलाई कसैले वेवास्ता गर्ने छैनन्
तिमीले पुरै आशा नमाररुन्जेलसम्म
र यो संसारलाई नछोडुन्जेलसम्म
उनिहरु तिम्रा लागि गाउनेछन्, नाच्नेछन्
तिम्रो शोक प्रक्रियालाई सहयोग पुर्याउन ।
अनुवादः केशव सिग्देल